११ आश्विन २०७७ आइतबार

डेविट शंकरको गीत ‘पिरतीको गुन्द्री’मा सरोज र आश्माको जोडी

भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। भिडियोलाई ‘कार्टुन क्रुज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। दिपकराज विश्वकर्माको संगीत रहेको गीतलाई विष्णु बिरही श्रेष्ठले शब्द लेखेका हुन् ।

‘अडासियस अमिकेबल’ अर्थात् साहसी र आत्मीय यात्रा

मानिसको एक जोडी स्वतन्त्र उडिरहेका छन्। उनीहरूको नजिकै पूर्ण आकारको जून छ, ठीकअगाडि मयुर। उनीहरू मुनि माछाहरू आनन्दपूर्वक पौडिएझैँ देखिन्छन्, वरपर फूल फुलिरहेछन्।

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

नेपाल चिनाउने बेलायती जोडी

सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पतिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूतै हुन् । भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजाने तयारी गरेकाे बताए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताएकाे छ।

अभिषेक र ऐश्वर्या ८ वर्षपछि फिल्ममा जोडी बाध्दै

अभिषेक बच्चन र ऐश्वर्या रायको जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिने भएको छ। रियल लाइफमै दम्पत्ती रहेको यो जोडी ८ वर्षपछि अनुराग कश्यपको ‘गुलाब–जामुन’मा पर्दामा एकसाथ देखिन लागेको हो।

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो। जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो। जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो। ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई।

ईर्ष्यालाग्दो जोडी

यो जोडी व्यवसायमा सफलता त पाएको छ नै सामाजिक रुपमा उत्तिकै परिचित छ। आर्थिक पक्षलाई भन्दा सामाजिक प्रतिष्ठानलाई दुबैले महत्व दिएका छन्। इज्जत खोजेर पाइँदैन भन्ने दुबैको मान्यता छ।

भ्यानगग रुचाउने रोमियो एन्ड मुना जोडी

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को सन् २०१२ को संस्करण विजेता सृष्टि श्रेष्ठ पेन्टिङकी पारखी हैनन् । तर उनले जीवनमा थुप्रै पेन्टिङ गरेकी छिन् तर सबैजसो स्कुल टिचरको कुटाइबाट बच्न ।

यौनधन्दामा संलग्न २ जोडी होटलबाट पक्राउ

अवैध यौन धन्दा चलाएको आरोपमा उदयपुर सदरमुकाम गाईघाटस्थित एक होटलबाट २ जोडी पक्राउ परेका छन्। गाईघाट सेतापुलस्थित ‘हाम्रो होटल’मा यौनधन्दामा संलग्न भएको रंगेहात फेला पारेर सप्तरी घर बताउने ४२ वर्षीय इनामुल हक र सप्तरीकै १ महिला तथा बेलका नगरपालिका ठेगाना बताउने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी ।

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ।

जितेन्द्र र सन्तोषको जोडीलाई स्वर्ण

जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले अनिल शाही र प्रदीप खड्काको जोडीलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष युगलमा शुक्रबार उपाधि जितेका छन्।

निराजन र मरिष्का ‘प्रेमालय’ जोडी

विदेशमा बस्ने छोरा बुहारी र उनीहरुलाई आमाबाबुले गर्ने प्रेमका विषयमा नयाँ फिल्म ‘प्रेमालय’ निर्माण हुने भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मको घोषणा गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्