१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सपनाको समानता

लघुकथा

 

ऋचा लुइँटेल  

 

प्रेम गरेर विवाह गरेका थिए मुना र मुनालले एउटै  टोलमा हुर्किएका दुवै बच्चादेखिका हितैषी हुन् । तर गृहस्थ जीवन सुरु भएपछि दुवैका प्राथमिकता फेरिए रुचि र आवश्यकता बदलिए सम्बन्ध पहिले जस्तो न्यानो हुन सकेन तैपनि चलिरहेको थियो ।

हुन त उनी गैरसरकारी संस्थामा काम गर्ने समाजसुधारक अभियन्ता  समाजमा नाम चलेका व्यक्ति रक्सी पिएपछि उनी को हुन स्वयं अनभिज्ञ हुन्थे  

श्रीमतीको लागि विलकुल सामन्त  हरेक दिन श्रीमतीलाई  हप्काउनु त यस्ती थिइनस् त्यस्तो स्मार्ट केटी यस्ती घैले आइमाई कसरी भएकी । साथीहरूसामु स्वास्नी हो भनेर देखाउनै लाज लाग्छ । हरेक दिन श्रीमतीका कमजोरी र खराबीको गन्ती गराउनु मुनालको दिनचर्या नै  थियो ।

मुना आफैलाई  भुलेर मुनालको घृणा तिरस्कार र अपमान घरको इज्जत भनेर सहन्थी चूपचाप।

हाम्रो भनेर निर्माण गरेको एउटा  घर थियो त्यहाँ पनि लाग्थ्यो श्वास पनि मुनाललाई सोधेरै फेरौ   । कतिबेला सुत्ने, कतिबेला उठ्ने,   कतिबेला बत्ती, बाल्ने कतिबेला निभाउने, लुगा के लगाउने खाना कस्तो खाने कहाँ जाने कहाँ नजाने ,पार्टी कहिले गर्ने को कसलाई बोलाउने  

मुना मणि हराएको सर्पजस्ती भएकी थिई ।

यन्त्रमानव थिई । एकरात मुनालले अनौठो  सपना देख्यो  । उसले  आफू महिला भएको देख्यो आफूसंग पाठेघर भएको , महिनैपिच्छे रजस्वला भएको देख्यो  । हेर्दाहेर्दै ऊ  गर्भवती भयो  । गर्भवती हुँदाका अनेक चुनौतीको सामना गर्यो । छरछिमेकीबाट निम्तो आउँदा उसको नाम थिएन । बच्चा ठूला भएर  जब नागरिता लिने बेला भयो । उसको नामको आवश्यकता  नै भएन । 

मुनाल आफूमाथिको अपमान र हेपाहा प्रवृत्तिप्रति आक्रोशीत भयो । उसको आक्रोशको आवाज सुनेर एउटै कोठाभित्रको सानो खाटमा सुतिरहेकी मुना अतालिदै उठी, बत्ती बाली मुनाल दाँत किटिरहेको थियो । पानी हातमा राखी  मुनालको मुखमा छम्किई  ।

केहीछिनमा मुनाल बिउँझियो।

सधैं मुनालाई देख्दा झर्कोफर्को गर्ने मुनाल आज खै किन हो मौन थियो।

प्रकाशित: १३ आश्विन २०७७ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App