१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सागर लम्सालकाे ‘धोका भो’

हाँस्य कलाकार सागर लम्साल‘बले’ काे मंगलबार  नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘धोका भो’ बोलको गीतमा सागर बिल्कुलै फरक अवतारमा देखिएका छन् । अहिलेसम्म कमेडी तथा डान्सिङ गीतमा काम गर्दै आएका सागरले पहिलो पटक ‘स्याड गीत’मा काम गरेका हुन् ।

भिडियोमा सागर दलित युवाको भूमिकामा प्रस्तुत भएका छन् । दलित भएकै कारण आफ्नो प्रेममा परेको बाधालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागरको जोडीका रुपमा रोशनी कार्की देखिएकी छिन् ।

सागर भिडियोलाई लिएर निकै उत्साहित छन् । यस गीतमा आफूले फरक काम गर्न पाएकाले उत्साहित रहेको सागर बताउँछन् । उनी अहिले म्युजिक भिडियोमा निके व्यस्त देखिन्छन् ।

गीतमा सन्तोष सुनारले शब्द, संगीत तथा स्वर रहेको छ । मनोज बस्नेतको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोका लेखक तथा सहायक निर्देशक राजिव समर हुन् । 

प्रकाशित: १ श्रावण २०७७ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App