२३ असार २०७७ मंगलबार
कला

सुहागरात

कथा

दिला शाह

आज मायाको मुटु बेस्सरी ढुकढुक गरिरहेको छ। उसलाई आफ्नो जीवन सपना जस्तै लागिरहेको छ। रातो साडीमा सजिएकी मायाका ठूल्ठूला गाजलु आँखामा मदहोसी मात थियो। जुम्लाका चक्लेटी स्याउजस्तै रसिला र स्वादिला उसका ओठ थर्थराइरहेका थिए। यौवनले फक्रक्क फक्रेझै सर्वगुण सम्पन्न परी जस्ती मायालाई जीवनको अभिन्न अंग बनाउन सुवासले पनि कम संघर्ष गरेको थिएन। दुवै एक अर्कालाई पाएकामा अत्यन्तै खुसी थिए।  

सुवासले मायालाई आफूतिर तान्यो र निधारमा चुम्बन ग¥यो। माया लज्जावती झारझैं खुम्चिँदै गई। त्यसैत्यसै मदहोस भएकी माया बेहोसजस्तै भएकी थिई। जतनले सम्हालेर राखेको सुकोमल शरीरमा पहिलोपटक कोही बलियो युवकले अँगाल्दाको अनुभूति उसलाई स्वर्गीय लाग्यो। हजारौं भोल्टेजको करेन्ट लागेझै उसको शरीरका नशा तरंगित भइरहेका थिए। माया आफू, आफू रहिन। सबै सुवासमा समाहित हुँदै थिई।

पहिलो पटक कोही बलियो युवकले अँगाल्दाको अनुभूति उसलाई स्वर्गीय लाग्यो। हजारौं भोल्टेजको करेन्ट लागेझै उसको शरीरका नशा तरंगित भइरहेका थिए। माया आफू, आफू रहिन। सबै सुवासमा समाहित हुँदैथिई।

घुम्टो उठाएर चुम्बन गरेपछि मायालाई एकटक हेरेर भन्यो, ‘म आज धेरै खुसी छु। मेरो जीवन पूर्ण भएको छ। तिमीलाई पाउन मैले धेरै संघर्ष र कष्ट भोगेको छु। अधुरो थिएँ। अब पूरा भएको छु।’

मायाको लाजले निहुरिएको चिउँडो उचाल्दै भन्यो, ‘ल अब आँखा बन्द गर!’  

मायाले त्यसैगरी। सुवासले मायालाई जुरुक्क उठाएर फूलैफूलले सजाएको ठूलो किङ साइज बेडमा बसायो र भन्यो, ‘अब आँखा नखोलेरै हात थाप म तिमीलाई यो सुहागरातभन्दा पहिले उपहार दिन्छु।’

माया मुस्कुराई र आँखा बन्दै राखेर हात अगाडि बढाई। सुवासले आँखा बन्द गरेर बसेकी मायालाई सुटुक्क चियायो। आकासको उज्यालो चन्द्रमा आफ्नो विस्तारामा उत्रिएर आएझै कल्पना ग¥यो। र गद्गदाइरह्यो। आँखा बन्द गरेर बसेकी मायाले ‘कतिबेलासम्म आँखा बन्द गरूँ हजुर’ भनेपछि पो बल्ल सम्झियो र उपहारको पोको मायाका सुकोमल हातमा राखिदिँदै भन्यो ‘अब आँखा खोल।’  

मायाले मुस्कुराउँदै आँखा खोली।  

सुवासले भन्यो, ‘उपहार खोलेर हेर न।’  

रातो भुइँभरि सेता सितरा छरिएको जस्तो सुन्दर पेपरमा बेरिएको उपहारको पोको खोल्दै गर्दा मायाका आँखा चार भएका थिए। कौतुहलताले बेचैनी मच्चाएको थियो। उसका हात लरबराएका थिए। सुवास भने वर्षौंको काकाकुल प्यासी जस्तो उसलाई एकनास नियालिरहेको थियो।

पोको खोलिसकेपछि माया त दंग परिन्। त्यो त दिउँसो आउँदा बोकेको सानो ब्याग पो रहेछ। अचम्म मानेर मायाले सुवासतिर हेरी। सुवास मुस्कुरायो, ‘ल अब ब्यागको चेन खोलेर हेर।’  

मायाले ब्यागको चेन खोलेर हेरी। भित्र त उसैका झुम्का थियो। पायल थियो। हातको बाला थियो। सिक्री थियो अनि दसैंतिहारमा टीकादक्षिणा गरेर सम्हालेर राखेका उसैले दिएका उसैका पैसा थिए। माया अवाक् भई। भावुक भई। नजिकै रहेको सुवासलाई अँगालो हालेर उसको छातीमा घुँक्कघुक्क रुन थाली। उसले कल्पना पनि नगरेको खुसी पाउँदा मनलाई सम्हाल्न सकिनँ। धेरैबेरपछि भनी, ‘मलाई त लागेको थियो यी सबै कुरा हजुरले जुवामा फाल्नुभयो तर कसरी यस्तो भयो?’  

सुवासले मायालाई फेरि चुम्बन गर्दै भन्यो, ‘धत् लाटी, म त्यस्तो जुवाडे काँ हुँ त! यो त तिमीलाई पाउनका लागि पो गरेको त! म जुवा खेल्न त के जुवालाई हात पनि लगाउँदिन।’

मायाले जिज्ञासु पारामा सुवासलाई सोधेकी थिई। सुवासले मायालाई फेरि चुम्बन गर्दै भन्यो, ‘धत् लाटी म त्यस्तो जुवाडे काँ हुँ त! यो त तिमीलाई पाउन पो गरेको त! म जुवा खेल्न त के जुवालाई हात पनि लगाउँदिन। हेर, म कति दुःख गरेर पढेबढेको मान्छे हुँ। नियतिवश बाल्यकालमै त्यो गाउँबाट तिमीलाई छोडेर आउनुप¥यो। यता आएको एक बर्षमै आमाले छाडेर जानुभयो। बुवा एक्लो हुनुभयो। म आमाबिनाको टुहुरो भएँ। बुवाले मेरा लागि धेरै दुःख उठाउनुभएको छ। बुवाका पैतालाका डोबहरू पछ्याउँदै मैले पनि कति दुःखका पहाडलाई कुल्चेको छु। त्यो मलाई मात्रै थाहा छ। धेरै संघर्ष गर्दै पढेर विदेश गएँ। विदेशमा पाँच वर्ष बसें। बीचमा एकदुई पटक आएँ। फेरि गएँ। त्यतिबेला तिमीलाई खूब सम्झन्थें तर पनि तिमीलाई भेट्न सकिनँ। मात्र देउरालीका भगवानसँग भनेको थिएँ, हे भगवान्, मेरी मायालाई मेरै लागि सम्हालेर राखिदिनुहोला। भग्वानले  सुन्नुभयो। अब भोलि दुवै जना भएर देउरालीका भगवानलाई दर्शन गर्न जाऔंला।’  

मायाका गाजलु आँखाबाट आँसुको धारा बगिरहेका थिए। गाजल आँखाभरि, कोमल गालाभरि पोतिएको थियो।

सुवासले मायालाई फेरि हे¥यो र हाँस्यो अनि आँसु पुछिदिँदै सोध्यो, ‘किन रोएकी ? तिम्रो गाजल सबै पोखिएछ आँखाबाट।’  

गाजल पोतिएको मायाको अनुहार पनि सुवासलाई सुन्दर लाग्यो। नीलो आकाशमा कालो बादलले अनेकौं चित्र कोरेजस्तो।

सुवास जुरुक्क उठ्यो। नजिकै रहेको दराज खोल्यो र आसमानी कलरको सानो चुनरी देखाएर भन्यो, ‘हेर आजभन्दा उन्नाइस वर्ष पहिले तिमी छ वर्षकी थियौं। म सात वर्षको थिएँ। तिमी र म त्यो गाउँबाट छुट्टिदा तिमीले मलाई दिएकी थियौं। यो तिम्रो चिनो मसँगै थियो। यसैको सहारामा आज म यहाँसम्म पुगेको छु। मायाको जीवनमा धेरै खुसी एकैपटक बर्सिएका थिए। सुवासले एउटा ठूलो सुटकेस खोल्यो जसबाट मरुन कलरको सुन्दर नाइट ड्रेस निकाल्यो र भन्यो, ‘तिमी बाथरुममा गएर यो ड्रेस चेन्ज गरेर आऊ । अब रुने हैन प्यारी खुसी हुने पो हो त !’  

सुवासले मायाका गरगहना खोलिदिन सघायो। साडी खोल्दै गर्दा लाजले रातोपिरो भएकी मायालाई सम्झाउँदै भन्यो, ‘भयो नलजाऊ प्यारी ! अब तिमी मेरो, म तिम्रो। जन्मौंजन्म हामी साथै हुनेछौं। यो तनमन सबै एक अर्काका लागि हो। बराबर हो । मलाई केही हतार छैन। तिमीलाई यति छिट्टै उपभोग गरूँ प्यास मेटुँ, यस्तो सोच्दिन। आज त रातभर कुरा गर्नुछ। तिमीसँग तिमीलाई धेरै माया गर्नु छ।’

ब्लाउजका टाँक खोल्दै गर्दा मायालाई मुखै कता लुकाऊँ जस्तो लाज लाग्यो। नारीको गहना हुन् लाजका अवयवहरू बाफ रे! उसलाई लाज र सरमले छपक्कै छोप्यो। फेरि आफैंलाई सम्हाली, आखिर नारीले पतिसामु त नांगिनु नै पर्छ। आमाले नांगै जन्माउनु हुन्छ। आमाले जीवन दिनुहुन्छ। दस धारा दूध पिलाउनुहुन्छ। अनेकौं दुखकष्ट सहेर पनि सन्तानका लागि मुस्कुराउनु हुन्छ। यो सृष्टिको नियम हो। पुरुषको बलियो छातीले महिलाका लाजका यी सुन्दर गहना र सिंगै जीवनलाई नै छोपेर राख्छन्। सम्हालेर राख्छन्। माया गरेर राख्छन् अनि सिर्जनाको बीज रोप्छन् र हराभरा बनाउँछन्। त्यही त एउटा नारीलाई पुरुष चाहिन्छ। पुरुषलाई नारी। अब के लाज मान्नु? ऊ मनलाई सम्हाल्न खोज्छे। तैपनि लाजका गुलाफ उसका गालाभरि फुलिरहन्छन्।  

ढोकाको साइडमा उभिएको सुवासले मायालाई च्याप्प समाएर काखमा उचाल्यो र तीन फन्को घुमायो। अनि दराजको ऐनाअघि उभ्याएर मोतिको माला लगाइदियो।

माया बाथरुममा पस्छे। सुवास पनि बिहेमा लगाएको दौरा र भोटी खोलेर सहज कपडा लगाउँछ। बाहिर आँगनमा साथीहरू उन्मत्त नाचिरहेका थिए। दिनेश र अल्काहरूको दोहोरी चलिरहेकै थियो। मादल र बाँसुरीको धुनले मन्त्रमुग्ध बनाउने वातावरण थियो। उता आकाशमा ठूलो चन्द्रमा बादलसित लुकामारी खेल्दै थियो। सुवासको मन चंगा भएको थियो। माया कतिबेला बाथरुमबाट निक्लेलिन् जस्तो भएको थियो। एकपटक त बाथरुमको ढोका ढकढक्याऊँ कि भनेर पनि सोच्यो। मायाले के सोच्लिन् भनेर रोकियो। बरु मायालाई सुहागरातमा दिने भनेर किनेर ल्याएको मोतीको माला सम्झियो र दराजबाट निकालेर राख्यो।

मायाले शरीर हल्का पखाली। कपाल त आज पखाल्नु हँुदैन भन्ने उसलाई थाहा थियो। किनकि सुवासले लगाइदिएको जीवनको रंग, सुहागरातमा सिन्दूरको धर्को मेट्नु हुँदैन। यस्तै सुनेकी थिई उसले। छोटो नाइट ड्रेसमा असजिलो मान्दै माया बाहिर निक्ली। ढोकाको साइडमा उभिएको सुवासले मायालाई च्याप्प समाएर काखमा उचाल्यो र तीन फन्को घुमायो। अनि दराजको ऐना अगाडि उभ्याएर मोतीको माला लगाइदियो। दराजभर विभिन्न रंगका साडीहरू लहरै मिलाएर राखिएका थिए। मेकअपका सामान कति हो कति। विभिन्न परफ्युमहरू। चुरापोते टीका डोरी, जुत्ता, सुट अनगिन्ती। सबै सजाएर राखेको थियो। सुवासले यत्रो धेरै उपहार दिइरहँदा आफूसँग उसलाई दिनलाई केही पनि नभएकामा नराम्रो लाग्यो। फेरि सम्झी–यत्रो सिंगै शरीर दिएकी छु। योभन्दा ठूलो उपहार के हुनसक्छ?’  

माया दंग परेर ठूलो रूखमा लहरा बेरिएझै सुवासको छातीमा बेरिइ।

मायालाई खाटमा तकियामा अडेस लगाएर बसाल्यो र आफ्नो टाउको उनको काखमा राखेर अब यो अनौठो भेट र मिलनका कुरा गर्दै दुवै जना हाँस्न थाले।

जिम्माल बाको घरमा बिहेको रमझम थियो। जिम्माल बाका जेठो छोराको बिहेमा निहारिका, देवकी, कंगना, सिवानीको साथमा माया पनि आएकी थिई। उताबाट दिनेश, रमन दिलिप, जगतहरूको टिममा सुवास पनि आएको थियो। सबै जना दोहोरीको खालमा थिए। केटीतिरका कंगना र देवकी दोहोरीका च्याम्पियन थिए। उता दिनेश र रमन पनि उस्तै च्याम्पियन। रातभरि घम्साघम्सी दोहरी चल्यो। मायालाई गाउन आउँथेन तर साथीसँग साथमा थिई। उता सुवास पनि ताली बजाउँदै साथीहरूसँग थियो। सुवास र मायाका आँखाहरू अनायास जुधिरहेका थिए। कताकता मनमा दुवैलाई एउटै तरंग फैलिरहेको थियो। कहाँकहाँ देखे जस्तो, भेटे जस्तो, आफ्नै जस्तो। अग्लो गोरो केटा, अत्यन्तै राम्रो लाग्यो मायालाई सुवास। धेरै वर्षपछि मायाको गाउँमा आएको केटा सबैका लागि नौलो थियो। सबैले उसलाई हेरेर कौतुहल थिए। तर अपरिचित जस्ता ती व्यक्तिका आँखा परिचित थिए। मुटुहरू चिरपरिचित थिए।

ब्लाउजका टाँक खोल्दै गर्दा मायालाई मुखै कता लुकाउँ जस्तो लाज लाग्यो। उसलाई लाज र सरमले छपक्कै छोप्यो। फेरि आफैंलाई सम्हाली, आखिर नारीले पतिका सामु त नांगिनु नै पर्छ।  

बिहानीपख मायालाई सुवासले इशारा ग¥यो। माया साथीहरूको खालबाट उठी र बाहिर निक्ली। सुवास पनि निक्लियो। घरको पछाडि करेसामा उभिएकी मायाका हातहरू सुवासले बिस्तारै समायो र भन्यो, ‘चिन्यौ मलाई?’  

मायाले केही सोच्नै सकिन। उन्नाइस–बीस वर्षअघि छाडेर गएको सानो साथीको मायाले उसलाई धेरै रातसम्म रुवाएको थियो। तर पछि कहिलेकाहीं मात्र धमिला छायाँ बाँकी थिए। ठ्याक्कै यस्तै थियो सुवास भनेर पनि उसलाई याद हुन छाड्यो । तैपनि एउटा मीठो सम्झना मनभित्र अमिट छाप बनेर बसेको थियो।

दुवै जना पर अलि पर गहुँका खलियानतिर गए। नजिक झनै नजिक हुँदै गए। सुवासले आफू मात्र मायाको लागि आएको बतायो। माया बाल्यकालका स्मृतिमा डुब्नै लागेकी थिई। सुवासले आफूतिर तानेर अँगालोमा कस्न खोज्दै गर्दा। लाज सरम र काउकुतीले एकैपटक छोप्यो र सुवासको अँगालोबाट फुत्किएर भागी।

बिहान भयो। दोहोरी सकियो। जिम्माल बाको घरबाट सबै आआफ्नो घरतिर लागे।

माया घरमा पुगी। आफ्नो कोठाभित्र पसी। उसलाई निद्रा लागेन। अनौठो काउकुतीले मन बेचैनी भइरह्यो।

चराको चिरबिरचिरबिर आवाजसँगै गाग्री बोकेर पँधेरातिर लागि। पँधेरो जाने बाटोमै सुवास बसिरहेको थियो।

‘हजुर घर जानु भएन ?’  

‘अहँ गइनँ ।’  

साथीहरू नि?  

‘अरू साथीहरू घर गए।’  

एक्लै बसेको?  

‘तिमीलाई साथमा लिएर जाने हो।’  

कसरी?  

‘जसरी राजकुमारले आफ्नी सुन्दर राजकुमारीलाई रानी बनाएर लैजान्छ।’  

मायाका गाला राता भए। कान ताता भए। ऊ भुइँतिर हेरेर हाँसी।

यत्तिकैमा माथिबाट अरू दुई जना आइमाई झरेको देखेर माया पँधेरोतिर झरी। जाँदाजाँदै भनि, ‘म पछि पाखामा बाख्रा चराउन आउँछु।’  

माया पानी भरेर घर गई। खाना पकाई। बा, आमा, भाइ र बहिनीलाई खाना दिई। उसलाई खान मनै लागेन। दुई जोडी बाख्रा फुकाएर पाखातिर लागी। बाख्राहरू पाखामा उम्रेका हरिया बुट्यानमा चढ्न थाले। माया ठूलो ढुंगामा बसेर मनभित्र कौतुहलताका गोता लगाउँदै थिई।

सुवासले मायाको लामो केशराशिमा हातका औंला घुमाउन थाल्यो। मायाले संसारलाई चटक्कै भुली र मीठो निद्रामा हराई। बिउँझदा बाजागाजा बजिरहेका थिए।

यत्तिकैमा हस्याङफस्याङ गर्दै एकदमै मायालाग्दो अवस्थामा सुवास मायाको अघि आइपुग्यो।

मायाले आत्तिएर सोधी, ‘के भयो हजुरलाई?’ सुवासले निन्याउरो पारामा भन्यो, ‘म त बरबाद भएँ। म खत्तम भएँ।’  

किन के भयो?  

‘तिमीसँग छुट्टिएर गएपछि जिम्माल काको घरमा साथीहरू तास खेलेर बसेका थिए। मैले पनि रमाइलो गरौं भनेर खेलेको, सबै पैसा हारें। मसँग घर जानलाई खर्च पनि बचेन। साथीहरूसँग सापटी लिएर पनि खेलें त्यो पनि हारें। अब कसरी तिर्नु?’  

सुवासको उदासीपन देखेर उसलाई त्यही बस्न आग्रह गरेर माया दौडेर घर गई र एकैछिनमा केही रुपियाँ लिएर आई भनी, ‘यो पैसाले जितेर सबै साथीहरूको रिन तिर्नुहोस्।’  

सुवास खुसी भएर गयो। मायाले देउरालीका देवीसँग हात जोडेर भनी, ‘उहाँलाई जिताई दिनुहोला।’  

एकछिनपछि सुवास फेरि बेहाल अवस्थामा फर्केर आयो। शरीरमा टिसर्ट थिएन। कपाल अस्तव्यस्त थियो। निकै दयालु अनुहार लगाएर भन्यो, ‘सकिन आज मेरो दाउ रहेनछ। सकिनँ। अब कुन मुखले घर जानू? अब म त मर्ने भएँ!  

मायाले उसको यस्तो अवस्था देख्न सकिनँ, ‘मेरो सुनको बाला, झुम्का, पायल, औंठी सबै लैजानु । जितेर आउनु।’  

अनौठो प्रेममा मायाले केही सोचिन। विश्वास नै जिन्दगी, जिन्दगी नै विश्वास हो भन्ने लाग्यो। आफ्नो नितान्त आफ्नो ठानी।  

सुवास खुसी भयो र हाँस्यो, ‘जिते सबै तिम्रो हारे मेरो।’  

ऊ हाँस्दै लम्कियो। मायाले पुनः देउरालीका भगवानलाई प्रार्थना गरी। भगवान् एकपटक त जिताइदिनुस्। ऊ कल्पना गर्नथाली। अहिले भने सुवासले जित्न थाल्यो। पासा पल्टिँदै गयो। उसले सबै साथीको पैसा ति¥यो। मायाले दिएका पैसा र गरगहना सबै लिएर हाँस्दै आयो। तर मायाको सपना पूरा हुन सकेन। एकैछिनमा फेरि उस्तै निराश भएर आयो। अब भने मायालाई बेचैनी भयो। ऊ रुन थाली।  

‘अब म कसरी घर जाने? बुवाआमाले तेरो सुन गहना खोई भन्दा के भनूँ? म त बर्बाद भएँ । मेरो इज्जत मेरो जिन्दगी सबै खत्तम भयो।’

सुवासले मायालाई सुस्तरी भन्यो, ‘मन नदुखाऊ। हिँड मसँग। जीवनभर साथ दिन्छु। खुसीले पाल्छु। मलाई विश्वास गर। एक्दमै मायालाग्दो गरेर सुवासले भनिरहेको थियो। माया धेरै बेरसम्म चूपचाप बसी। र आफ्नै हृदयलाई सोधी। भित्रैबाट मनको आवाज आयो। सुवासको साथमा जाऊ। घरमा आमा, बुवा र समाजका मान्छेले लगाएका वचन सम्झेर उसलाई कहिलेकाहँी अनाथालय, वृद्धाश्रममा गएर बसौं कि जस्तो लाग्थ्यो। मनै नपरेको व्यक्तिसँग जीवन बिताउन उसले कल्पना गर्न सक्दिनथी र इन्कार गर्थी। जुन कुरा घर परिवारलाई मन पर्दैनथ्यो।

त्यो गाउँको हकमा एक सम्पन्न परिवारकी छोरी थिई माया। उसको मनले सोच्यो, ‘यस्तो जुवाडेसँग गएर म के खुसी हुन सकुला र?’  

खोई के देख्यो उसको हृदयले, भनी, ‘बाटोमा मिल्किएको पत्थरलाई पनि उठाएर मन्दिरको देवता बनाए पुज्न सक्छ मान्छे। होस् जे होस् मेरो भाग्य यस्तै रहेछ। भो अब उसैसँग जान्छु।’ यति सोचेर उसले साथी अनिताको साथमा बाख्रा जिम्मा लगाई र सुवासँगै हिँडी।

सुवास सँगसँगै हिँड्दा मनमा अनेकौं कुरा खेलिरहेका थिए। बाल्यकालका साथी पनि यो  हो कि होइन? कस्तो होला, के हुने होला? सोचेर मनमा विरहको लहर चल्न थाल्यो। तैपनि उसले आफैलाई सम्हालेर उसैसँग हिँडिरही। धेरै अगाडि पुगेपछि उसका दुई जना साथी सानो झोला बोकेर बसिरहेका थिए। मायालाई देख्नबित्तिकै खुसी भएर ‘नमस्कार  भाउजू’ पो भने। उसलाई लाज लागेजस्तो भयो। साथीले बोकेको झोलाबाट सुवासले टिसर्ट निकालेर लगायो र भन्यो, ‘राजन यो झोला राम्रोसँग सम्हालेर राख्नु। यसमा तिम्रो भाउजूलाई दिने उपहार छन्। तिमीहरू छिटोछिटो घर जाऊ र बुवालाई विवाहको तयारी गर्न लगाऊ।’  

दुवैका मुटुका ढुकढुकी सुनिदै थिए। सुवासका  बलिया हात अत्यन्तै प्यारका साथ मायाको शरीरमा सल्बलाउँदै थिए। कालो कपाल, उज्यालो मुहार घाँटी हुँदै चुल्बुले औला मायाका कोमल वक्षस्थलमा गएर सल्बलाउन थाले।

यति भनेर साथीहरूलाई अगाडि पठायो। मायाले अनौठो मानिरही। सुवासले मायालाई भन्यो, ‘माया आऊ यता मेरो काखमा शिर राखेर आराम गर। तिमी धेरै थाक्यौ। साथीहरूले खबर ल्याएपछि जाऔंला।’ मायाले लजाउँदै सुवासको काखमा टाउको राखी। असीम आनन्द महसुस भयो। भुँनभुँन भमरा उडिरहेका राता, पहेँला फूलहरू ढकमक्क फुलेका। चराचुरुंगीका अनेकौं संगीत। कलकल झरनाको आवाज। वसन्ती मौसम। अहा, यो जिन्दगी! यो मौसम अनि यो प्रेमिल अनुभूति! माया मुग्ध भई। 

सुवासले मायाको लामो केशराशिमा हातका औंला घुमाउन थाल्यो। मायाले संसारलाई चटक्कै भुली र मीठो निद्रामा हराई। बिउँझदा बाजागाजा बजिरहेका थिए। सुवासको घर नजिकै रहेछ। सुवासका बुवा औधी खुसी थिए। साथी सबै हर्षित थिए।  

केटा साथीले सुवासलाई दुलाहा बनाए अनि केटी साथीले मायालाई दुलहीका रूपमा सिँगारे। सोह्र सिँगारमा सजिएकी मायालाई नजिकै देख्दा आकाशबाट सिंगै चन्द्रमा आफ्नो काखमा झरेझै लाग्यो। वैवाहिक रमझम सकिएपछि उसका साथीले माया र सुवासलाई सुहागरातको बधाईसहित भित्र हुलेका थिए।

सपना जस्तै छिटोछिटो भएका मीठा घटनाको बारेमा कुरा गरेर हाँस्दाहाँस्दै धेरै समय बित्यो।

अब भने सुवासले मायालाई एकदमै कसिलो अँगालोमा कस्यो। उसको ठूलो निधारमा, गालामा, ओठमा, चिउँडोमा जताततै चुम्यो। बिस्तारै बेडमा एक अर्कोमा लहरा बेरिएझैं बेरिँदै गए। दुवैका अंगअंग घर्षण हुँदै थियो। दुवैका मुटुका ढुकढुकी सुनिदै थिए। सुवासका  बलिया हात अत्यन्तै प्यारका साथ मायाको शरीरमा सल्बलाउँदै थिए। कालो कपाल, उज्यालो मुहार घाँटी हुँदै चुल्बुले औला मायाका कोमल वक्षस्थलमा गएर सल्बलाउन थाले। जुम्लाका चक्लेटी स्याउ जस्ता रसिला मायाका ओठबाट मन्दमन्द आवाज आउन थाल्यो, ‘वाह! आउच! वाह!  

कोठाभरि बिस्तारै दुवै जनाको आवाज गुजिँदै थियो। उनीहरूको मनले भनिरह्यो, ‘अहा कस्तो यो प्रेम !’  

यतिबेलै बाहिर आँगनमा सुवासका साथीहरू दोहोरी गाउँदै थिए ः  

कृष्णले राधा प्यारी बेरे बाहुमा

यो जीवन गर्दिन्छु तिम्रो नाउँमा !  

प्रकाशित: १३ असार २०७७ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App