४ वैशाख २०८१ मंगलबार
कला

सुन्दर देश नेपाल

बालकविता

डा. घनश्याम न्यौपाने परिश्रमी

 

अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

 

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

 

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।

प्रकाशित: २२ श्रावण २०७७ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App