७ वैशाख २०८१ शुक्रबार
कला

‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुने भएको छ । नेपाली भाषा शिक्षणमा एकरूपता कायम गर्न र पठन पाठनमा सहजता ल्याउने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानको भाषा (नेपाली भाषा, कोश तथा व्याकरण) विभागबाट उक्त व्याकरण तयार गरिएको हो ।  

प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् भाषा (नेपाली भाषा, कोश तथा व्याकरण) विभागका प्रमुख गङ्गाप्रसाद उप्रेतीको निर्देशन तथा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलको संयोजनमा प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईं लेखक रहेको ’प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ सबै तहका शिक्षक तथा विद्यार्थीका लागि उपयोगी हुने विश्वास नेपाल प्रज्ञा–प्रतिष्ठानको रहेको छ । संयोजक प्रा.डा. पौडेलका अनुसार उक्त व्याकरण पाठपरक, सृजनात्मक, सन्दर्भपरक, प्रकार्यात्मक एवं प्रयोजनपरक र अभ्यासमूलक रहेको छ ।  

कक्षा कोठामा सजिलै प्रयोग र अभ्यास गर्न सकिने सरल र सजिलो यो व्याकरण शिक्षणको नयाँ विधिको उपयोग गरी लेखिएको छ । उनले भने– ‘यो व्याकरण नेपाली भाषाका सबै प्रयोक्ता र सञ्चार माध्यमका लागि समेत उपयोगी हुने छ ।’

प्रकाशित: २० श्रावण २०७७ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App