११ आश्विन २०७९ मंगलबार
कला

रामु पौडेलका पाँच गजल

गजल

रामु पौडेल

तिमी जुन बनेर किन उदायौ सानी,  

आँखा मसंग किन जुधायौ सानी ?  

 

बालापनमा नै प्यार बस्छ भने सही,  

ललाईफकाई किन झुक्यायौ सानी।

 

झर्नुपर्छ फलले नयाँ बिउ उमार्न पनि,

एक्लै छोडी जानु थियो भने मायामा किन भुलायौ सानी ?  

 

म ज्योति हुँ तिम्रो, तिमी मेरो आँखा,  

भन्दै मलाई यसरी हेर रुवायौ सानी।  

 

मनका सबै बोझहरू, बिसाइदेऊ न बिन्ती,  

रिसाउँदा नि झनै राम्री, रिसाइदेऊ न बिन्ती।  

 

आँखाभरि जवानीको नशा सल्बलाओस्  

अधरमुिन ओठहरू फुकाइदेऊ न बिन्ती।  

 

हृदयमा पुग्छ्यौ तिमी, बाहिर आँखा तर्दै,  

यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती। ।

 

मनका सबै बोझहरू, बिसाइदेऊ न बिन्ती,  

रिसाउँदा नि झनै राम्री, रिसाइदेऊ न बिन्ती।  

 

प्रेम भनुँ या कुनै चाहना उनको मात्रै छ,

भित्री मनदेखि आउने भावना उनको मात्रै छ।  

 

म सुन्छु हरदिन हरपलपलमा,  

गुन्जिरहने यादहरूका गाना उनको मात्रै छ।  

 

विगत र वर्तमानमा छापिएको छु म,

मेरो माया लेखिएका पाना उनको मात्रै छ।  

 

४  

हात समाइ संगै हिंडिदिनुस् कार चाहिँदैन,

साँचो प्रेम भए पुग्छ मलाई हार चाहिँदैन।

 

हजुरको मनमा मायाले ठाउँ दिनुस जुनीभर,

मलाई आलिसान महल र दरबार चाहिँदैन।  

 

एकैछाकखाएर नि बाँच्न सक्छु हजुरसँग  

स्वाद फेरिरहन रेस्टुरेन्ट अनि बार चाहिँदैन।  

 

म शब्द मात्र हजुर अर्थ हो मेरो जिन्दगीको

त्यो माया र विशवासविनाको संसार चाहिँदैन।  

 

दुःख, पीडा नभाको मान्छे हुँदैन,  

नमीठो ठेस नखाको मान्छे हुँदैन।  

 

चोटै चोट खाए पनि जिन्दगीभरि,  

शिखर चुम्न नधाको मान्छे हुँदैन ।  

 

खुशी मात्रै कहाँ लेखे भावीले पनि

आँसुको धारा नपाको मान्छे हुँदैन ।  

प्रकाशित: १७ भाद्र २०७७ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App