१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

लागुपदार्थ प्रकरण : पिसावको नमुनामा कलाकार रागिनीले किन पानी मिसाइन् ?

स्यान्डलवुड लागुपदार्थ प्रकरणमा पक्राउ कलाकार रागिनी द्विवेदीले मेडिकल जाँचमा झुक्याउने प्रयास गरेको खुलेको छ। प्रहरीका अनुसार रागिनीले लागुपदार्थ परीक्षणका लागि आवश्यक पर्ने पिसावमा पानी मिसाएको देखिएको छ।  

लागुपदार्थ सेवनबारे परीक्षण गर्न उनलाई ब्याङलोरको एक अस्पताल लगिएको थियो। उनले त्यहाँ आफ्नो पिसावको नमुना दिनुपर्ने थियो तर उनले त्यसमा पानि मिसाएर विगारेको प्रहरीको दावी छ। नमुनामा खरावी देखिएपछि प्रहरीले उनलाई दोस्रोपटक स्याम्पल दिन भनेको छ। प्रहरीले परीक्षणका लागि उनको कपालको नमुनासमेत लिएको छ। यो परीक्षणपछि अभियुक्तले पछिल्लो ४/६ महिनामा लागुपदार्थ लिए नलिएकोबारे जानकारी हुने छ। प्रहरीले यो मामिलामा अन्यलाई समेत पक्राउ गरेको छ। रागिनी कन्नड फिल्म उद्योगकी चर्चित नायिका हुन्।

 

 

प्रकाशित: २८ भाद्र २०७७ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App