३१ श्रावण २०७७ शनिबार
कला

क्रन्दनपूर्ण सुहागरात

कथा

विवाहको पहिलो रात अर्थात् सुहागरात। दिनभरको वैवाहिक समारोहबाट क्लान्त भएको शरीरलाई अस्वभाविक निन्द्रामा पल्टाइएको रात। कुकुरहरू पनि भुक्दाभुक्दै निन्द्राले लोथ भएर अल्पस सयन गरेको रात। चराचुरुङ्गी पनि आआफ्ना हाँगाहुँगीमा, गुँड टोड्काको उष्णतामा पल्टिएको रात। सबै प्रजातिका पशु चौपाया निन्द्रामै ओक्राउँदै गरेको रात। हो, मत्र्यलोक गहिरो निन्द्रामा भासिएको रात। त्यो तमोमय र सुनसान रात।

त्यो रातको मध्य प्रहरमा शहरको मध्य भागमा अवस्थित एक निकेतनमा नवविवाहित जोडी जागै देखिन्छ। जागै नहोस् पनि कसरी? विवाहको पहिलो रातमा। एक अर्कामा नजिकिएको पनि कसैले अनुभूति गर्न नसक्ने गरी उनीहरू नजिकिएका थिए, त्यो दिनको तेस्रो प्रहरदेखि अर्थात् उनीहरूसँगै भएदेखि। कृत्रिम उज्यालो पनि लोप भएको त्यो प्रणयकक्षमा उत्तापिलो फरक अनुभूतिगम्य झड्काबाट होसमा आउनेबित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुँडुलिन्छ। त्यो भएसँगै मनमाया आत्तिएर जुरुक्क उठ्छे। रमेश अलिक पछि सर्छ र निदाउने बल गर्छ। यहि मौकामा मनमाया रमेशलाई अलङ्ग्य आनन्दमा प्रथम कामवासनाबाट किन्चित तृप्त भएकै बेला सुकमोल र सुवासयुक्त बिछयौना छोडेर फुत्त निस्किन्छे सुहागकक्षबाहिर।

मनमायाले आफ्नो आकाशगंगाजस्तै बाहिरको वातावरण त मिस्त्रीपूर्ण देख्छे। अँध्यारो छरिएर झ्याल, ढोका, भ-याङ, झस्केलो, आँगन, बाटो सबैसबै पुरिएको देख्छे। गहिरो घाउ लागेर खुट्टो खोच्याउँदै हिँड्ने कुनै सानो जातको चरीजस्तै ऊ मध्य रातमा त्यो कामधि पतिबाट मोचन पाउन चाहान्छे। तर के यो एकै रातमा सम्भव छ र? मनमाया तत्क्षणको थङथिलो अवस्थाबाट मुक्त हुनुभन्दा पनि एकै रात दोस्रो, तेस्रो, चौथो लगातार हुँदै जाने भयंकर सम्भोगबाट भयभित छे।

यदि मनमायालाई त्यस रातबाट मोचन मिल्यो भने उसको त्यस रातमा पाएको सफलता जीवनभरकै कठिन र चुनौतीपूर्ण कार्यमा पाएको सफलता सरह लाग्नेछ।

पतिको जहडि कामन्धबाट मुक्ति पाउन मनमायाले पथ्य समय आजै, अहिल्यै त्यही मध्य रात ठहराएकी छे। रमेशको शरीरले झन् मात्तिएर बेहोसी शैलीमा स्पर्श गर्नुभन्दा पहिल्यै ऊ अनेक ताडन सहेर उठेकी छे। रमेशको आँखा छलेझैँ गरेर। तर, यो त मनमायालाई लागेको जीवनको फरक तर प्रथम डर न हो।

अन्धकारमा निष्प्रभ बनी पाइला चाल्दै जाँदा उसको मनमा काकताली एक स्त्री वाणी गुन्जिन्छ, ‘मनमाया,  ए मनमाया, सबै निम्तालु वा आमन्त्रित गुन्डकहरू सुतिरहेकै बेला आँखा छलेर सुइँकुच्चा ठोक, यस्तो अलङ्ग्य आर्तबाट मुक्ति पाउन जोगामेसो पहिल्याइहाल त।’  

गहिरो घाउ लागेर खुट्टो खोच्याउँदै हिँड्ने कुनै सानो जातको चरीजस्तै ऊ मध्य रातमा त्यो कामधि पतिबाट मोचन पाउन चाहान्छे। तर के यो एकै रातमा सम्भव छ र? मनमाया तत्क्षणको थङथिलो अवस्थाबाट मुक्त हुनुभन्दा पनि एकै रात दोस्रो, तेस्रो, चौथो लगातार हुँदै जाने भयंकर सम्भोगबाट भयभित छे।

त्यो स्त्री वाणी उसको मथिङ्गलमा गुन्जिएपश्चात मनमाया रमेशको फुकाफाल विसम्भारबाट अमलेख मिलोस् भन्दै हत्तपत्त फाकटमा पुगी विलय हुन चाहन्छे। मध्यरातमा टल्कने किन्चित असरल्ल छरिएका स्वेत चीज वा वस्तुहरूले उसको गन्तव्यलाई थोरै भए पनि कान्ति दिन्छन। तर, नयाँ घरमा तत्क्षण कहाँ सजिलो हुन्छ र त्यहाँबाट भाग्न?

ऊ चकमन्नतामा बिस्तारै अन्तचक्षु लगाउँदै थरथर कामेका हातले अन्दाजमा पर्खाल छाम्दै भ-याङमा पुग्छे।

त्यस्तो तमोमय र श्रृंगारीका रातमा मनमायाको चर्तिकला देखेर रमेश छक्क मात्र हुँदैन, ऊ त नवविवाहित पत्नीको खोजपूर्ण आत्माखेवार देखेर गमक्क पनि पर्छ। रमेश हत्तपत्त भनिहाल्छ, ‘सोधेको भए त भैहाल्थ्यो नि ।’

रमेश नजिकै पुगेर मनमायालाई शौचालय देखाउँछ। माया झस्किन्छे उसलाई देखेर। ऊ अचानक तर्सिन पनि पुग्छे रमेशको हातले आफ्नो थर्थराउँदो कायलाई समाएको देखेर। रमेशको हातले कम्पित काय थाहा पाउँछ कि भन्दै डराउँछे एकछिन। उसले रमेशको हात दायाँ अँगालोबाट फुत्त झारिदिन्छे र ट्वाल्ल हेरिरहन्छे, कतैतिर।

‘हिँड् मनमाया’ रमेश उसलाई स्नेहार्द तान्दै कोठातिर लान खोज्छ तर मनमया शौचालय जाने चाहना भएको बताउँछे। फलस्वरूप रमेशले उसलाई हातले डोहो-याउँदै शौचालय पुरयाउँछ र बत्ती बालिदिन्छ। मनमाया उपरत मुहारका साथ शौचालयभित्र पसी लामो चीत्कार छाड्छे।

त्यस रात रमेशको भयंकर ईसिप्ततालाई मनमायाको शारीरिक उत्तापले खलल पुरयाउँछ। खलल त के भन्नु? रमेश पनि त नवपत्नीसँग कहाँ स्थुल भएर बस्न सक्छ र? उसले चालेको पाहिला हर परपुरुषले आफ्नी अंगनालाई गर्ने फुकाफाल वा निशाचार कार्यजस्तै न हो जुन सबैभन्दा चरम आन्नददायी हुन जान्छ। सँगै जिउने र सँगै मर्ने कसम खाएको सम्झदै उसले पछ्याएको न हो मध्य रातमा। रमेशलाई निन्द्रा लागेको हुँदै हुँदैन नव श्रीमतीको क्रन्धन देखेर। उसको अनाविष्ट अकामन्ध शैली देखेर। उसको भयावयता र निश्फिक्रीता देखेर। अनाकर्षणता देखेर।

दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ ऊ। त्यही भएर पनि उभित्र उभित्र कामन्धहरू अस्मेल हुन्डरी बनेर आउँछ। तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस्?

त्यसपछि रमेश उत्तेजित हुँदै मध्यरातमा मनमायाको पर्खाइमा छटपटाइरहन्छ। ऊ उभिएर यताउता गर्छ, गरिरहन्छ। रमेशको पहिलो गमन अर्धतृप्तिमा त्यतिकै सकिन्छ। रातको पहिलो प्रहरमा मनमायाको चिच्याहटले रमेशभित्र पनि आतेश जाग्छ। यद्यपि सुहागरात भएकाले ऊ पनि पछि हट्न मनै गर्दैन। नवपत्नीको आगमनलाई अटुट कुरिरहन्छ ऊ अँध्यारो प्रणयकक्षमा। रमेश पहिलोचोटिको मनमायाको नाऊम्मेद देखेर ऊ सम्हालिन्छ मात्र। तर अब त्यो दुरान मनमायाले खलल नगरोस् भन्ने चाहन्छ। मधुपवनमा प्लवित भएर उभय अमरपुर पुगौँ भन्ने चहान्छ।

सुहागरातमा हरपुरुषले नव प्रणयनीसँग गर्न सक्ने जुनसुकै काम ईसिप्त गरेझैँ ऊ पनि निकै आतुश छ। दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा छक्कापन्जा गर्न नजान्ने सरल र शिष्ट केटो भएको बुझिन्छ ऊ। त्यही भएर पनि उभित्र उभित्र कामन्धहरू अस्मेल हुन्डरी बनेर आउँछ। तर, त्यो कुरा मनमायालाई कसरी थाहा होस्?

मनमाया धेरै दहकस मान्दै विस्तारा चढ्छे, पुच्छरबाट। ऊ आफ्नो पतिलाई छोइएलाझैँ गरेर लुसुक्क चढ्छे। ऊ भयभित भएकी छे, आक्रान्त भएकी छे रमेशको आवृत झम्टाइबाट।

मध्यरातसम्म अर्थात् रातको एक बजेसम्म मनमायाको आँखा टोलाइरहेकै हुन्छन। उसले पतिलाई नियालेर हेर्छे। मनमाया पति निदाओस् भन्ने चाहन्छे। तर, रमेशलाई ओछ्यानमाथि चलायमान भइरहेको पाउँछे। बिस्तारै मनमायाले आफ्नो शरीर ओछ्यानमा फालिदिन्छे, पहिलेभन्दा होसियार बनेर। निकै शिथिल र मरेसमान हुन्छ उसलाई ओछयानमा लमतन्न हुँदा।

किशोरावस्था टेकेपछि मनमाया पनि कुनै परपुरुषसँग सुतेको यो पहिलोचोटि हो। मनमाया सुत्नेबित्तिकै रमेश छटपट छटपट गर्न शुरू गर्छ। एक्कासि रमेशको आविष्ट परिणाम उसको अस्तिर हाततिर देखिन्छ। उसले आफ्नो दायाँ हात सुस्तरी मनमायाको नितम्बमा पुर्याउँछ। मनमाया रमेशको हात बेजोडले झट्कार्छे। सँगसँगै मनमाया नराम्रोसँग पनि तर्सिन्छे। उभित्र झन् फेरि त्रासले पिङ खेल्न थाल्छ। रमेशको लिँडे ढिपीले मनमायालाई पलापला जिउँदो बनाइरहन्छ।

यस्तो असहनशील र असीमित दुखाइमा मनमायाले छदम गर्दै बरु भनोस् न नव पतिलाई, ‘हजुर म भर्खर रजवती भएको  छु ।’ फेरि सार्है लजालु मनमायाले कसरी पो मिथ्या बोलोस् र त्यस्तो लज्जास्पद कुरो नव पतिलाई ? ‘ओहो ! त्यो त भोलि बिहान भित्रबाहिर गर्द गर्दा उसलाई थाहा भैहाल्छ नि।’, उसले सोच्न पुगि। त्यो क्षण मनमायाको मनले छद्मभेष गर्न मानेन। पटक्कै मानेन।

रमेश त्यसपछि मात्र चखमा पर्छ। ऊ मनमायाको नकार्यताले फजित हुँदै भन्छ, ‘मनमाया तिमी लाज नमान, म पति हुँ तिम्रो।’ पतिको अविरल आग्रह उसले सुनिरहेकै हुन्छे। तर, तल्लो पेट दुखेर ऊ फेरि फतक्कै हुन्छे। मनमाया प्रतिउतर दिन नसक्ने गरी निर्वाकताको स्थितिमा गुज्रिरहेकी हुन्छे।

अध्यारो प्रणयकक्षमा यदि कुनै आलोक हुन्थ्यो त पतिले पत्नीको अमर्षी मुहार हेरेरै पत्ता लगाउँथ्यो कि मनमाया फिराद गरिरहेकी छे। उसलाई घनघोर आर्तले थिचेको छ, वा मनमाया सामान्य अवस्थामा छँदै छैन।

मनमायाको अटुट जिउँदोपन र रमेशको ताकछोपले रातको तीन बजिसकेको हुन्छ। यसबीचमा मनमायाले ठूलो यन्त्रणा सहनुपरयो। रमेश फेरि जोड गर्छ,  मनमाया, ए मनमाया, आज हाम्रो सुहागरात पो त। ऊ सुस्तरी उसका हात मनमायाको बदनतिर पु-याउँछ। तर, रमेशलाई उसको हातले उसको त्यो तुगं स्तन स्पर्श गर्न निकै कठिन पर्छ। मनमायाले आफ्नो शरीरलाई एक बर्कोले बेरिसकेकी हुन्छे जुन रमेशमाथि ढाकिएको हुन्छ, आफू निश्चिन्त भई निदाउनुअघि नै। रमेश पुन चलायमान बन्न पुग्छ। ऊ मात्तिएर बर्कोलाई पन्छाउने चेष्टा गर्छ। जब रमेशभित्रको चाहना सम्हाल्न नसक्ने हुँदै कामकलोलको शुरुवाती अवस्थामा पुग्छ, मनमाया अल्पस तन्द्राबाट झसंग बिउँझिन्छे।

उसले आफ्नो श्रीमानलाई आफूमाथि कामक्रीडाको तरखरमा पाउँछे। बल्लबल्ल गलेर शिथिल भएकी मनमायाले आफ्नो शरीर एक झमक निदाउन मात्र के पाएकी थिई, श्रीमानको कामवानले उसलाई बिउँझाँइहाल्छ। परिणामस्वरूप काममोहित श्रीमानलाई उसले आत्तिदै भनिदिन्छे, ‘हजुर आज गारो भएको छ।’

मनमायाको कुरा सुनेर रमेश फगत एक औँल पछि सरेजस्तो मात्र गर्छ, मनमायाको केही समयपछिको निनादिले। मनमायाको कष्टपूर्ण र अरुचिपूर्ण अभिव्यक्तिले।

त्यतिखेरै बाँस झ्याङमा चराचुरुङ्गी चाइँचाइँचुइँचुइँ गर्न थाल्छन्। भालेहरूले अनवरत जोडले डाक छाड्छन। कुकुरहरू भुक्न थाल्छन्। प्रणयकक्षबाहिर कल्याङमल्याङ पनि सुनिन्छ। मनमाया भन्छे ,‘बल्ल बिहान भएछ ।’  

पछि फेरि कुन तुसले हो त्यस्तो बनाएको रमेशलाई, उसले मनमायालाई जिस्क्याएर स्नेहरूपी वाण पस्कन्छ, ‘तिमी त मेरो पत्नी भइसकेकी छौ हिजोबाट।’ उच्चारित ‘पत्नी ‘शब्दले मनमायालाई मनभित्र हलचल ल्याइदिन्छ। यस्तो हलचल कि मानौ ऊ अब पुरुषार्थमा भाँजा हाल्ने काम पटक्कै गर्नेछैन।

उसले सोच्न पुग्छे, स्वास्नी मानिस भनेको पतिको सुखको सहायक हुनु रहेछ। हँ, अ। मेरो स्त्रीयोचित गुण। रमेश जोड गर्छ, गरिरहन्छ। रमेशको गौराङ्गी रमणीको मौनता र निर्भीकताको स्थितिले उसको चाला झन् चुलिएर जान्छ।

मनमाया प्रतिकथन गर्ने अवस्थामा हुन्न त्यहाँ। अब रमेश मातिन्छ मनमायाको मौनताले। मातिरहन्छ लगातार। कामवासनाको बहानामा उडिरहन्छ ऊ मनमौजी बनेर उडाइका अनेक शील्पहरू प्रयोग गर्ने चेष्टा गर्दै।

जब त्यो यात्राबाट दुवैलाई क्षणभुंगुर चरम सुख प्राप्ति हुन्छ तब त्यहाँ रमेश अआविष्ट यात्रामा आफूलाई पाउँछ र नाउम्मेद देखिन्छ। यतातिर भने मनमायाको शल्लकभित्र असह्य दुखाइको क्लेद झन्झन् चुलिदै जान्छ। यो चालाले मनमाया मरेजस्तै हुन्छे। मनमाया आफूलाई निफर र कान्तिहीनतामा पुगेको महसुस गर्न थाल्छे। उसले आफूलाई अस्पतालको शइयामा कुनै रोगसँग पौठेजोरी गर्दै छटपटाइरहेको स्थितिमा पाउँछे। आफूलाई उत्खण्डित भएको पाउँछे। आफ्नो सौम्य कुमारीत्वलाई स्कन्दित भएको पाउँछे। ऊ अपरिम्य दुखाइ र चोटले आँसुका ढिक्का खसाउन थाल्छे।  

उसले निस्वरमा उच्चारित गर्ने शब्द हुन आउँछ ‘आमा’ऊ लमतन्न आफ्नो शरीरलाई आधा पल्टाएर क्षितिजतिर गौर गर्दै आँखा मिच्छे। त्यस दिनको पहिलो सूर्योदयले उसलाई पुलुक्क चिहाएजस्तो गर्छ। ऊ गम्न पुग्छे, ‘नसुती बिहान भएछ।’  

त्यतिखेरै, त्यतिखेरै बाँस झ्याङमा चराचुरुङ्गी चाइँचाइँचुइँचुइँ गर्न थाल्छन्। भालेहरूले अनवरत जोडले डाक छाड्छन। कुकुरहरू भुक्न थाल्छन्। प्रणयकक्षबाहिर कल्याङमल्याङ पनि सुनिन्छ। मनमाया भन्छे ,‘बल्ल बिहान भएछ ।’  

त्यसपछि ऊ हत्तपताउँदै लाला कपडा परिधान गर्छे र बाहिर निस्कन्छे।

प्रकाशित: २० असार २०७७ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App