२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्दै पायल

बलिउड नायिका पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध ‘पुलिस केश’ गर्ने भएकी छन्। भारतीय सञ्चार माध्यमकाअनुसार मुम्बईको ओशिवारा पुलिस स्टेशनमा उजुरी दिने भएकी हुन्। पायलका वकिललले यसको जानकारी दिएका हुन्। 

यो पनि पढ्नुहोस्

अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाउने पायल को हुन्?

उनका वकिल नितिश सतपुतेले आजै उजुरी दर्ता हुने बताए। उनले भनेका छन्, ‘पायल घोषले पहिले पनि उजुरी गर्न खोजेकी थिइन्। तर उनलाई धम्काइयो।’

यो पनि पढ्नुहोस्

पायल घोषले लगाइन अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप

पायलले एक टीभी इन्टरभ्यूमा निर्देशक अनुराग कश्यपले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। कश्यपको घर पुग्दा जबरजस्तीको प्रयास गरेको पायल घोषको आरोप छ। तर निर्देशक कश्यपले भने आरोपको खण्डन गरिसकेका छन्।

प्रकाशित: ५ आश्विन २०७७ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App