बलिउडका प्रख्यात् अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट मुक्त भएका छन् ।
कोरोना संक्रमित भएपछि सँगै नानावती अस्पताल भर्ना भएका छोरा एवं बलिउड अभिनेता अभिषेक बच्चनले आफ्ना पिताको रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएका हुन् ।
ट्विटमार्फत उनले आफ्ना पिता निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको जानकारी दिएका हुन् ।
ट्विटमा अभिषेकले लेखेका छन्, ‘मेरा बुवाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ अब घरमा बसेर आराम गर्नुहुन्छ । तपाईंहरूको प्रार्थना र शुभकामनाका लागि धन्यवाद ।’
तर अभिषेक बच्चन भने अझै कोरोनामुक्त हुन सकेका छैनन्, उनी अस्पतालमै छन् ।
प्रकाशित: १८ श्रावण २०७७ १२:३७ आइतबार