१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भोटको महत्त्व

लघुकथा

रमेश भट्टराई पुजारी 

 

‘यो बहिरो हो । यो बोल्न सक्दैन ।’ कार्यकर्ताले नेत्रीलाई भन्यो ।

‘ यो कहाँ बस्छ त ? यो कति वर्षको भयो ? नेत्रीले सोधिन् । 

‘यो झन्डै   पचासको भयो, बाबुआमा छैनन् । उसको काकाकोमा बस्छ – कार्यकर्ता ।

यसको भोटर लिस्टमा नाम छ कि छैन ? –नेतृ ।

‘छन त छ तर यो यस्तो घामट मान्छे छ कि कसैले भनेको मान्दैन – कार्यकर्ता । 

यसले काम चै के के गर्छ त  –  नेत्री ।

बलको काम मजाले गर्छ तर एउटाको भात खान्छ काम चै अर्काको गर्न पुग्छ , केटी र बिहे गरिदिने कुरा गरेपछि जहाँ पनि पुग्छ   –  कार्यकर्ताले हाँस्दै भन्यो ।

नेत्री बहिरानिर गएर भनिन् , ’ तिमी मसंग विवाह गर्छौ त , बहिराले बुझेनन् ।

तिमी यिनीसंग विवाह गर्छौ त  –    कार्यकर्ताले हातको इशाराले भन्यो ।

बहिरा औधी खुसी भए ।

नेत्रीले पनि इशारा गरिन्, ‘ मलाई बिहे गरेपछि कहाँ लगेर राख्छौ, के खान दिन्छौ  ?’

‘म तिमीलाई घर बनाएर राख्छु , मीठोमीठो खान दिन्छु , गहना पनि बनाइदिन्छु ।’ – बहिराले इशारा गरे । 

 ‘ल पर्सि चुनाव छ । भोटचाहि भाले चिन्हमा हाल्नु है अनि पछि बिहे गरेर संगै बसौला ल ।’ नेत्रीले मतपत्र देखाउँदै इशारा गरिन र अंगालो हालिन् ।

बहिरा औधी नै रमाए । नेत्री पर पुगुन्जेलसम्म पनि उनी आँखा नझिम्काई हेरिरहेका थियो ।

प्रकाशित: ३१ श्रावण २०७७ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App