१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान रद्द

यस वर्षको पद्मश्री साहित्य पुरस्कारमा केही विवाद देखिएपछि रद्द गरिएको छ।  उक्त पुरस्कार खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०६३ सालदेखि प्रदान गर्दै आएको छ।  

यस वर्षका लागि हंस उपत्यासका लागि संजिव उप्रेतीलाई पद्मश्री साहित्य पुरस्कार र मोदनाथ प्रश्रितलाई साधना सम्मान प्रदान गर्ने घोषणा प्रतिष्ठानले गरेको थियो। पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा पुरस्कारलाई रद्द गरिएको बताइएको छ।

यसबाट पर्न गएको असहजताले दु:खी भएको बताउँदै प्रतिष्ठान अध्यक्ष जीवा लामिछानेले कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने उदेश्य  कदापि नभएको बताए। सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठानले क्षमायाचना समेत मागेको छ।  

 

 

प्रकाशित: १३ आश्विन २०७७ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App