१५ असार २०८१ शनिबार
image/svg+xml
कला

सुशान्त मृत्यु प्रकरणमा नयाँ मोड : उनकै प्रेमिका रियाका भाइ पक्राउ

भारतका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा त्यहाँको प्रहरीले पहिलोपटक आरोपित व्यक्ति पक्राउ गरेको छ ।  

बिबिसी हिन्दीको खबरअनुसार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को टोलीले घटना अनुसन्धानका क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डालाई गिरफ्तार गरेको हो।

सुशान्तको मृत्युबारे सीबीआईले अनुसन्धान गरिरहेको भए पनि अहिलेको यो गिरफ्तारी लागुऔषध कारोबार सम्बन्धमा एनसिबीले गरेको हो ।  

यो पनि पढ्नुहोस्

अभिनेत्री रियाविरुद्ध एफआईआर दर्ता

सीबीआईले सुशान्तको घटना अनुसन्धान गर्ने क्रममा यसमा लागुऔषध कारोबारको पनि भूमिका रहेको पत्ता लगाएपछि एनसिबीले रियाका भाइ र सुशान्तका प्रबन्धक रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।  

गत जुन १४ का दिन सुशान्त सिंह मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए । प्रहरीले यसलाई आत्महत्या भने पनि सुशान्तका बुबाले सुशान्तकै प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो ।    

यो पनि पढ्नुहोस्

‘कुन दबाबका कारण सुशान्त सिंहले आत्महत्या गरे ?’

प्रकाशित: २० भाद्र २०७७ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App