१५ चैत्र २०८० बिहीबार
कला

आगो लाग्न सक्छ

कविता

राष्ट्रलाई दिनदहाडै लुटेका

शासकले

ब्रिफकेसका ब्रिफकेस सुनको बिस्कुट

अब खान थालिसके

अनि टेलिभिजनको पर्दामा

राष्ट्रिय पोसाकमा सजिएर

हात हल्लाइहल्लाई

विभिन्न मुद्रा र भावभंगीमा

जब राष्ट्रिय संदेनशीलताको कुरा गर्दछन्

इमानदारी र नैतिकताको व्याख्या गर्दछन्

विकासको फल

आमजनताले चाख्न नपाए

प्रजातन्त्रको के मतलब

भनेर उल्टो प्रश्न गर्दछन्‌

जन जीविकाको कुरा रुपान्तर गर्ने  

अठोटको मञ्चन गर्दछन्

त्यतिबेला  

असाध्यै चित्त दुख्छ ।

 

नेपालको छोरीलाई

बम्बईमा बेचेर आएपछि

चेलीबेटी बेचबिखन समस्याबारे

डलरको खेती गर्नेहरुले

पाँचतारे होटलमा आयोजना गरेको

खचाखच भरिएको कार्यक्रममा

प्रमुख वक्ता बनेर

जब भाषण गर्दछन्

त्यतिबेला चित्त दुख्ने मात्र होइन

मभित्र आगो बलिसकेको हुन्छ

 

एकादशीको दिनमा

मासु खाएर आएपछि

हरिशयनी एकादशीको

महात्म्य व्याख्या गर्दै

पातालमा सुतेको भगवान्को उपासना गर्ने

त्यो धर्मात्माको पाखण्डताले

यहाँ कुनै बेला पनि आगो लाग्न सक्छ ।

प्रकाशित: ६ असार २०७७ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App