१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मातृत्वको रक्षा

मनोवैज्ञानिक कथा

सुनिता खड्का

रचनाको जन्म तराईको मध्यम वर्गीय परिवारमा भएको थियो। चौंथो सन्तान पनि छोरी नै भएकाले छिमेकीले भनेका थिए, ‘ऐ छोरी पो जन्मिछे त।’

यहींबाट सुरु भएको थियो उनको जीवन कथा। तराईको हरियो फाँटमा साथीसँग लुकामारी, गट्टा र भाँडाकुटी खेल्दै बित्यो बालापन। उनको परिवारमा चार दिदीबहिनी र एक भाइ थिए। सबैभन्दा कान्छो भएकाले भाइलाई सबैले माया गर्थे। रचना पनि कान्छी छोरी। उनले गाउँकै स्कुलबाट एसएलसी गरिन्। अनि दिदीहरूसँगै कलेज पढ्न बिर्तामोड गइन् ।  

कलेज जीवनमा पुगेसी बल्ल बुझ्न थालिन् सामाजिक परिवेश, मानव विचार, दृष्टिकोण, भावनात्मक सम्वन्ध र भोगाइहरू। यसले उनलाई परिपक्व बनायो। ज्ञान र सीपले स्वाबलम्बी बनाउन सिकायो।    

दिनहरू बित्दै थिए। एकपछि अर्को गर्दै दिदीहरूको विवाह भयो। उनी साथीसँग बस्न थालिन्। समयको चक्रमा अनुभवहरूले कोल्टे फेर्दै गए। रचनाले स्नातक तहसम्मको पढाइ सकिन् र विश्वविद्यालयमा पढ्न भनेर काठमाडौं आइन्।  

काठमाडौंको चमकदमकले उनलाई तान्यो। स्वाभाविक रूपमा यहाँको जीवनशैलीको प्रभाव प-यो। उनलाई घरबाट आउने पैसाले पढाइ, कोठाभाडा, खाना र अन्य खर्च धान्न समस्या पर्दै गयो। विकल्पका रूपमा उनले कामको खोजी गरिन्।  

सुनिता खड्का

केही समयपछि साथीको सहयोगले एउटा ट्राभल्स एण्ड टुर्स कम्पनीमा काम पाइन्। अनि काम र पढाइलाई सँगै अघि बढाउन थालिन्। काम गर्दा धेरैसँग चिनापर्ची हुँदै गयो। कतिपय साथी बन्दै गए। यस्तैमा एकदिन एक युवकसँग उनको परिचय भयो। तिनको नाम थियो–किशोर।  

बिस्तारै उनीहरूको भेट बाक्लिँदै गयो। उनीहरू एक अर्कालाई मन पराउन थाले। उनी अब अफिस समयभन्दा बाहेकको समय किशोरसंग बिताउन थालिन्। उनीहरू कहिले कता कहिले कता डेटिङमा जान थाले। साँझपख उनको कोठा अगाडिसम्म उनलाई ड्रप गर्न किशोर आउन थाल्यो।  

यसो भनौं, उनीहरू बीचको प्रेम झाँगियो। उनीहरूले सँगै बाँच्ने, सँगै मर्ने कसम खाए।  

किशोर पनि एउटा कम्पनीमा काम गर्थे। उनी परिवारको साथमा बस्थे। प्रेमको लहरामा डोरिँदाडोरिँदै उनीहरू बिहे गर्ने टुंगोमा पुगे। दुवै पक्षको परिवारको सहभागितामा काठमाडौंको गुह्येश्वरी मन्दिरमा उनीहरूको विवाह भयो।  

समयसँगै रचना दुई जिउकी भइन्। एक दिन उनको पेट दुख्यो। ‘आज म कार्यालय आउन सक्दिन’ भनेर जानकारी गराउन उनले फोन गरिन्। ‘रचनाजी तपाईंलाई गाह्रो भएको भए ट्याक्सी चढेर आउनुस्’ भन्दै हाकिमसापले फोन काटिदिए।

किशोरको अंगालोमा आत्मीयता पाइन् उनले। स्वप्नलोकमा डुलेझैं उनीहरूको वैवाहिक जीवन यात्रा अघि बढ्यो। रचनाका लागि किशोर नै सिंगो संसार बन्यो। उनको परिधि साँघुरिँदै गयो। उनले कसैलाई भेटने वा समय दिने फुर्सद नै पाइनन्। विडम्बना! उनका कति योजना बन्दै र हराउँदै गए। तैपनि उनी खुसी बनिन् किनकि उनले मायालु जीवन साथी पाएकी थिइन्।  

नयाँ घर, नयाँ परिवार, व्याबहार, सम्बन्ध, जिम्मेवारी अनि कार्यालय। कहिलेकाहीँ त अत्यासै लाग्थ्यो, उनी एकान्तमा सबै कुरा बिर्सेर सपनाको संसारमा हराउन चाहन्थिन्। झसंग बिउँझेर हेर्दा धेरै कुराले उनलाई पर्खेर बसेको देखिन्। अनि त्यहाँबाट जुरुक्क उठेर पहिलो प्राथमिकताको कुरातर्˚ अघि बढ्नि। उनले घडीतिर पुलुक्क हेरिन्, अहो कार्यालय जान ढिलो भैसकेछ।

हतारहतार उनी घरबाट बाहिर निस्किन्। ‘आज गाडीले कति ढिलो गरेको! अब के गर्ने होला?’, उनलाई छटपटी भयो। उनीसँग कुर्नुभन्दा अर्को विकल्प थिएन। यसरी सडकमा गाडी कुर्दाकुदै घन्टौ बित्यो।  

बल्ल गाडी आयो। त्यसमा चढिन्। तर ठाउँठाउँमा रोक्दै लाँदा भोलि मात्र कार्यालय पुगिएला भने जस्तो भयो। ढिलो भएकाले उनको मन आत्तिएको थियो।    

उनी अबेर कार्यालयमा पुगिन्। त्यहाँ पुग्दा सामुन्नेमा सिंह गर्जेको अनुभव गरिन्। अनि मनमनै ‘भोलिदेखि समयमै आउँछु’ भन्दै भित्र छिर्न मात्र के लागेकी के थिइन्, एउटा आवाजले रोक्यो, ‘कार्यालय सहायक रचनाजी! तपाइँ भित्र सरको कोठामा जानुस् रे!’  

‘हवस’ भन्दै उनले हाकिमसापको ढोका ढक्ढकाइन्।  

‘आउनुस, आजभोलि तपाईं कार्यालयमा ढिलो आउनुहन्छ किन? तपाईंको घरमा केही समस्या छ कि?’, हाकिमका प्रश्न सुन्नेबित्तिकै रचनाको मुख रातो भयो। उनी अक्क न बक्क भइन्।  

एकछिन त निशब्द। अनि मनभरि साहस बटुलेर भनिन्, ‘माफ गर्नुहोला सर! भोलिदेखि म समयमै आउँछु।’

त्यहाँबाट उनी हाजिर गर्न गइन्। कार्यालयका सहकर्मी उनलाई देखेर मुखामुख गर्न थाले। उनीहरूको खासखुस सुनेर अप्ठेरो लाग्यो। उनी चुपचाप आफ्नो मेचमा गएर बसिन्।  

उनको पहिलेको र अहिलेको कार्यक्षमता, समय र निरन्तरताको विषयमा कार्यालय व्यवस्थापनको वैठक बस्यो। त्यहाँ रचनाको विवाह भएकाले अब समय दिन सक्दिनन्। भोलि बच्चा भए पनि लामो बिदा दिनुपर्छ। कार्यालयले दोहोरो लगानी गर्नुपर्छ भन्ने विषयमा छलफल भएछ।  

त्यो कुरा उनले सहकर्मीबाट थाहा पाइन्। कठै भुमरीमा परिन् उनी! उनको मेहेनत र लगनशीलताको कदर गर्नुको साटो उल्टै अपमान पो गरियो।

‘अहँ म मेरो बच्चा दिनभर अरूको भरमा छोड्न सक्दिनँ। उसको मुख सुकेर तड्पिन्छ होला। रुँदै मलाई कति खोज्छ होला! अहँ म त्यो अबोध वालकले आजै पीडा महसुस गरेको सहन सक्दिनँ।’ उनी भावविह्वल बनिन्। छाती भिजेको जस्तो महसुस गरिन् र आफ्नो वक्षस्थलतिर हेरिन्, ‘अहो दूध पो बगिरहेको रैच ।’

त्यही दिनदेखि उनी समयमै कार्यालयमा पुग्न थालिन्। यद्यपि उनको मन खुसी थिएन। उनी बिस्तारै अरूबाट टाढिँदै जान थालिन् र सबैसँग कामभन्दा बाहेकका विषयमा बोल्नै छाडिन्।  

साथीहरूले पनि उनको बदलिँदो स्वभावको विषयमा खासै चासो राखेनन्। रचना झन्झन् एक्लिँदै गइन्। उनले महसुस गरिन् कि संसार स्वार्थी रहेछ! अवसरवादको घर रहेछ।  

समयसँगै उनी दुई जिउकी भइन्। कार्यालय जानेक्रम जारी थियो। यस्तैमा एक दिन उनलाई पेट दुख्यो। ‘आज म कार्यालय आउन सक्दिन’ भनेर जानकारी गराउन फोन गरिन्, ‘हेल्लो सर नमस्कार, आज मलाई गाह्रो भएको छ। त्यसैले आज म कार्यालय आउन सक्दिनँ।’  

‘रचनाजी, तपाईंलाई गाह्रो भएको भए टयाक्सी चढेर आउनुस्’ भन्दै हाकिमसापले फोन काटिदिए। तिनको उत्तर सुनेर उनलाई रिस उठ्नुभन्दा पनि दया लागेर आयो। कति अपरिपक्व हाकिमसंग काम गरकी रैछु भन्ने लाग्यो।  

त्यतिबेला उनलाई महसुस भयो कि त्यहाँ मानवीयता र आत्मीयताको नाताभन्दा पनि हाकिम र कारिन्दाको नाता हावी भएको। उनी सोचमा डुब्दै आफूले कार्यालयप्रति गरेको ब˚ादारिता, दिएको समय र निस्वार्थ भावनाले गरेको कर्मलाई सम्झन थालिन्।  

विवाह पछि थपिएको जिम्मेवारी बहन गर्दागर्दै उनको बच्चा जन्मियो र अर्को जिम्मेवारी थपियो। आमा हुँदाको आनन्द र खुसीले आफूले भोगेका शारिरीक र मानसिक तनाव न्यून भएर गए। तर पनि उनको मनमा शान्ति भएन। कताकता आगामी दिनमा कसरी जिम्मेवारी बहन गर्ने भन्ने डर र चिन्ताले सताउन थाल्यो। मानिसका व्याबहार र आचरण देख्दा उनलाई अचम्म लाग्थ्यो। विडम्वना! त्यही कुरा अरुलाई पर्दा तिल र आफूलाई पर्दा पहाड सम्झनेहरूको भिडमा कहिलेकाहीँ उनलाई मानिसले आफूले पनि त्यही बाटो हिँड्नु पर्छ भन्ने सत्य नै बिर्सिएका हुन् कि भन्ने लाग्थ्यो।  

दुई महिनाको बिदापछि उनी कार्यालयमा पुगिन्। सरासर गएर हाकिमलाई भेटिन्। ‘सर, मेरो बच्चा ६ महिनाको नहुन्जेल आधा दिन मात्र काम गर्छु भनेर यो निवेदन ल्याएकी छु।’  

उनको निवेदन हातमा लिँदै हाकिमसापले भने, ‘यो विषयमा बैठक बसी चाँडै निर्णय दिउँला।’  

केही दिनपछि रचनालाई हाकिमले आफ्नो कार्यकक्षमा बोलाए। ‘हाम्रो कार्यालयमा अरू पनि महिला कर्मचारी छन्। तपाईलाई जस्तै उनीहरूलाई पनि यस्तै सुविधा दिँदा कार्यालयलाई भार पर्छ’, ती निष्ठुरी बने, ‘त्यसैले तपाईको प्रस्ताव पारित गर्न म असमर्थ छु।’  

धन्यवाद सर, तपाईको निर्णयका लागि भन्दै रचना भारी भएको टाउको हल्लाउँदै त्यहाँबाट आफ्नो मेचमा पुगिन्। उनको मनमा अन्तरद्वन्द चल्न थाल्यो काम छोडौ कि बच्चालाई अरूको भरमा छोडौ।’

उनी एक्कासि आत्तिइन्, ‘अहँ म मेरो बच्चा दिनभर अरूको भरमा छोड्न सक्दिनँ। उसको मुख सुकेर तड्पिन्छ होला। रुँदै मलाई कति खोज्छ होला! अहँ म त्यो अबोध बालकले आजै पीडा महसुस गरेको सहन सक्दिनँ। उनी भावविह्वल बनिन्। छाती भिजेको जस्तो महसुस गरिन्। र आफ्नो वक्षस्थलतिर हेरिन्, ‘अहो दूध पो बगिरहेको रैच ।’

हत्तपत्त व्यागबाट कपडा झिकेर उनी शाौचालयतिर गइन्। केहीबेर त्यही कपडामा दूधलाई सोस्न दिइन। अनि कसैले देख्छ कि भनेर सजग हुँदै आफ्नो कुर्सीमा आएर बसिन्। अनि सुरक्षित बालमातृत्व र बालसंरक्षणको नीति बनाउने तहमा बस्ने र कार्यान्वयन गराउने दुवैलाई सम्झिइन्।  

उनी कार्यालय त आउँथिन तर उनको मन आधा दिनदेखि बच्चामै केन्द्रित हुन्थ्यो। मानौं उनको शरीर मात्र कार्यालयमा हुन्थ्यो, मन र सोचचाहिँ बच्चामा पुगिसकेको हुन्थ्यो। कहिले बैठक, कहिले के भन्दै कार्यालय समयभन्दा ढिलो भएको दिन उनको मन निकै आत्तिन्थ्यो। 

‘आज म महिला कर्मचारीको मातृत्व र अस्तित्वमाथि हुने घिनलाग्दो व्यावहारको अन्त्य गर्न चाहन्छु’, उनले जागिर छाड्ने निर्णय गरिन्। अनि जहाँ आफ्नो मातृत्वको कदर हुन्छ त्यहाँ मात्र आफ्नो श्रम बेच्ने निधो गरिन्।   

त्यो बैठकमा के कुरा हुँदैछ त्यतातिर ध्यान केन्द्रित गर्न नसकेर उनलाई छटपटी हुन्थ्यो। स्वास नै रोकिएला जस्तो हुन्थ्यो। उनलाई कार्यालयको वातावरण र साथीहरूको स्वार्थी व्यावहार देखेर दिक्क लाग्न थाल्यो। बिस्तारै उनलाई काममा केन्द्रित हुन गाह्रो पर्न थाल्यो। आफ्नै क्षमतामाथि शंका लाग्न थाल्यो। आशाका किरणमा तुवाँलो लाग्न थाल्यो। अनि हरेकपल्ट आफूले गर्न सक्ने काम पनि गर्न सक्दिनँ जस्तो महसुस हुन थाल्यो।  

न उनलाई अगाडि आएर बोल्न मन लाग्थ्यो न अग्रसर भएर नेतृत्व लिन। सहकर्मीले राम्रै भनेको भए पनि त्यसको आशयचाहिँ व्यंग्य गरेजस्तो लाग्थ्यो। चारैतिरबाट सबैले होच्याए जस्तो लाग्थ्यो। सही काम गर्दा पनि गल्ती भए जस्तो लाग्थ्यो।  

एकदिन उनले कार्यालय कोठाको एउटा कुनामा उभिएर चारैतिर हेरिन्। त्यहाँ मुसा, बिराला र कुकुर उताउता हिँडिरहेको देखिन्। मानौं, ती जनावरले उनैलाई झम्टन खोज्दै छन्!  

अनायासै उनी चिच्याइन्, ‘बस अबचाहिँ पुग्यो मलाई। यस्तो कोलाहलमा बस्नु छैन जहाँ मेरो इमानदारीको कदर, मेहेनतको मूल्याङ्कन र स्वाभिमानको सम्मान छैन। त्यहाँ म एक पल पनि रहन सक्दिनँ।’

यत्तिकैमा बच्चा चिच्याएर रुन्छ। उनी झसंग हुन्छिन् र बच्चालाई च्याप्प समाइन्। यताउता हेर्दै थकित मुद्रामा ‘कस्तो सपना देखेछु’ भन्दै बच्चालाई म्वाइँ खाइन्।  

उनले लामो र गहिरो श्वास लिइन्। र मनमनै प्रण गरिन्, ‘अब मैले विकल्प खोज्नै पर्छ। म बाहिर निस्कनै पर्छ। मैले आफ्नो मातृत्वको रक्षा गर्नै पर्छ। मेरो जस्तै हजारौे कामकाजी नारीका अबोध शिशुहरूको नैसर्गिक अधिकारका विषयमा मैले आवाज उठाउनै पर्छ। म जस्ता कति रचनाहरू विक्षिप्त भएर भीडमा हराएका होलान्! तर म त्यो भीडलाई चिरेर बाहिर सबैले देख्ने ठाउँमा प्रतिविम्बका रूपमा उभिन चाहन्छु।’

उनले आफूलाई प्रकृतिसँग दाँजेर हेरिन्। मानिसले गरेका प्रकृति विनाशको प्रतिक्रियास्वरूप प्रकोप आउँछन्। त्यस्तै समय र परिस्थितिअनुसार नारीले विभिन्न रूपको अवतारसँग दाँजेर हेरिन्।  

‘म प्रकृतिले स्वच्छ मन र स्वस्थ्य मस्तिष्कले सृजना गरेको सुन्दर उपहार हुँ। म आफैंमा स्वतन्त्र प्राणी अनि सृष्टिकर्ता हुँ। त्यसो भए खोई मेरो अस्तित्व?’ यी सबै भावनात्मक कुराले उनलाई आधार, आँट र हिम्मत दिए।  

‘आज म महिला कर्मचारीको मातृत्व र अस्तित्वमाथि हुने घिनलाग्दो व्यावहारको अन्त्य गर्न चाहन्छु’, उनले जागिर छाड्ने निर्णय गरिन्। अनि जहाँ आफ्नो मातृत्वको कदर हुन्छ त्यहाँ मात्र आफ्नो श्रम बेच्ने निधो गरिन्।  

‘म प्रकृतिले स्वच्छ मन र स्वस्थ मस्तिष्कले सृजना गरेको सुन्दर उपहार हुँ। म आफैंमा स्वतन्त्र प्राणी अनि सृष्टिकर्ता हुँ। त्यसो भए खोई मेरो अस्तित्व?’ यी सबै भावनात्मक कुराले उनलाई आधार, आँट र हिम्मत दिए।  

समयसँगै कामको खोजी गर्ने दौरानमा उनी एउटा कार्यालयमा अन्तरवार्ता दिन पुगिन्। त्यहाँ उनले काम गरिरहेको कार्यालय छोड्न लागेका कारण स्पष्ट रूपमा भनिन्। ढुंगा खोज्दा देउता मिलेजस्तै भयो। त्यो कार्यालयले उनका भावनाको सम्मान ग¥यो। राम्रो सेवा र सुविधा पनि दिने भयो।  

आखिर ज्ञान, सीप र क्षमता भएको मानिसलाई अवसरले पर्खिरहेको हुन्छ भनेजस्तै भयो उनलाई। उनले एकपटक पनि नसोची आँखा चिम्लेर अनुबन्धित पत्रमा हस्ताक्षर गरिन् र एक हप्तापछि कार्यालयमा हाजिर हुन आउने गरी बिदा भइन्।

बाहिर निस्केपछि उनले आफूलाई स्वतन्त्र महसुस गरिन्। प्रफुल्ल मुद्रामा घर पुगिन्। त्यो रात उनको मनमा कुराहरू खेलिरहे। भोलि कार्यालयमा गएर राजीनामा दिने र केही कुरा हाकिमलाई नभनी नछाड्ने र सहकर्मीहरूलाई पनि केही भन्ने तयारी मनमनै गरिन्।  

भोलि त्यो कार्यालय छोड्ने दिन। कताकता माया पनि थियो, पहिलो अनुभव गरेको कार्यालय। केके न गर्छु जस्तो सोचेर समय र श्रमको प्रवाह नै नगरी बिदा नभनी गरेका ती दिन आँखामा सम्झनाको छाल बनिरहे।  

उनले आफ्नो बच्चाको अनुहार पढिन्। उसका खुसीहरू बुझिन्। सपनाहरू बुनिन्। उनले एक हप्ता बच्चासँग नितान्त आमा भएर बिताइन्। अनि नयाँ जोश, जाँगर र आत्मबललाई संगठित गर्दै नयाँ कार्यालयमा जान थालिन्।  

त्यहाँ उनले आफ्नै तरीकाले दबाबरहित ढंगमा परिणाममूलक काम गरिन्। चार वर्ष त्यहाँ काम गरेपछि उनी विदेसिइन्। अचेल उनी नर्वेमा बसेर ती दिन सम्झिरहेकी छिन्।  

साँच्चै कहिलेकाहीँ मनले लिएको निर्णयले नयाँ ठाउँ, परिवेश, संगत अनि प्रशासकसंगको सहकार्यले मानिसको जीवनलाई नै कायापलट गरिदिँदो रहेछ!

प्रकाशित: १७ श्रावण २०७७ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App