१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डेविट शंकरको गीत ‘पिरतीको गुन्द्री’मा सरोज र आश्माको जोडी

गायक डेविड शंकरको नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘पिरतीको गुन्द्री’ बोलको गीत सार्वजनिक भएको हो।  उनलाई गीतमा गायिका विनी श्रेष्ठले साथ दिएकी छिन्।  

भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोलाई ‘कार्टुन क्रुज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।  दिपकराज विश्वकर्माको संगीत रहेको गीतलाई विष्णु बिरही श्रेष्ठले शब्द लेखेका हुन् ।

युवराज वाइवाको  निर्देशन गरेको भिडियोमा  उत्सव दाहालको छायंकन र विकास दाहालको सम्पादन छ। यसअघि डेविटले ‘पहिलो नम्बरमा’ ‘घिन घिन मादल’, ‘सल्लेरीको बन’,‘सलल बगेको पानी’ जस्ता चर्चित गीत गाईसकेका छन्।   

प्रकाशित: १ श्रावण २०७७ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App