६ चैत्र २०८० मंगलबार
कला

‘सहाना प्रधानः नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व’ पुस्तक विमोचन

‘सहाना प्रधानः नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व’ नामक पुस्तक आज विमोचन गरिएको छ । नेपालको वामपन्थी आन्दोलन र महिला आन्दोलनकी अग्रणी नेता स्वर्गीय सहाना प्रधानले महिला अधिकार स्थापनाका लागि गरेको योगदान र संघर्ष बारे समावेश पुस्तक नेकपाका उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले जुममार्फत विमोचन गरे ।

पुस्तक विमोचन गर्दै उपाध्यक्ष गौतमले नेपाली कम्युनिस्ट आन्दोलनको अग्रणी नेता सहाना प्रधानले डोर्याएको बाटोमा आफू सदैव लाग्ने प्रतिवद्धता गरे । महिला आन्दोलन र वामपन्थी आन्दोलनकी अगुवा स्वर्गीय प्रधानको भूमिका र योगदान भावी पुस्ताका लागि समेत अनुकरणीय रहेको भन्दै उपाध्यक्ष गौतमले सहानाजस्ता निडर र साहसीक योद्धाहरुको संघर्षको मुल्यांकन गर्नु पर्नेमा जोड दिए ।

पुस्तकको प्रकाशक ‘सहाना प्रधान प्रतिष्ठानुकी अध्यक्ष तथा सांसद रामकुमारी झाँक्रीले महिलाको इतिहासको कदर गर्ने संस्कारको विकास गर्न र राजनीतिक तथा सामाजिक आन्दोलनकी अग्रणी सहानाको योगदानको सम्मान गर्न यो पुस्तक प्रकाशन गरिएको बताइन्।

अध्यक्ष झाँक्रीले प्रतिष्ठानले आगामी दिनमा स्वर्गीय प्रधानले गरेका साहसीक कामहरुको दस्तावेजीकरण गर्ने र खोज अनुसन्धान गर्दै जाने पनि बताइन् । सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठले सहाना प्रधान देशका लागि ठूलो व्यक्ति भए पनि आफ्नो लागि केवल आमा भएको भन्दै आमाले दिएको असल संस्कार नै आफ्नो लागि ठूलो सम्पत्ती भएको बताए ।

कार्यक्रमका अतिथि गोपाल खनालले सहानाजस्ता कर्मठ महिलाको इतिहासलाई पुस्तान्तरण गर्नु पर्ने आवश्यकता रहेको बताए । पुस्तकमा नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनमा सहाना प्रधानले गरेको कठोर संघर्ष र योगदान बारे २७ जना लेखकका विचार समावेश गरिएको पुस्तकका सम्पादक लोग्शरी कुँवरले बताइन्।

प्रकाशक सहाना प्रधान प्रतिष्ठानकी महासचिव कला राईले विमोचन कार्यक्रममा लेखक, अधिकारकर्मीलगायत सहभागीले स्वर्गीय प्रधानका कामहरुको चर्चा गरेको बताइन् । उनले बन्दाबन्दी खुलेलगत्तै पुस्तक बजारमा पठाइने जानकारी दिइन्। 

प्रकाशित: २७ असार २०७७ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App