१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शिरमा मेरो ढाका टोपी

पाँच मुक्तक

निर्मलरमण पराजुली 

१) शिरमा मेरो ढाका टोपी , यो छातीभित्र देश 

     प्यारो लाग्छ नेपाली भनी, मलाई चिनाइदिने भेष

     धनदौलत सुखसयल, खोज्दै विदेश जानुभन्दा

     ढिंडो खाई देशमै बस्नु , बरु त्यो पो हुन्छ बेस ।

 

          २) कति बस्छौ नारी तिमी ,कुसंस्कारमा जेलिएर

           अझैसम्म विभेदरूपी , खाडलभित्र छेलिएर

          छातीभित्र साहस बोकी उठ्न सिक अब आफैं

          बाँच्नु हुन्न हेलाहिंसा ,  अत्याचारमा पेलिएर ।

 

    ३) मर्दा केही लान्न भन्थ्यौ , गयौ सिन्दुरपोते दिएर

       मुटु फुट्लाजस्तै हुने , कस्तो यो पीडा दिएर

       कस्ती रैछे अलक्षिनी , लोग्ने टोकी भन्छन् सबै

      गार्ह्यो भयो मलाई बाँच्न, दिनरात आँसु  पिएर ।

 

       ४)  मेरी सासु यस्तीउस्ती भन्दै रात, दिन खैरो खन्नेहरू

         आमाजस्ती सासूलाई हेला, गरी दुष्ट बन्नेहरू

        छन् हाम्रो समाजमा यस्ता नारी, अझै प्रशस्तै छन

        त्यही सासूले पाएको छोरालाई , मेरो मुटु भन्नेहरू ।

 

        ५) बाढी आई बगाई लाग्यो , बस्ने मेरो बास हरायो

            बाढीले नै मार्यो छोरो , बाढीसँगै लास हरायो

          चुनाव आउँदा म छु भन्थे , कुर्सीका लागि लडिरहेछन्

       दुख पर्दा आँसु पुच्छन् भन्ने , भित्री मनको आश हरायो  ।

प्रकाशित: १७ श्रावण २०७७ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App