८ वैशाख २०८१ शनिबार
कला

भित्तामा सिंगो भक्तपुर

लकडाउनको सदुपयोग

कलाकार भुषण दुवालले बनाएको चित्र। तस्बिर: उपेन्द्र लामिछाने

कलाकारले जतिसुकै अफ्ठेरोमा पनि आफ्नो कला  देखाइहाल्छन्। लकडाउनका कारण  साथीको फार्मतिर समय कटाउँदै आएका भक्तपुरका एक कलाकारले  त्यहीं रहेको खाली भित्तालाई कलात्मक बनाइदिएका छन्।  

कलाकार भुषण दुवाल

भक्तपुर चोछेका भुषण दुवालले करीब एक साता लगाएर साथीको घरको भित्तामा सिंगो भक्तपुर कोरिदिएका छन्। ‘यहाँ यत्तिकै बसेर समय कटाउँदै थिएँ, खाली भित्तामा आँखा प¥योे,’ उनले भने, ‘एक साता लगाएर चित्रहरूले भरिदिएँ।’  

फाइन आर्टका विद्यार्थी दुवालले भित्तामा भक्तपुरका मठमन्दिर, कलासंस्कृति र जीवनशैलीलाई समायोजन गरेर आकर्षक चित्र तयार पारेको सुनाए। ‘यही भनेर हैन, मैले देखेको समग्र भक्तपुरलाई भित्तामा कोर्ने प्रयास गरेको छु,’ उनी भन्छन, ‘यसले  हामीलाई  खुसी बनाएको छ।’

उनका चित्रमा भक्तपुरका मूर्तिकला, काष्ठकला र वास्तुकलाका विभिन्न आयाम देखिन्छ। जात्रा, बाजा र मुखुण्डोको तालमेल भेटिन्छ। धारा, माछा, भ्यागुतासँगै केराको पात झल्कन्छ। बुद्ध, मण्डला र शिवको संगम देखिन्छ।  

‘कलाकारले हरेक खाली ठाउँमा क्यानभास देख्छ,’ उनले हाँस्दै भने, ‘मैले पनि यही खाली भित्तामा ब्रसको सहाराले मनमा उब्जेका दृश्य कोरिदिएँ।’  

प्रकाशित: १२ असार २०७७ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App