२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नायिका एलिजा गौतम र गायक दुर्गेश थापा म्युजिक भिडियोमा

नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडियोमा एलिजा र दुर्गेशसँगै देखिएका हुन्।  ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।  राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् ।

गायक शिवाकोटी संगीतमा रहेको उक्त गीतको निर्माता  रामजनक कटवाल रहेका छन्। भिडियोको कोरियोग्राफी तथा सम्पादन भने शिब बि।कले गरेका हुन् । म्युजिक भिडियोमा बाल कलाकार भेनस बिक्रम कटवालले अभिनय गरेका छन्। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।

प्रकाशित: २७ भाद्र २०७७ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App