९ आश्विन २०७८ शनिबार
कला

शिशुहरूप्रतिको मेरो आसक्ति

आचार्य प्रभा

 

मलाई निकै अगाडिदेखि नै शिशुहरू बालबालिकाहरूको बारेमा लेख्ने इच्छा नभएको होइन।तर खै के कुराले मलाई ढिलो भएको थियो । अहिले अनायास मलाई कुनै एक लेखक मित्रले नै यो विषयबारे लेख्न उत्प्रेरित गर्नुभयो।जुन मेरो इच्छाको विषय पनि हो। म उहाँप्रति  अनुगृहीत बन्दै साना शिशुहरूप्रतिको मेरो मोह र केही घट्नाहरू पनि पेश गर्दैछु।

हुन त संसारमा सुन्दर फूल, सानासाना बालबच्चाहरू मन नपराउने को होला ? सबैलाई नै यी चीजहरू मन पर्न सक्छ। तर मन पराउनु र कुनै चीजमा आसक्ति जनाउनुमा फरक पर्ला सायद।जस्तै भनौं न सबैलाई घर अगाडि फूलबारी भएको मन पर्छ बनाउँछन् पनि। तर राम्रोका लागि बनाउन र  फूलप्रतिको आकर्षण अनि अत्ति नै आसक्तिमा डुबेर फूलबारीमा विभिन्न महंगा किसिमका फूलहरू रोप्नु, स्याहारसुसार गरिरहनुमा फरक पर्छ। सबैलाई प्रश्न गरौँ फूल मन पर्छ भेनर। जवाफमा कस्ले मन पर्दैन भन्लान् र । तर मन मात्रै पराउनु र आशक्त जनाउनुमा फरक छ।

अँ किन  मैले यहाँ शिशु र बालबच्चाको प्रसंगमा फूलको कुरा जोडें भने मलाई सुन्दर फूल र बालरबालिकाहरू उस्तै सुन्दर लाग्छन्। मैले रोज्नु परे यी दुवैलाई रोज्छु। मलाई बालबच्चाहरू कोमल सुन्दर फूलझैं लाग्छन् । यति मात्र होइन मलाई चराचुरुंगी,विभिन्न जनावरहरूका बच्चाहरू पनि असाध्य मन पर्छन् । मलाई आफूले जन्माएका नानीहरू हुन् या मेरो आफन्तका बालबच्चाहरू मात्र प्रिय नलागेर जस्को पनि काखे  नानी देखें भने मन पर्छ,खेलाउन मन लाग्छ।

हुन त मान्छेका आआफ्नै रुचि हुन्छन् जो मन पराउनु मात्रामा सीमित हुन्न। जसप्रति आसक्त नै भइन्छ । म ६ र ७ वर्षकी हुँदा पनि कसैको नानीबाबु देखें भने हुरुक्क हुन्थें। भनौं हाम्रो परिवारको माहौल पनि त्यो समय त्यस्तै थियो। हामी सब परिवारलाई नै नानीहरू असाध्य मन पर्ने।गाउँमा सानासाना नानीहरू छन् भने पनि घरमा ल्याएर खूब खेलाउँथ्यौं। त्यही  बानी बसेर होला मलाई मेरो उमेरको कुनै बन्धनले पनि यो इच्छालाई मार्न दिएन। अझै मेरो आदत बद्लिएको छैन। मलाई साना बालबच्चाहरूप्रति अगाध स्नेह अझै जाग्छ।

मेरो शिशुहरूप्रतिको आसक्तिको कुरा गर्नु नै हो भने । उहिल्यै म सातआठ वर्षकी हुँदी हुँ ।हामी पहाडमा थियौं । त्यो समय त्यही गाउँमा एउटी राई थरकी हाम्रो छिमेकी हुनुहुन्थ्यो। अहिले सम्झिँदा उनी वर्षपिच्छे गर्भवती हुन्थिन् क्यारे । जतिपल्ट उनी गर्भवती हुन्थिन् म र मेरी दिदी जम्ल्याहा हामी पो खुशी हुन्थ्यौं। अब नानी जन्मिन्छु भनेर। नभन्दै एकदिन उनी सुत्केरी भएको खबर हाम्रो घरमा आयो। त्यो घर हाम्रो घरबाट यस्तै हिँडेर जाँदा पाँच मिनेट जति लाग्थ्यो। साँझ परिसकेको थियो तर पनि सुन्नासाथ कुदेर गएँ।

अँध्यारो कोठामा भुईको ओछ्यानमा अगाडि मुढा सल्काएर तातोमा सुत्केरी र नानी सुतिरहेका रहेछन् । म  कतिबेला नानी समाउन देला भनेर त्यहीं कोठामा बसिरहें । केही बेरमा आमा र नानी बिउँझिए। मैले नानी समाउन मागें  र  नानी लिएर धुनी बालेको छेउमा बसें।ती सुत्केरी आफ्नो खानासाना खाएर फेरि पल्टिएर निदाइन् स्वाँस्वाँ । म भने नानी समाउन पाएर दङ्ग परेकी थिएँ। केहीबेरमा म पनि झक्काउन थालिछु काखमा नानी लिएर । कसोकसो गर्दा निन्द्राले झुल भएर झण्डै पल्टिएछु । त्यतिबेला पो झसङ्ग हुँदा नानी र म दुवै जना नै झन्डै आगोमा झ्वाम भएको। अहिले पनि त्यो घट्ना सम्झिँदा अङ्ग सिरिङ्ग हुन्छ। सम्झिन्छु त्यो समय कति अनजान होला । सातआठ वर्षकी नानीलाई नै नवजात शिशु जिम्मा लाएर आमा चैं कसरी आनन्दको निन्द्राले सुत्न सकेकी होलिन् ।

त्यस्तै सानैदेखिको बानी अझै पनि उस्तै छ। त्यस्तै अर्को पनि काठमाडौं घटेको घटना छ।  उन्न्नाइस वर्ष जति भयो होला। हामी म्हेपी भन्ने ठाउँमा कोठाभाडामा बस्थ्यौं । त्यही घरकै पल्लो कोठामा एक परिवार बस्न आए। उनीहरुको लगभग ६ महिनाकी छोरी थिइन्। अब मलाई के चाहियो र त्यो नानी नै म र मेरी माइली छोरीकी निम्ति समय रमाइलोसँग बस्ने साथी भइन्।जति खेलाए पनि छाड्नै नमान्ने। पछि त उसकी आमा नै नचाहिनेजस्तै भइसकेको थियो। त्यसरी  दुई वर्षसम्म सँगै बस्यौं होला।  कतै बाहिर जाँदा पनि त्यही नानीको सम्झना र झझल्को आइरहने भइसकेको थियो । कति न आफूले जन्माएको नानी जस्तो कतै गए पनि तुरुन्त घर फर्कन मन लाग्ने।

त्यसरी नै समय व्यतित भइरहेथ्यो। त्यो नानीप्रतिको मोह र मेरो लगाव देखेर त्यो नानीकी आमाले नै सोधिन् , ‘‘दिदी, किन तपाईलाई अर्काको बच्चा पनि यस्तो मन परेको ?’

मैले जवाफ दिएकी थिएँ, ‘नानीहरू भनेपछि जो पनि हुरुक्क हुने रहेछ ।’

एकदिन अकस्मात झापा जानपर्ने काम भयो ।लगभग २ र३ महिनाका लागि झापा घर गइयो।निक्कै समयपछि फर्केर आउँदा कतिबेला काठमाण्डौ पुगेर नानीलाई हेरौं समातौं भएको थियो। व्यग्र प्रतीक्षापश्चात साँझमा काठमाडौं  पुगियो।बस स्ट्याण्डबाट म्हेपीसम्म ट्याक्सीमा चढ्यौं।हामी दुई छोरी आमा तीनजना थियौं।अर्की कान्छी छोरीलाई पनि हामीले त्यो नानीको वर्णन गर्दै ल्याएका थियौं।उ पनि व्यग्र थिई नानी भेट्न किनकि ऊ भर्खर त्यही दिन मात्र काठमाडौं आउँदै थिइन् ।

साँझको यस्तै ८ र ९ बजेको हुँदो हो।पुग्यौं हामी गन्तव्यस्थलमा। जति नजिक हुँदै गयो उति नानी समाउँन व्याक थिएँ म। ट्याक्सी के रोकियो हामी तीनै जना आमा रछोरी हत्तारकोसाथ ट्याक्सीबाट ओर्लिएर कुद्यौं कोठातिर। आफ्नो कोठा छिर्नभन्दा अगाडि पल्लो कोठा यसो हेर्छौं त कोठामा ताला लगाएको छ। मेरो त होसहवास उड्यो।म त्यहीँ उभिएर रुन थालें ।माइली छोरी कुदै माथि घरधनीलाई सोध्न पुगीछ।पल्लो कोठाका मान्छेहरु कता सरे रु भनेर ।अनि उस्ले पो कुद्दै खबर ल्याई बीचको तल्लाको कोठामा सरेका रैछन् भनेर।म खुशी हुँदै चढें बीच तल्लामा । नानी सुतिरहेकी रहिछ।हामी तिनै जनाले समात्यौं। धित मरेपछि तल आफ्नो कोठामा झरेर पो थाहा पायौं। हामीले केही सामान त ट्याक्सीलाई नै चढाइपठाएछौं। जुन झोलामा केही सुनरचाँदी पनि थिए। अहिले सम्झिँदा लाग्छ त्यो साना बालबालिकाहरुप्रतिको पागलपन नै हो कि ? लग्भग २० वर्षपश्चात या ४ वर्षअघि त्यो नानीलाई काठमाडौंमा भेट्दा सपनाझैं लाग्यो। तरुनी भइसकेकी रहिछिन् तिनी।

त्यस्तै नानीहरूकै विषयमा अरू कुरा उजागर गर्नुपर्दा। म अमेरिका आएपछिको घट्ना सम्झिन्छु ।लगभग आजभन्दा ८ वर्षअघितिरको कुरा हो।

म त्यतिकै काम नगरी बसेकी थिएँ। कतैबाट कुरा आयो।एउटी सानी ६ र ७ महिनाकी नानी घरमा नै गएर ५ र ७ घण्टा हेरिदिनुपर्ने रे । पहिला त गर्दिन जस्तो लाग्यो। तर पनि उतैबाट कर आयो र म नानी हेर्न गएँ। नानी देखेपछि मनमा ममता र करुणा जागेर आयो हुन्छ भनें । हप्ताको ४ र ५ दिन सोही घरमा गएर दिनभर त्यो नानीसँग बसिरहन्थें। नानी पहिला त अलिक झगडिया थिइन् । पछिदेखि त मसँग नै झ्याम्मिन थालिन् ।

उनीहरू साउथ इण्डियन ज्यादै भलाद्मीहरु थिए। बाउबाजेदेखि अमेरिकाकै परिवेशमा जन्मेहुर्केकाले उनीहरूलाई आफ्नो भाषा र रहनसहन केही आउँदैनथ्यो। बस् अमेरिकन चाला नै थियो उनीहरूको। कहिले घरमा चुल्हो नबल्ने। ती नानीका बाबुआमा पनि भर्खरका भएकाले उनीहरूलाई नानीलाई कसरी स्याहार्ने , के खान दिने, केही थाहा रैन रैछ। उनीहरूलाई न आफ्नो भाषा नै बोल्न आउँथ्यो। पूरै खैरे चाला नै थियो । त्यस्ताले के हामी नेपाली, इन्डियनहरू जस्तो बच्चाबच्चीलाई पकाएर खुवाउन जानोस् जब मैले नानी जिम्मा लिएँ। उनीहरू ढुक्क भए। बिहान ७ बजेदेखिको मेरो जिम्मामा नानी छाडेर साँझमा मात्र आउँथे।

नानी हेर्ने क्रममा नानी हुर्कंदै गइन् ।त्यो बीचमा मेरो नानीप्रति अगाध माया बसिसकेको थियो।मलाई शनिबार र आइतबार बिताउन गाह्रो पर्थ्यो।घरमा बसेको दिन खालि त्यही नानीको याद आइरहने। कहिलेकहीं  त घरमै पनि ल्याइदिन्थे। त्यो नानी बाबुआमाबिना पनि ढुक्क मसँगै बस्ने गर्थिन्। कहिलेकहीं राति ढिलोसम्म उस्का बाउ,आमा पार्टी, भोजमा जान्थे । नानी लिएर म त्यही घरमा सुत्थें। म त्यो नानीका लागि उनीहरुको वचन काट्नै सक्दिनथें। नानी हुर्कंदै गइन् । अलिअलि कुरा बुझ्ने र बोल्ने भइन् । मैले नेपाली भाषाबाट नै बोलाउथें सब बुझ्थिन् जब कि उसका आमा,बाबु हिन्दी भाषा नै बुझ्दैन थे । त्यो नानीसँगको सामीप्य यस्तो बनाएको थियो मलाई र हाम्रा घर परिवारलाई। हाम्रो दिलदिमागमा उही नानी नै हाँसी बस्थिन्,खेली बस्थिन्।

जब म फेरि २०१४ मा नेपाल गएँ । म फर्केर आउँदा उनीहरू अर्को स्टेट गइसकेका थिए। पछि बुझ्ने भएपछि पनि त्यो नानीले फेस्बुकमा मेरो फोटो देखाइमाग्थिन् रे। अहिले पनि उसको सम्झनाले घरिघरि सताउँछ तर टाढा छन् उनीहरू। अब त त्यो नानी मिखिला पनि ८ वर्षकी भइसकिन् म उसको मस्तिष्क बाट बिलाइसकें सायद। यसरी शिशुहरुप्रतिको चाहना र मायामा म उमेरको बालापनदेखि नै आसक्त छु आजसम्म ।चाहे अरुकै होस् वा आफ्नो।

हुन त मैले माथि आफ्नो बालापनदेखिको नवजात शिशु या नाबालकहरुको आसक्तिको विवरण दिए पनि मैले खुद आफ्नो कोखबाट जन्मिएका नानीहरुको बारेमा र उनीहरुप्रतिको माया,ममत्वको बारेमा केही बोलिनँ भने मलाई अचम्म नै मान्लान्। त्यसैले मैले केही त बोल्न नै पर्छ। खास मान्छेको इच्छा,चाहना,आशक्तिमा पनि समयको आफ्नो भूमिका हुँदो रहेछ।हो नानीरबाबुप्रतिको चाहना त उत्तिकै थियो झन् आफ्नोमा नहुने भन्ने कुरै आउँदैन तर जिम्मेवारी, व्यस्तता, जीवन भोगाइ र कर्तब्यले पनि मान्छेका कतिपय कुराहरुलाई परिवर्तन गर्दोगराउँदो रहेछ। जब म पहिली छोरीकी आमा भएँ मेरो आसक्तिको कुरा मात्र त्यहाँ थिएन। कर्तव्यर जिम्मेवारीको पनि कुरा थियो।किनकि म खुद आमा थिएँ,कसैकी श्रीमती, बुहारी आदि।त्यो समय म अन्जान आमा बनेकी थिएँ जुन समय सम्झिँदा मलाई सपना झैं लाग्छ।त्यो समय मैले नानी जन्मिँदा त्यँही नजिककै हाम्रै हेड्सरकी श्रीमती हैन नानीले नानी पाकी छ अरे भन्दै हेर्न आउनुभएको थियो।

हाम्रो समयभन्दा अघि १३ र१४ वर्षमै विवाह गरेर १७ र१८ वर्षमा १ र२ जना बच्चा जन्मिँदा पनि अचम्म मान्दिनथे तर मेरो समयसम्म अलिक समयले कोल्टे फेरिसकेर १८ र२० वर्षभित्र नानी जन्मिँदा पनि मलाई त्यसरी हेर्न आएका थिए ।त्यसपछि त २० र२२ वर्षभित्रमा विवाह गरेर बच्चा जन्मुन्जेलसम्म २४ र२५ वर्ष पुगिसकेका हुन्थे भने आजकल त ३० वर्षसम्म पनि कुमारी बसेर बल्ल विवाह गर्ने चलन पनि छ।नानी जन्मनु पनि समयानुकूल पारेर मात्र जन्मिन्छन्। त्यसपछि दोस्री अनि तेस्री छोरी जन्मिइन्  ।

मैले आमाको माया उसरी नै दिएँ सायद जसरी अहिले मेरा दुई नातिनीहरुलाई दिँदैछु तर समयको बद्लावले उनीहरुको आवश्यकता र स्याहार केयरिङ अहिलेकाहरुका जस्ता पुरयाउन सकिएन होला।तर पनि  सानैदेखि नानीहरुको स्याहाररसुसार गर्न जानेकीले पनि मलाई पहिलो छोरीदेखि तेस्री  छोरी जन्मिँदासम्म त्यति कठिन भएन कारण मेरो कलिलै उमेरमा पनि मैले दिदीहरुका नानीरबाबु हेरेकी थिएँ,स्याहारेकी थिएँ । त्यसैले म पोख्त थिएँ। अहिले मेरा नानीहरु नै नानीका आमा भई सकेका छन्।

अब कुरा गरौँ मेरा नातिनीहरूप्रतिको मेरो लगावको। विगत ३ बर्षदेखि म फेरि अर्कै संसारमा रमाइरहेकी छु।कान्छी छोरीको अष्ट्रेलियामा छोरी  भइन् अहिंसा  । उनी ४ महिनाकी हुँदा हामी दुई जोडी अष्ट्रेलिया पुग्यौं।नातिनीको माया र आकर्षणले मैले अन्य सारा कुरा बिर्सिएँ। म उसैमा समाहित भएँ। उस्लाई छाडेर रित्तै नेपाल फर्कन सकिनँ र उनी १ वर्ष पुग्नासाथ आफूसँग नै नेपाल ल्यायौं।ठिक्क नानीहरु ६ र७ महिनादेखि अनेकौं शारीरिक कृयाकलापहरु देखाउँन सक्षम हुन्छन् ।त्यो समयदेखि नानीहरु अत्ति नै आकर्षित र सुन्दर लाग्दछन्।बच्चाहरुप्रति अत्ति आकर्षण हुनेहरुले यो बेलादेखि ३ र४ बर्ष पुगीन्जेलसम्म नानीहरुबाट मनोरन्जन लिन्छन् र अति नै बच्चाहरुको सामिप्यता मन पराउँछन्।

हामीले अहिंसालाई १ वर्षको हुँदा नेपाल घरमा लग्यौं । अनेक कृयाकलाप देखाउँन शुरु गरिसकेकी थिइन्।   भनौं त्यो समय नानीहरुले चकचक र बद्मास गरेको पनि कति मीठो लाग्ने । मेरी अहिंसा त झन् हाम्रो मुटुको टुक्रा नै बनिन् ।बद्मास ज्यादा गर्ने राखेको खाने कुरा चोरेर खाने, नाच्ने। बोली अलिक ढिलो आए पनि सबै कुरा बुझ्ने। सबैसँग झ्याम्मिने।साना नानीहरुलाई घरमा जति एक्टिभ बनायो, बोलाइदियो उति नै बाठा, चनाखा र कृयाशील  हुन्छन्। म चैं पहिलादेखि नै नानीहरूलाई बोलाई राख्ने, चलाइराख्ने भएकीले मसँग नानीहरु चाँडै आफ्ना कृयाकलापहरू देखाउन सक्ने भएका मैले महसुस गरेकी छु। त्यसरी मेरी पहिली नातिनी अहिंसा ठूलो साने मैले राखिदिएको नाम मेरो मुटुको टुक्रा भइन् ।हामीसँग ८ महिना नेपालमा बसेर अष्ट्रेलिया पुरयाउने दिन पनि आयो। त्यतिन्जेल १ वर्ष ८ महिनाको भइसकेकी थिइन् ।निकै कुरा बुझ्ने उस्का अनेकौं हास्यास्पद कृयाकलापहरु बिर्सी नसक्नु थियो। उस्लाई अष्ट्रेलिया पुर्याएर छाडेर नेपाल फर्कनु मेरो लागि धर्ती भासिनुसरह थियो।तर पनि सधैं मेरो मायाले बाँधेर मात्र कहाँ हुन्थ्यो र अर्काको नासो ।

आखिरमा अष्ट्रेलिया उसकै आमाबाबुसँग छाडेर फर्कियौं नेपाल। मलाई दमक घर पुगेर कसरी घर पस्नु भन्ने चिन्ताले पिरोलिइरह्यो। आकाश माथिमाथि जति जहाज उड्थ्यो उतिउति मुटुको धड्कन बन्द हुन्थ्यो। झ्याल खोलेर धर्तीलाई चिहाउन मन लाग्थ्यो। खालि मेरो सानेूको मुहार मात्र आँखामा छाइरहन्थ्यो। आखिर छाड्नै थियो छाडेर आयौं।

दमक घरको ढोका खोलेर पस्नासाथ भक्कानो फुट्यो मेरो। नानीका केही सामानहरू त्यतै छरिएका थिए। झुन्डाएको कोक्रो त्यतिकै रित्तै झुन्डिरहेको थियो। पुगेको केही दिनसम्म मेरो आङ्गमा घाम लागेन। मन त्यसै उदास भइरह्यो। उस्का केही लुगाहरू पनि राखेकी थिएँ ।दिनहुँ ती लुगाहरू हरेर चित्त बुझाउँथें । चार महिनादेखि हामी बूढाबूढीले स्याहारसुसार गरेको नानी हामीसँग नै त्यही समयदेखि रातिपनि सुत्ने। आफ्नो आमाबाबु नचाहिने।हाम्रो मुटुको टुक्रा नै बनिसकेकी थिईन्। तर के गर्ने संसारको रित सधैं साथ कसको पाइन्छ र । मैले सधैं मेरो सानेू भनेर पनि त भएन।

समयको बदलावसँगै मान्छेका जीवनशैली र इच्छाहरू पनि बद्लिएका छन् । उबेला जस्तो परिवार सबै सँगै बस्ने चलन छैन। आफ्नो जीवनलाई चलायमान बनाउने अभीप्शामा मान्छेहरू कहाँदेखि कहाँ पुग्छन्  । संजोगले मात्र आफ्ना परिवार भेट्न पाइने समय भएको छ। यसरी मेरो साने हामीबाट छुटेर बस्न थालेकी छिन्। निकै समय गाह्रो भए पनि परिस्थिति र समयलाई आत्मसात् गरेर चित्त बुझाउनु परेको छ। लगभग आठ महिनापछिको विछोडमा मेरो ठूलोसानेले आफ्नी आमासँग अस्ति फेब्रुवरीमा अमेरिका आएर भेटेर फर्किन्। ठूली भैइछिन् बोल्ने पनि। फेरि २२ दिन बसेर अष्ट्रेलिया फर्किन् । त्यो समय पनि निकै गाह्रो भयो तर के गर्ने मेरो चाहना र मायाले मात्र नहुने। सबैले आआफ्नै बाटो लाग्नेपर्ने रहेछ।अहिले दिनहुँ म्यासेन्जर, फेस्टाइममा हेरेर कुरा गर्न पाइएको छ। यो प्राविधिक समयलाई पनि नमन गर्न मन लाग्छ जसले आँखाको झझल्को र मनको तिर्सना मेटाइदिएको छ।

अब फेरि मेरो जीवनमा अर्को मायाको खानी आएकी छिन् ।जेठी छोरीकी छोरी माया । उनी त जन्मेदेखि हामी सँगै छौं।जन्मेको अस्ति जस्तो लाग्छ ८ महिना पुगेर ९ महिना लागिन्।अत्यन्तै बाठी छिन्। अब उनीचाहिँ मेरो सानो सानेको नामले परिचित छिन्।जो अत्ति हँसिली, सन्तोकी र चलाख स्वभावकी छिन्।मेरो यो पटकको अमेरिकाको समय मेरो सानो साने  मायासँगै व्यतित छ।मान्छेको रहर पनि कति अनौठो ? कति त आफ्ना बालरबच्चाहरु जन्मेर हुर्केपछि कसैको मसिना बालरबच्चा एकछिन हेर्नु मात्र पर्यो भने पनि।दिक्क मान्छन् । आफूले त पार पाइसकियो । अब त झन्झट लाग्छ भन्छन् नि तर मलाई नानीहरु भनेपछि कहिले त्यस्तो महसुस हुँदैन ।

मलाई त यस्तो महसुस हुँदैछ  कि  बल्ल पो म नानीको आमा बन्दैछु।मानौं यी नानीहरु मेरै कोखबाट जन्मेका हुन्। उनीहरुलाई खुवाउनु,उनीहरुको आची सफा गर्न कहिल्यै द्यिक्क लाग्दैन।म नानीहरुलाई हरसमय बोलाइरहन्छु,जिस्काइरहन्छु यसो गर्दा नानीहरु झन् कृयाशिल र बाठा हुन्छन् ।अहिलेकाहरु जन्मदेखि नै चलाख हुन्छन् तर पनि नानीहरुलाई जति बोलायो,चलायो उत्ति चलाख र बाठा हुन्छन् ।यो मेरो धेरै बालबच्चाहरुसँगको सामीप्यको कारणले पनि होला मैले अनुभव गरेकी छु।

नानीहरुको पनि आआफ्ना किसिमका कृयाकलाप र मानसिक बृद्धि हुँदो रहेछ। मैले यी नानीहरु जस्को जन्मको शुरुवातदेखि साथ पाएँ मैले बेग्लाबेग्लै अनुभूत गर्ने मौका पाएँ।जस्तै मेरो ठूलो साने  

 अहिंसा उनी सानैबाट अलिक सोझी,त्यति कृयाकलाप नदेखाउँने स्वभावकी थिइन् तर जब १० महिना शुरु भयो ज्यादै बद्मास।चक्चक गर्न रुचाउँने स्वभावकी थिइन् तर झगडालु स्वभावकी थिइनन् ।समयमा खानारसुत्न पाए सन्तोकी खेली रहने,जे दिए पनि खाने खालकी थिइन् ।तर अहिले यहाँ ८ महिनाकी माया सानो सानेको कृया कलाप अनौठो छ।जो साह्रै सन्तोकी,हँसिली छिन् तर औधी बाठी।हामीले फोनमा कोहीसँग कुरा गर्दैछौं भने उस्लाई पनि त्यहाँ नहेरी हुन्न।कसैको फोन कल आयो र हामीले उठाउन ढिला गर्यौं भने फोन आइरहेको छ किन नउठाएको भन्ने वाक्यहीन नजरले हामीलाई हेर्छिन्।उन्लाई हामीले केही खाएको देख्नु हुन्न ।दुई खुट्टाका औंलाहरू एकार्कामा रगडेर मुख आँ ।गर्दै माँग्छिन् ।

मैले यो पटक सानो नानीहरुको यस्तो साईक्लोजी पनि बुझें कि नानीहरुले बोली नआउँदा खुट्टाहरु एकार्कामा रगडेर खान माँग्दा रहेछन् ।हुन त यहि नानीले मात्र यस्तो गरेकी हुन् किरुकि यो बालबच्चाको खुट्टाको भाषा नै हो रुभनेर म सोंच्दैछु। हुन त समयको अन्तरालले पनि सबैमा परिवर्तन ल्याउँदो रहेछ।हाम्रो आफ्नै सन्तान हुँदा यसरी सब कुरा सम्पन्न थिएन।यतिबिघ्न प्राविधिक कुराहरु छँदै थिएनन्।बस् एक ठाउँ लडाइदियो आफू काम गर्यो।आफ्ना बालबच्चाहरुलाई अहिले जस्तो पुरा समय पनि कहाँ दिने समय थियो ररुत्यसैले मैले पनि आफ्ना जन्मेका सन्तानहरुका कृयाकलापहरु यसरी नजिकबाट अनुभव गर्ने मौका पाईनं । जसरी अहिले मैले मेरा नातिनीहरुको हरेक पलहरुका कृयाकलापहरु हेर्ने,महशुस गर्ने अवसर पाएकी छु।

अहिलेका समयका नानीरबाबुहरुलाई विभिन्न किसिमका खेलौनाहरु,अनेकौं यान्त्रिक बस्तुहरु र सबै किसिमका सुबिधाहरु प्राप्त भएर पनि होला अहिलेका शिशुहरू अधिकमात्रामै टाठाबाठा भएका।

समयको बदलावले पनि मान्छेहरुमा परिवर्तन र छिट्टै सबै कुरा बुझ्न सक्ने क्षमता हुँदो रहेछ।पहिलेका शिशुहरू र आमाको सम्बन्ध अनि अहिलेका समयका आमा र शिशुहरुको सम्बन्धमा आकाश जमीनको फरक छ। अहिले प्रविधिले अनेकौं सुविधाहरु दिएको छ जो आमा र शिशुहरुलाई सशरीर नजिक भइरहन पनि आवश्यक पर्दैन तर यसो भन्दैमा प्राकृतिक नियमको विपरीत पनि कोही टाढा रहन सक्दैन। अहिले मसँग मेरी जेठी छोरीकी नातिनी सानु साने माया छिन्।उनी आफ्नी आमासँगभन्दा हामीसँग नै धेरै समय बिताउने गर्छिन्। विदेशको ठाउँ नानी जन्मेको महिना दुई महिनादेखि काममा जानुपर्ने बाध्यता हुन्छ र सबैले त्यसै गर्छन् । ती आमाले छाडेर काम गर्नुपर्ने बाध्य भएका नानीबाबुहरू आमा नुहुँदा पनि बिजोक हुने, स्याहार नपाउने, खाना टाइममा नपाउने त होइनन् तर पनि सुत्ने बेलामा कोहीकोहीले आमाकै काख र सामीप्य खोज्छन् ।जस्तै अहिले यहाँ म ८ महिनाकी नातिनीसँग छु। हामी उन्को ख्याल अति नै गर्छौं। टाइमटाइममा खाना र बोतलमै भए पनि दूध, डाइपर फेरि दिने सुताउने गर्छौं तर पनि उन्ले सुत्ने बेलामा आमाकै काख खोजेकी हुन् कि भन्ने आभास हुन्छ  मलाई। तर सबैले यसै गर्छन् भन्ने पनि छैन। जस्तै अष्ट्रेलियाकि नातिनी ठूलो साने अहिंसाले भने ४ र५ महिनादेखि आमाको दूध खानै मानिनन् ।आमाले आफ्नो दूध बोतलमा मेसिनद्वारा निकालेर बोतलमा खुवाउँदा भने चुस्थिन् । त्यसैले होला तिन्ले आमालाई साह्रै खोजे जस्तो महसुस भएन हामीलाई।तर सानैदेखि शिशुहरुको पनि आआफ्नो बानी हुँदो रहेछ भनेर यी दुई नातिनीहरूबाट मैले अनुभव गर्ने मौका पाएँ।

आज म खूबै बालबालिकाकै डाक्टर बनेर बाल मनोविज्ञानबारे पढाइरहेकी छु कि सायद तर कति कुरा पढेरभन्दा पनि परेर पनि जानिँदो रहेछ। तर  कति महिलाहरूले आफूले शिशुको जन्म दिएर पनि बालबच्चा स्याहार्ने, कसरी हुर्काउने भन्नेबारे अनभिज्ञ नै हुन्छन् । जसले शिशुको जन्म त दिन्छन्  उसको काम दूध खुवाउनु, सुताउने भन्ने मात्र आफ्नो कर्तव्य सम्झिन्छन्।तर आफ्ना शिशुहरूलाई अधिक समय दिने, आफ्ना नवजात शिशुहरूलाई हरेक समय विचार पुरयाउने र नानीबाबुको हुर्काइसँगै उनीहरूको हरेक कृयाकलापमा ध्यान दिने हो भने मात्र जन्म दिने आमाहरूले पनि आफ्ना शिशुहरूको वाक्यहीन  रुचि, कृयाकलाप र उनीहरूको आवश्यकता र चाहना   बुझ्दछन् नत्र त्यस्ता आमाहरू  नामका मात्र आमा हुन् भन्नु पनि सही नै हुन्छ।

अन्त्यमा मैले साना शिशुहरुप्रतिको आफ्नो आशक्तिलाई भन्नु नै पर्दा मलाई सानासाना बालबच्चाहरु सुन्दर बगैंचाका सुन्दर फूलहर झैं लाग्छन् ।यिनैमा रम्न,यिनैभित्र हराइरहन अत्ति मन पर्छ। म लेखन क्षेत्रमा कृयाशिल मान्छे मलाई हरेक रचना सृजना गरिरहँदा पनि नानीहरुसँग कुनै झन्झट र अप्ठ्यारो महसुस  हुँदैन।म साना नानीहरुको हेरचाहसँगै आफ्ना हर सृजनाहरु उमारिरहेकी हुन्छु। मैले ठूलो साने अहिंसाको रेखदेखसँगै अर्थात् एक हातले समयसमयमा झोलुङ्गो हल्लाउँदै अर्को हातले टाइप गर्दै कतिवटा गीतहरु ट्युनिङ सुन्दै लेखेकी पनि छु।जुन गीत एउटाको त भिज्युअल पनि बनिसकेको छ। मलाई आफ्नो सृजनामा यी साना कोपिलाहरुले बाधा पुर्याएका छैनन् ।आज पनि यो लेख मैले सानी नातिनी मायालाई समय समयमा हेर्दै,खुवाउँदै लेख्दैछु। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं।

म यही विषयमार्फत आमाहरूलाई पनि भन्छु क– आफ्ना बालबच्चालाई सानैदेखि जस्तो बानी लाइदियो त्यस्तै बानी बस्छ। समयमा खुवाउने, समयमा सुताउने, समयअनुसार खेलाउने बोक्ने बानी गरेमा आमाहरुले पनि प्रशस्त समय पाउँछन्। अब नानीको आमा भइयो केही गर्न समय नै पाइन्न भन्ने कुरा मनबाट हटाएर आफ्ना बालबच्चाहरूलाई समयअनुसार हरेक कुरामा चलाउन सके त्यस्ता आमाहरूले आफ्ना सृजनात्मक कामहरू प्रशस्त गर्न पाउँछन् । हुन त अझै पनि हाम्रो देशमा विदेशमा जस्तो सहजता र नानीहरूका लागि उपलब्धिमूलक वस्तुहरू पाइन्न। जसले गर्दा नानीहरुलाई खेल्न र भुलाउन सहज होस् तथापि नानीहरूका खाने र उठ्ने समयलाई मात्र पनि सही तरीकाले मिलाउन सके नानीहरूले दुख दिँदैनन्। समयमा पेट भरिदिए, तातोचिसो हेर्न सके कतिपय शिशुहरू सन्तोकी नै बन्दछन् ।

म यही सोंच्छु अचेल। मेरो यो उमेरको खुशी भन्नु नै यिनै दुई फूलहरु हुन् ।यिनीहरुलाई साथमा हुँदा म आफ्नो  पीडा पनि बिर्सिन्छु। मलाई कहिल्यै  सानासाना नानीबाबु धेर लाग्दैनन्। तर अपसोच मैले चाहेर पनि यिनीहरूसँग सधैं सँगै रहन सक्दिनँ  । तर म छुट्टिने पल कल्पनासम्म पनि गर्न सक्दिनँ।

म एक्लै सोंच्छु यो बेला मैले मेरो सानो–साने मायालाई छाड्नु परेको दिन कस्तो होला । म त्यो पल कसरी टाढिन सक्छु होला ? मेरो अवस्था कस्तो होला ? म सम्झिन नै सक्दिनं।आजकल नै हामी कुनै दिन बाहिर निस्क्यौं भने म पनि उसरी तड्पिन्छु सानो मान्छेलाई सम्झेर। उनले पनि ८ महिना मात्र के पुगेकी छिन् चारैतिर खोजेझैं गरेर हेर्छिन् अरे,रुन्छिन् अरे। आजकल त पच्छ्याउने भएकी छिन् अनि यस्तो मुटुको टुक्रालाई छाडेर म कसरी टाढिन सकुँला ? यो मेरो क्षमतादेखि बाहिरको कुरा भएको छ।तर पनि परिस्थिति या आआफ्नो नियति भनूँ एकदिन त छुट्टिनु  नै छ। एकान्तमा रुनु नै छ

प्रकाशित: २० श्रावण २०७७ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App