१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम 'इन्स्टा स्टोरी' भाइरल, उनले के लेखेका थिए ?

दिवंगत बलिउड नायक सुशान्तसिंह राजपूतको निधन भएको ती महिना बढी भइसकेको छ। उनको मृत्युका बारेमा विभिन्न अड्कल भइरहेका छन्। भारतीय प्रहरीले अनुसन्धान पनि जारी राखेको छ।

यहीबीचमा सुशान्तको अन्तिम इन्स्टाग्राम स्टोरीको स्कृनसर्ट भाइरल भइरहेको छ। सुशान्तले आफ्नो अन्तिम इन्स्टा स्टोरीमा दिशा आलियानका लागि लेखेका थिए। इन्स्टा स्टोरीमा सुशान्तले दिशालाई श्रद्धान्जली दिएका छन्।

क्याप्सनमा उनले लेखेका छन्, ‘यो एकदमै दुखदायी खबर हो। उनको परिवार र साथीहरुलाई मेरो सम्वेदना, उनको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धान्जली।  

सुशान्तको निधन १४ जुनमा भएको थियो। उनको निधनभन्दा पहिले ८ जुनमा दिशा सालियानले बिल्डिंको १४औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। भारतीय सञ्चार माध्यमकाअनुसार दिशाको मृत्युपछि सुशान्त पनि तनावमा आएका थिए। दिशाको निधनको खबरले सुशान्त बेहोस भएका थिए। 

प्रकाशित: ३ आश्विन २०७७ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App