५ वैशाख २०८१ बुधबार
कला

शिखा बुक्सले ल्यायो चार नयाँ पुस्तक

नागरिक चार महिना लामो लकडाउनले संकटमा पारेको पुस्तक व्यवसायलाई सहजीकरण हुँदै गर्दा शिखा बुक्सले भर्खरै चार वटा पुस्तक बजारमा ल्याएको छ । जसमा दलिप कुमार मल्लको कथासंग्रह ‘कलावती’ नरबहादुर बिसीको खोजअनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्व मन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना : मेरो सम्झना’ को चौथो संस्करण बजारमा ल्याएको छ । 

यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म रत्नशमेर थापा संस्मरण ‘घुम्तीमा नआऊ है’ टंक चौलागाईँको उपन्यास ‘उवडखावड’ र भीष्म उप्रेतीको यात्रा संस्मण ‘हिमाल शेर्पा र यती’ पनि तयारीमा रहेको प्रकाशक पुष्पराज पौडेलले जानकारी दिए ।

प्रकाशित: २० श्रावण २०७७ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App