१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कृषि अभियान्त राईको पुस्तक लोकापर्ण

कृषि अभियान्त जिवनप्रसाद राईको समृद्धिको आधार कृषि पर्यटन अभियानताको देशाटन अनुभव नामक यात्रा संस्करण पुस्तक लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार एवं मदन पुरस्कार बिजेता झमककुमारी घिमिरेबाट उक्त पुस्तक लोकापर्ण गरिएकोे हो । साहित्यकार घिमिरेको घरमा आयोजित कार्यक्रममा पुस्तक लोकापर्ण भएको हो । 

पुस्तक विमोचन गर्नु हुदै वरिष्ठ साहित्यकार घिमिरले नेपालको कृषि पर्यटनको कल्पनालाई जिवन्त राख्न कृषि क्षेत्रको विकासको लागि ठुलो भुमिका खेल्ने बताइन । साथै हाम्रो जिवनसँग जोडिएको कृषि कर्मलाई प्रत्येक मान्छेले आफ्नो जिवनशैली बनाउने हो भने नेपालीहरुको जीवनमा समृद्ध खोज्न टाढा गइराख्नु नपर्ने उनले बताइन । 

त्यस्तै झमक घिमिरे साहित्कार प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईले इच्छा शक्ति भएका यूवाहरु ले केहि गर्न आवश्यक रहेको भन्दै कृषि पर्यटन क्षेत्रमा लाग्नका लागि समृद्धिको आधार पुस्तकले पे्ररणा दिने बताए । लेखक जिवनप्रसाद राईले संमृद्ध नेपाल निमार्णमा कृषि उत्पादन र कृषि पर्यटनको भुमिका बारे खोज गर्ने उद्देश्यले नेपालको ७७ वटै जिल्लाको दुइसय ६६ नगरपालिका ३७९ गाँउपालिको ८ वर्ष भ्रमण गरेको बताए । 

उक्त भ्रमणबाट गरि ७ वटै प्रदेशको बारेमा कुन प्रदेशमा के कस्ता कृषि पर्यटनको व्यवसायिक कृषिको बिकासका लागि कृषि ,पशुपंक्षी, माछा, वनस्पति, जलस्रोत तथा भुगोलमा संभावनाहरुको गहन अध्ययन र बिश्लेषण गरेर पुस्तक तयार पारिएको राइले बताए । लेखक तथा कृषि अभियान्त राईको यो पुस्तक १९औ कृति हो । यस अघि ‘देश किन बन्दैन’, ‘कृषिमा करोडपति’ जस्ता कृतिहरु प्रकाशन गरेका थिए । तस्बिरः पुस्तक लोकापर्ण गर्दै साहित्यकार झमककुमारी घिमिरे र लेखक राई ।

प्रकाशित: ८ श्रावण २०७७ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App