१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नयाँ विधा – आँचल (नारी साक्षात् देवी )

विकल आर्त  

 

१) नारी

साक्षात् देवी

हाम्री

प्राकृतिक हुन् त्रिमूर्ति

आमा,चेली, पत्नी

लालीमय प्रेमको प्रकृति ।

 

२) कैदी  

बनायो है

मान्छे  

कोरोनाले  विषाणुले

चुनौती थपियो  

प्राकृतिक् सन्तुलन विरुद्ध ।

 

३) माथि  

दुई अंग

मुनि

आठ, छ र दश हुन्छ

आँचल सृष्टिमा

प्रतिमूर्ति यो आसन बुद्धिको ।

 

४) चाँदी  

पहिरिन्छ

हाम्रो

पहाड ओरालीमा

शासक चल्दैछन्

त्यो उपनिवेशिक पारामा ।

 

५) गन्ध  

वेदनाको

डुल्छ

गाउँबस्ती जताततै

धनाढ्य मोजमा

व्याप्त छ अश्लील छाडापन ।

प्रकाशित: १२ आश्विन २०७७ ११:२० सोमबार

अक्षर