४ आश्विन २०७८ सोमबार
कला

तारकेश्वरका बाबालाई युवतीले ‘आइ लव यु’ भनेपछि...

बाबाजीसँगको अन्तरङ्ग

काठमाडौंका तारकेश्वर महादेव। तस्बिर: राजेन्द्रमान <div><br></div>

साउनले चुलबुलिएको मनलाई त्रसित पार्दै थियो उही साउनले।  

निरन्तर थियो पानीको झमझम। जताततै हरियो नै हरियोे। दर्शनढुङ्गा समेत हरियो भएको थियो लेउले। फुर्सद थिएन वर्षे झरीमा सपना उमार्नेहरूलाई। करेसातिर सुकिसकेका एक–दुई थान मकैका ढोडले पनि बजाउँदै थिए झरीको गीत। घर अगाडि बाह्रै महिना हरियाली लिएर उभिएको नागार्जुनको आकाशमा छिनछिनमै लेपिन्थ्यो चाँदी।

कसले जान्नु र प्रकृतिको जादु! घरीको घाम। घरीको मुसलधारे पानी। घरीको कुहिरो। घरीको नीलो र घरी बादल भरिएको आकाश। मेरी आम्मै! काठमाडौँको हिलो र धूलोको के कुरा! प्रकृतिले देखाउने यस्ता रुप–रङ्ग र त्यसैमा छक्क र मख्ख पर्ने हामी मनुष्य, कठै!

सुन्दै थिएँ–कतै बाढी पस्योे रे, कतै पहिरो गयो रे। नारायणीले पुल छुन लाग्यो रे। कोशी ब्यारेजमा चालीस ढोका खुल्यो रे।

तारकेश्वर भनेको के हो बाबाजी? “महादेव हो। सतीदेवीको दायाँ तिघ्रो पतन भएको; शिवशक्ति स्वरूप रहेको; लक्ष्मीले तपस्या गरेको; गोसाईंकुण्डको पानी आएको। यही हो।”  

यता आफ्नो छाती चिरिन्छ। हुन त सालभरिका दूषित फोहोर बगाउने महिना हो–साउन। बगाउनु पर्नेलाई बगाउँदैन। नबगाउनु पर्नेलाई बगाएको सुन्नुपर्छ। कहिलेकाहिँ त ख्याल रिस उठ्दैन मलाई। आक्रोश पोखेथेँ मैले आफैँसँग।

०००

“नदेखेको बाटो ठम्याउँन सकिएला र?”  

“सोध्दै जाउँला नि। टाढाको बाटो होइन क्यारे! ”  

“हुन्छ नि त!”  

साउन छ गतेको सम्वाद थियो, मित्र माधव घिमिरे ‘अटल’ र मबीचको। तारकेश्वर मन्दिर जाने भनेर अघिल्लो हप्तादेखि नै हुटहुटिइरहेका थियौँ हामी। वास्तवमा उनैले उक्साएका थिए मलाई। पेशाले म लामो खालको पदयात्रा गर्ने मान्छे भए पनि यायावर शैलीको पृथक यात्रा गर्ने हुटहुटी जगाइरहन्छन् उनी मलाई। उन्मुक्त कवि उनी सैर गरेरै जीवनमा नवीन रङ भर्छन्। उनीसँगै उन्मुक्त यात्रा गरेर तारकेश्वर मन्दिर दर्शन गर्ने कल्पनामा चुर्लम्म डुबेको थिएँ म।  

राजेन्द्रमान डङ्गोल

‘लकडाउन’ले कुँज्याएको शरीरलाई तन्काउने बहाना खोजेकाले पनि होला; उचालिइसकेका थिए मेरा पयर। ज्यूँका त्यूँ थियो कोरोना भाइरसले ल्याएको सन्नाटा। विडम्बनायुक्त पीडाको सुई घुमिरहेको थियो घडीमा। घडीको सुईसँगै फनफनी घुमिरहन्थ्यो मेरो मन। ‘लकडाउन’ खुल्लाकि भन्ने आशा गर्नेबाहेक विकल्प थिएन कसैसँग।  

०००

भोलिपल्ट अर्थात् साउन सात गते बुधवार। नेपालटारबाट माधवजीलाई टिपेर हुइँक्याएँ मोटरसाइकल। सडकको अवस्था र ठाउँ विशेषको जानकारी गराउँदै भिडियो सट लिनमा तल्लीन भए उनी। ऐनामा चिहाएर हेर्दा सहरको कङ्क्रिटमय जङ्गल विपरीत दिशातिर बेगिइरहेको गरेको भान हुन्थ्यो।

तारकेश्वर जाने सही बाटो थाहा थिएन हामी दुवैलाई।  

“तारकेश्वर मन्दिर कहाँ हो?” तीनपिप्ले पुग्नुअघि एक पैदल यात्रीलाई सोध्यौँ हामीले।  

“ऊ त्यो शिवपुरी जङ्गलमा देखिएको ढुङ्गेनी पहरा नै हो तारकेश्वर। पाँचमाने भन्ज्याङबाट आधा घण्टाको बाटो हो।”  

तारेभीरजस्तै देखिन्छ भीर। त्यस्तो ठाउँमा पनि मन्दिर हुन्छ र? एउटा प्रश्न तेर्सिएको थियो, म आफैँभित्र।  

धेरै अघि एउटीले मोबाइल ल्याएर दिई। पछि त फोन गरेर हैरान। ‘आइ लव यू’ पो भन्छे त! थुप्रै कलहरू आउन थाले नानाभाँतिका।”

नियात्राकार जय छाङ्छाको ‘पैदलैपैदल काठमाडौँका चुलीहरू’ सम्झेँ मैले। उनी नपुगेको कुनै भीरपाखा बाँकी छैन, काठमाडौँको चार भन्ज्याङभित्र। सबै चुली चुम्न नसके पनि कम्तीमा उनको पदचापलाई पछ्याउँदै थिएँ म। 

तीनपिप्लेबाट अगाडि बढेर पाँचमाने पुगेपछि ककनी जाने मूलसडक छाडेर पूर्वतिरको उकालोतर्फ स्टिेरिङ मोडेँ मैले।  

अग्लाअग्ला मकैका बोटले छोपिएको थियो पाँचमाने। खोल्सा र खहरेका मैमत्त गड्गडाहटसँग गाउँदै थियो गीत। साउने झरीमा रमाउँदै र लुकामारी खेल्दै थियो कुहिरोसँग।

उकालो र चिप्लो सडकमा बाइक जोगाउन हम्मेहम्मे परेथ्यो मलाई। दुई बजे पुगेथ्यौँ हामी पाँचमाने भन्ज्याङ। काठमाडौँको उत्तरपश्चिमको घाँटी। उपत्यकाका प्रसिद्ध चार ऐतिहासिक भन्ज्याङमध्ये एक। हजार वर्ष लामो इतिहास बोकेको भूगोल। लिच्छवीदेखि शाह कालसम्मको प्रमुख व्यापारिक मार्ग। १२ किमि दूरी पार गरेका थियौँ हामीले।

नागहरूको छाता ओढेको बुद्धको प्रतिमा छ थुम्कोमा। पञ्चबुद्धसँग सम्बन्धित स्थान हो–पाँचमाने भन्ज्याङ। नेवारी संस्कृतिमा यस स्थललाई न्यागःमणि(नागमणि)का रुपमा चिनिन्छ।  

“पञ्चध्यानी बुद्धहरु वैरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको स्मरणार्थ यहाँ पाँचवटा स्तूप (माने) स्थापना भएको रे। यी पाँचवटा स्तूपका कारण नै ठाउँको नाम पाँचमाने नाम रह्यो भन्थे हाम्रा बाउबाजे। बुद्धभिक्षु अतीस दीपङ्करले भोटयात्राको क्रममा सन् १०४१ मा विशाल पाँचमाने बौद्ध स्थल निर्माण गराएका रे।”  

भन्ज्याङमा बाख्रा चराइरहेका ७६ वर्षे मुकुन्द रन्जितको सम्वादमा जानकारी पायौँ हामीले।  

उनले अगाडि भने– “हजार वर्ष अगाडि नै काठमाडौँ कब्जा गर्न तिब्बतीहरू आएका थिए रे। यहाँ आइपुग्दा खेतभरि टन्न तोरी फुलेको देखेछन्। यस्तो सुन फल्ने ठाउँका मान्छेहरूलाई जित्न सकिँदैन भनेर फर्केका रे।”  

पोखरीको डिलमा दुईजोडी मग्नमस्त थिए हुक्कामा जोडिएको पाइप तान्दै। र, आकाशतिर फर्केर फुसफुस फ्याँकिरहेका थिए धुवाँ। शिवजीको पासमा आएपछि त्यसरी पो आनन्द लिनु पर्दोरहेछ!  

आँखा त पहिलेदेखि नै लाग्ने गरेको रहेछ काठमाडौँलाई।  

इतिहासमा प्रमुख मार्गका रुपमा उल्लेख भएको पाइन्छ यो ठाउँ। भृकुटीको विवाहपछि यही मार्ग हुँदै उनको बिदाइ गर्ने गरिन्थ्यो रे। उबेला जगत्गुरु शङ्काराचार्य पनि यही बाटो भएर तिब्बत यात्राका गरेका थिए रे। अहिले पनि काठमाडौँकी देवी शोभाभगवतीलाई पाँचमाने भएरै नुवाकोट लानेल्याउने चलन छ। उहिले हाम्रा बाहरू यही भन्ज्याङ भएर काठमाडौँ आवतजावत गर्ने गरेको सम्झन्छु।  

पाँचमानेकै पुछारमा शिखर शैलीमा निर्माण भएको गजुरैगजुरको भुवनेश्वरीको मन्दिर छ। त्योभन्दा पर नागार्जुन पर्वतमाला र उत्तरतर्फ पसारिएको छ शिवपुरी पर्वतमाला। काठमाडौँ उपत्यकाको तस्बिर, नुवाकोटको ककनी डाँडा र धादिङको छत्रेदेरालीका सुन्दर दृश्यहरू देखिन्छन् पाँचमानेको बिन्दुबाट।  

पहिरोले लगेको रहेछ दुई वटा मानेलाई। तीन वटा मात्र माने बाँकी छन् अहिले। माने तीन वटामात्र भएको अर्थमा भविष्यमा यो ठाउँको नाम तीनमाने त नहोला!  

उही भूगोलमा उभिएको थुम्कोले नयाँ इतिहास रचेको छ। तर ऐतिहासिक पाँचमाने घाँटीसित भने ऐतिहासिक विरासत सम्झनु बाहेकको विकल्प छैन।

तल देखिन्छ–ऐतिहासिक गढीथुम्को अर्थात् थानागढी। मल्ल राजाहरूले  काठमाडौँ उपत्यकालाई गोर्खाली आक्रमणबाट जोगाउन निर्माण गरेका। केही समयअघि मात्र म पाइला टेक्न पुगेको थिएँ त्यहाँ। खूबै घाम चर्केको थियो त्यो दिन। चोगाउँ हुँदै घर फर्केको थिएँ। स्थानीयसित चोगाउँको अर्थ सोधेको थिएँ। र, चाँपको बोटमुनि बसेर मिठो हावा खाएको थिएँ।

हाम्रो सम्पदा हो–गढी। हाम्रो सांस्कृतिक, ऐतिहासिक मूल्य मान्यताहरू जोडिएका हुन्छन् योसित। काठमाडौँ विजय प्राप्त गर्न कम चुनौती थिएन बडामहाराजधिराजलाई। उनकै चातुर्यता र बुद्धिमत्ताले जितेका थिए उपत्यकाको लडाईं। गढीथुम्को पुग्दा इतिहासका वीर योद्धाहरुको बहादुरी, देशप्रेम, रणकौशल, कर्तव्यपरायण र अदम्य साहस एवम् वलिदानको स्मरण भएथ्यो मलाई।

नेपाल एकीकरणको गौरवगाथाको भग्नावशेषमात्र बाँकी छ गढीथुम्कोमा। कस्तो विडम्बना! प्रत्येक दिन काठमाडौँको फराकिलो फ्रेम हेर्दै उही ऐतिहासिक गाथा सँगालेर उभिइरहेकोे छ गढीथुम्को, उपेक्षित भएरै।

माल पाएर कहाँ चाल पाएका छौँ र हामीले। हिराजस्तो देशलाई कुँद्न सकेका छैनौँ न कि पुर्खाले कुँदेका हिरालाई नै संरक्षण गर्न। हिरा कुँद्ने कालिगढ कहिले जन्मेला नेपालमा? मनोवाद गरेथेँ मैले।

मुकुन्द रन्जितसँग केहीबेर बितायौँ हामीले। मोटरसाइकललाई उनकै जिम्मामा छाडेर तारकेश्वरतर्फ पाइला उठायौँ हामीले।  

०००

“महादेवको दर्शन गर्न त सोमवार आउनुपर्ने हो तर आइएछ बुधवार।” म बोलेँ।

“भगवान् शिव ससुराली आउने महिना नै साउन हो रे। हामी भू–लोकबासीका लागि भगवान्को कृपा पाउने उत्तम समय पो हो त साउन। वार नमिलेर के भो र!” माधवजीको प्रतिक्रिया।  

‘‘माथि सुल्डाँडा तल बट्टार, विदुर र त्रिशूली। फराकिला टार, तादी र त्रिशूलीको सङ्गम। देवीघाट आफैँमा पुण्यभूमि। कविलास र दुप्चेश्वर महादेव पनि गएँ। आहा ! खूब रमाइलो छ नुवाकोट। अँ, मैले भैरवीको धामीसँग पनि भेट गरेको थिएँ।”

त्यसैले होला भक्तजनका लागि प्रिय हुन्छ साउन महिना।  

भनिन्छ–भगवान् शिवकै पनि प्रिय महिना हो साउन। शिव पुराणअनुसार त उनी स्वयम् जल हुन्। साउनमा अधिक वर्षा हुने भएकाले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ रे।  

०००

बिहानैदेखि नै धुम्मिएको थियो आकाश। त्यसो त हप्तादिन भइसकेको थियो, घामले मुख देखाउन नसकेको। शीतल थियो दिन। सहज थियो हिँडाइ त्यो दम्स्याइलो उकालोमा। यात्रुको सहजताका लागि ठाउँठाउँमा बनाइएको छ सिँढी।  

श्री शमशेर दल गणको संरक्षण आधार छ–पाँचमाने भन्ज्याङमा। ‘निकुञ्ज इलाकाभित्र गर्न नहुने काम’ भनेर सूचना टाँसिएको छ–  

१. दाउरा काट्न

२. आगलागी गर्न

३. सिकार गर्न

४. होहल्ला र फोहर गर्न

५. धुम्रपान गर्न

यसरी नियन्त्रण गरिएको छ, र त हरियाली मासिन पाएको छैन। बाँच्न पाएका छन् चराचुरुङ्गी र जीवजन्तुले। नत्र नदी दोहन भएजस्तै दोहन भइसक्थ्यो शिवपुरी जङ्गल पनि। ठूल्ठूलाका काठपातको व्यापार राम्रै हुन्थ्यो होला। सल्ला, बाँस, चिलाउने, मयल, उत्तिसका बोटहरू कहाँ देख्न पाइन्थ्यो होला र! टुनी, चुत्रो, ऐँसेलु, पानीअमला पनि देख्न मुस्किलै पथ्र्यो। जडिबुटीहरू सबै विदेश पुगि सक्थे होलान्। र, त्यसैलाई ओखती भनेर किनिरहेका हुन्थ्यौँ होला हामी।  

बाटैभरि सल्लीपिरको सोत्तर लागेको छ डसनाजस्तै। मचकमचक टेक्दै हिँडिरहेका छौँ। धन्न पानीले ओसिएको छ र हिँड्न सजिलो भएको छ। नत्र चिप्लेर कुन हालत हुन्थ्यो होला।

सुवास फ्याँकिरहेका छन्–हर्रो, बर्रो, सर्पगन्धा, विलाइनो, चिराइतो, सालसिंग, हाडेबयर, काफल र गाँजाका बोटहरूले। सल्ला, खस्रे र लालीगुराँसले छाता ओढाइदिएका छन्। कानमा गुञ्जिरहेको छ चराहरूको गीत। पदयात्रा गर्दा पसिना काढ्न नपरे, पानी नपरेर जुकाले आक्रमण नगरे फिरन्तेहरूलाई योभन्दा राम्रो दिन कुन होला र!  

यतिबेला सदावहार जङ्गलबीचमा आइपुगेको छु म। जङ्गलका छिद्रहरूबाट देखिन्छ बन्दाबन्दीले सङ्ल्याएको काठमाडौँ खाल्डो। र, देखिन्छ खाल्डोभरी मौलाएका कङ्क्रिटको जङ्ल। आम्मै ! कसरी सास फेरेँ होला मैले त्यो उकुसमुकुसमा बसेर! छक्कै पर्छु म। उबेला तलाउको पानी खोलेर बस्ती बसाल्ने चीनका महामञ्जुश्री साँच्चै यतिबेला काठमाडौँ आएका हुन्थे भने कस्तो महसुस गर्थे होलान्! के उनले यो खाल्डो मानव बस्तीले यसरी भरिएला भन्ने सोचेका थिए होलान् त? कतै उनलाई बित्थामा बस्ती बसाएछु भन्ने ग्लानी त हुँदैनथ्यो होला? हुन त यसको उत्पतिको इतिहास नै नेपालको उत्पतिको इतिहास हो भनिन्छ क्यार! साँच्चै यो तलाउ नै नभएको भए नेपालको राजधानी कहाँ हुन्थ्यो होला? मनमा नानाथरी कुरा खेलाउँछु म।

बाटोमा भेटिए तारकेश्वर मन्दिर पुगेर फर्केका एक हुल युवक। ‘होहल्ला नगर्नू’ भन्ने शमशेर दल गुल्मको सूचनाको वास्ता गरेका थिएनन् उनीहरूले। नेपाली न परे! पारा देखाइहाल्छन्।  

‘फोहर नगर्न’ भनिएको भएपनि ठाउँठाउँमा फ्याँकिएका छन्–चाउचाउ र बिस्कुटका खोल तथा पानीका बोत्तलहरू। हामी नेपालीको विशेषता!

आधा घण्टामै पुगेछौँ शिवपुरी पर्वतमालाको भित्ता। सतीदेवीको दाहिने तिघ्रो पतन भएको ठाउँ। लक्ष्मीले तपस्या गरेपछि तारकेश्वर महादेव उत्पत्ति भएको। परापूर्वकालमा सप्तऋषिले ध्यान गरेको भूमि।  

रूखमा टाँसिएको छ अर्को सूचना–मन्दिर जानेबाटो साँघुरो र अप्ठ्यारो छ, कृपया सुरक्षित यात्रा गर्नूहोला।  

अगाडि टुप्लुकिन आइपुग्यो पाटी। छानाभरि बिछट्टै मौलाएका छन् झारपात। पाटी सेतो तर भित्ताहरू अँगारले कोरेर कुरूप बनाइएको। के विधि जाँगर चलेको! कोर्दाकोर्दै ठाउँ खाली थिएन कतै, जहाँ मायाप्रेमको सङ्केत र अनेक मान्छेका नाम नलेखिएको होस्। यसो गरेपछि आनन्द आउनेहरूका लागि के ओखती छ र!

बाटोमा भेटिए तारकेश्वर मन्दिर पुगेर फर्केका एक हुल युवक। ‘होहल्ला नगर्नू’ भन्ने शमशेर दल गुल्मको सूचनाको वास्ता गरेका थिएनन् उनीहरूले। ‘फोहर नगनु’ भनिएको भएपनि ठाउँठाउँमा फ्याँकिएका छन्–चाउचाउ र बिस्कुटका खोल तथा पानीका बोत्तलहरू। हामी नेपालीको विशेषता!

आवाज आइरहेको थियो रोमान्टिक अङ्ग्रेजी गीतको। हामी पाटीको नजिक पुग्यौँ। अगाडि रहेछे पोखरी। डिलमा दुईजोडी मग्नमस्त थिए हुक्कामा जोडिएको पाइप तान्दै। र, आकाशतिर फर्केर फुसफुस फ्याँकिरहेका थिए धुवाँ। शिवजीको पासमा आएपछि त्यसरी पो आनन्द लिनु पर्दोरहेछ! त्यत्तिको आनन्द त स्वयम् शिवजीले सतीदेवी र पार्वतीसँग पनि सायदै लिएका थिए।

अहँ, देखिएन निकुञ्जको नियम पालना भएको।

त्यसो त मेरा लागि यो नौलो कुरा कहाँ हो र! पोखराको अन्तर्राष्ट्रिय शान्ति स्तूपमा पनि यस्तै दृश्यहरू देख्नुपर्छ। ‘धुम्रपान निषेध’ भन्ने सङकेतको बेवास्ता गर्दै चुरोटको सर्को तानिरहेका हुन्छन् नेपाली पर्यटक। रेखदेख गर्नेले अगाडि आएर त्यही सङ्केत देखाएपछि मात्र झल्याँस्स हुन्छन्। त्यस्तै ‘हल्ला नगर्नू’ भन्ने सङ्केत पनि देख्दैनन् र मज्जाले चर्को आवाजमा गफिन्छन्। फेरि उनीहरू आएर नबोली त्यही सङ्केत देखाएपछि मात्र चुप लाग्छन्। त्यस्तो दृश्य देखेपछि नाक खुम्च्याउँछन् विदेशीहरू। ...लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै हुन्छ। अन्जानमा गल्ति हुनु एउटा कुरा तर जानीजानी गछौँ हामी नेपालीहरू।

०००

थोरैमात्र उक्लन बाँकी थियो मन्दिर पुग्न।  

जरुवा पानी ढलिरहेको छ बाटैभरि। जताततै कुलकुलाइरहेका छन् कुलेसा, अटेसमटेस भएर र धरर्र झरिरहेका छन् अमृत धारा। धारामा औँला भिजाएर छिट्ट्याएँ मैले, शरीर र मन चोख्याउँन।  

पहराकै आडमा छ, बाबाजी बस्ने कुटी। बन्द छ ढोका। एक स्टेप चढेपछि देखिन्छ शिवलिङ्ग, त्रिशूल र घण्ट।  

अर्को ‘स्टेप चढेपछि आउँछ अर्को बाबाको कुटी। उनीसँग सम्वाद भयो–

“जय शम्भो!”  

“शम्भो शम्भो! ”

हजुर कुन बाबा पर्नु भो?”

“श्रीनाथ बाबा।”

“आऊ टीका लगाऊ।” अखण्ड धुनीको टीका लगाइदिए उनले।”

“तारेश्वर भनेको के हो बाबाजी?”

“महादेव हो। सतीदेवीको दायाँ तिघ्रो पतन भएको; शिवशक्ति स्वरूप रहेको; लक्ष्मीले तपस्या गरेको; गोसाईंकुण्डको पानी आएको। यही हो।”  

“काठमाडौँमा त्यतिका ठाउँ हुँदाहुँदै किन यस्तो पखेरामा बास बस्न आइपुगेको होला हगि बाबाजी?”

“जहाँजहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँत्यहाँ सिद्धपीठहरू उत्पन्न भए। र, त्यहाँ ब्रह्माजीले एकएक स्वयम्भू लिङ्ग उत्पन्न गराए।”

उनले थपे–“उहिले यहाँ थुप्रै भाँडाबर्तनहरू थिए रे। मागेर लान पाइन्थ्यो रे। कुनै समय कसैले पन्यू चोरेर लगेपछि भगवान् रिसाएर क्रमभङ्ग भएछ।”

तारकेश्वरका बारेमा जानकारी लिने तिर्खा मेटेँ मैले।

बाबाकै कुटीमाथि करालो परेको ठाउँमा छ–तारकेश्वर। फलामे भ¥याङ राखिएको छ, त्यहाँसम्म पुग्न। नत्र के सकिन्थ्यो शीवजीको चरण स्पर्श गर्न।  

भीरमा छ सानो गुफा। बाहिर छ पानीको सानो डोबिल्को। भित्रपट्टि गणेशलगायत शिवलिङ्ग राखिएको छ। पल्लो छेउमा प्वाल छ। प्वालबाट देखिन्छ सिङ्गै काठमाडौँ। १,६०० मि. उचाइबाट धेरै परसम्मको सुन्दर दृश्यहरू हेरेर आनन्दानुभूति गरेँ मेले र कैद गरेँ मोबाइलमा।

‘नजिकको तिर्थ हेलाँ’ भनेको हो रहेछ। तारेश्वर नगरपालिकामै बसेर पनि यहाँसम्म आउने मेलोमेसो मिलाउन सकेको थिइनँ। अझ कति मन्दिर छन् दर्शन गर्न बाँकी। जुनसुकै कुराको लागि पनि समय आउनुपर्दो रहेछ।  

मान्दिर दर्शन गरेपछि ओल्यौँ हामी।

अघि आउँदा बन्द कुटीको ढोका खुलेको थियो। भित्र थिए–बाबाजी। आधाउधी फुलेका दारी, कालो वर्णको अधबैँसे। यति घना जङ्लमा सिर्फ दुईजना बाबा बस्दारहेछन्। भोले बाबाको साथ पाएपछि डर पनि लाग्दोरहेनछ।

‘नजिकको तिर्थ हेलाँ’ भनेको हो रहेछ। तारेश्वर नगरपालिकामै बसेर पनि यहाँसम्म आउने मेलोमेसो मिलाउन सकेको थिइनँ। अझ कति मन्दिर छन् दर्शन गर्न बाँकी। जुनसुकै कुराको लागि पनि समय आउनुपर्दो रहेछ।  

“प्रणाम बाबाजी !” अभिवादन गरेँ मैले।

“प्रणाम !” ढोग फर्काए उनले।

“बाबाजी यहाँ बस्नुभएको कति भयो?”  

“दश वर्ष।”

“पहिले कहाँ हुनुहुन्थ्यो?”

“जहाँ भए पनि किन चाहियो र?”

उनले झिजो मानेझैँे लाग्यो।  

सायद लाग्यो होला उनलाई– जो आए पनि एउटै प्रश्न सोध्छन्, एउटै जवाफ पनि कति पटक दिनु।

यहाँ आउनुअघि कहाँ हुनुहुन्थ्यो होला भन्ने कुतूहल लागेर मात्र सोधेको नि बाबाजी! नम्रभावमा प्रस्तुत भएँ म।  

“चार वर्ष जनकपुर बसेँ। आफूहरू चाहिँ कहाँको हो नि?”

“म नुवाकोटको। अचेल काठमाडौँमै बस्छु, तारकेश्र नगरपालिकामा।” बताएँ मैले।

लमजुङको ठेगाना बताउँदै माधवजीले भने–मनमैजु, मेरो अस्थायी ठेगाना।

“नुवाकोटमा कहाँनिर?” बाबाजीको प्रश्न।  

“साततले दरबार मुनि।”  

“म नुवाकोटामा तीन महिना बसेको। गुह्येश्वरी, तलेजु, कालिका, मालिका र साक्षात् देवी भैरवी छिन् त्यहाँ। माथि सुल्डाँडा तल बट्टार, विदुर र त्रिशूली। फराकिला टार, तादी र त्रिशूलीको सङ्गम। देवीघाट आफैँमा पुण्यभूमि। कविलास र दुप्चेश्वर महादेव पनि गएँ। आहा ! खूब रमाइलो छ नुवाकोट। अँ, मैले भैरवीको धामीसँग पनि भेट गरेको थिएँ।” प्रशन्न मुद्रामा कुरा खोले उनले।

“धामी त मेरो फुपूको छोरो नि।” मैले भनेँ।

“ए, हो र !” आश्चर्यभावमा बाबाजी।

“ल बस्नुस् एकछिन! म तपाईंरूका लागि पानी तताउँछु। भित्रबाट दुईवटा चकटी निकालेर दिए हामीलाई।”

चकटीमा बस्यौँ हामी।

“बाबाजीलाई बित्थाको दुःख भयो नि त।” माधवजी बोले।

“दुःखको कुरा छैन। तपाईंहरूलाई देखेर खुसी लाग्यो मलाई।”

धाराबाट एक भाँडो पानी ल्याए उनले। चुलो सल्काए र चिया बसाले।  

साँघुरो कुटीमा एकसरो ओढ्ने ओछ्याउनेबाहेक केही थिएन। एउटा भाँडोमा चिनी, चियापत्ती र केही पुरी बिस्कुटमात्र देखिन्थे सिरानीमा।

“चिया पाकुन्जेल अन्तरङ्ग कुराकानी भयो हाम्रो।  

“जोगी भएको कति भयो?” प्रश्न राख्छन् माधवजी।

चौध वर्ष।

“बाबाजीको घर कहाँ हो नि?  

“तारेश्वर नगरपालिका नै हो।”

“बाबाजीको थर?”

“फुयाँल।”

स्टीलको गिलासमा चिया खन्याए उनले।  

कुटीभित्र उनी। बाहिर हामी। चिया पिउँदै गफ अगाडि बढ्यो हाम्रो।

“बाबाजीको विवाह भएको थियो? कुरा उप्काए माधवजीले।”

“थियो। एउटी छोरी र दुईटा छोरा छन्।”

“भौतिक जीवनबाट किन टाढा हुन मन लागेको?”

“सुख भोग गर्न मनले मानेन। सादगी जीवन बिताउने इच्छा जाग्यो।”  

“यसरी आइसकेपछि ब्यर्थै आएछु जस्तो लागेन? ”

“लाग्यो नि दुई वर्षसम्म त! पछि बानी प¥यो।”

“जोगी बनेपछि परिवारहरू भेट्न आए कि आएनन्?”

“एकदुई पटक ठूलो छोरा आएका छन्। त्यसपछि कोही आएका छैनन्।”  

एकछिन चुप रहे उनी।

ओठको घेरामा सल्बलाएका मुस्कानलाई उनले दबाएको महसुस ग¥यौँ हामीले। यो प्रसङ्ग बन्द गरी अर्कैतिर मोड्यौँ।

“बाबाजीको खानपिन कसरी चल्छ?”

“खानेकुरा प्रायः भक्तजनहरूले नै ल्याइदिन्छन्। कसैले पैसा पनि दिन्छन्। खानेकुरा नभएको बेला हामी त्यही पैसाले किनेर ल्याउँछौँ। एक छाक खाने त हो।”

जङ्गलभित्र बसेर योग गर्छन्। मज्जाले अक्सिजन पाएपछि एकछाक खाए पुग्छ यिनलाई।

“कस्ताकस्ता भक्तहरू आउँछन् यहाँ?” माधवजीको जिज्ञासा।

“आम्मै ! थरीथरीका आउँछन् नि! धेरै अघि एउटीले मोबाइल ल्याएर दिई। पछि त फोन गरेर हैरान। ‘आइ लव यू’ पो भन्छे त! थुप्रै कलहरू आउन थाले नानाभाँतिका। त्यसपछि मैले फ्याँकिदिएँ मोबाइल। भौतिक जीवन त्यागेको मान्छेलाई किन चाहियो  र यो?”

थुप्रै कुरा गरे बाबाजीले। महादेव, सतीदेवी र जालन्धरका कथा सुनाए उनले। सतिदेवीको मृत्युको कारण सुनाए। शवलाई महादेवले बोक्दै हिँडेको र कसरी अङ्ग पतन भयोे भन्नेकुरा बताए हामीलाई।

ज्ञानको दायरा फराकिलो भएको महसुस भयो मलाई बाबाजीको कुरा सुनेपछि।  

०००

बाबाजीसँग बातचित गर्दागर्र्दै समय घर्केको पत्तै पाएनछौँ हामीले “ओहो ! साढे छ बजिसकेछ।” अब त जानुपर्छ। एक्कासी हतारिए माधवजी।

थुप्रै कुरा गरे बाबाजीले। महादेव, सतीदेवी र जालन्धरका कथा सुनाए उनले। सतिदेवीको मृत्युको कारण सुनाए। शवलाई महादेवले बोक्दै हिँडेको र कसरी अङ्ग पतन भयोे भन्नेकुरा बताए हामीलाई।

बिदा माग्यौँ बाबाजीसँग ।

“जनै पूर्णिमाको दिन आउनू नि! मेला लाग्छ यहाँ।” बाबाजीको निमन्त्रणा।

जीवन कसरी बाँच्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो। तर घर मुली नै यसरी घरबार त्यागेपछि कस्तो महसुस हुँदो हो परिवारलाई। घर फर्कंदै गर्दा यस्तैयस्तै कुराहरूले डेरा जमाएथ्यो मनमा।

हामीसँगै सहरतिर ओरालो लाग्दै थियो साउनको घटा पनि।  

प्रकाशित: २४ श्रावण २०७७ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App