भागबन्डा
छोरालाई दौलतका रूपमा स्वीकार्नै समाजमा चार सन्तान छोरा मात्र जन्माउँदा सुकुमायालाई समाजले निकै भाग्यमानी ठान्थ्यो। ती छोरा जन्माउने आफू एउटी नारी हुँ भन्ने भुलेर छोरा मात्र जन्माएकामा खुसी महसुस गर्नु सुकुमायाको मात्र दोष नभएर समाजमा जरा गाडेको पितृसत्ता पनि दोषी देखिन्थ्यो।
चार जना छोरा सीप र शिक्षा हासिल गरेपछि आआफ्ना काममा व्यस्त हुन थाले। सबैको घरजम पनि भयो। परिवारको आकार बढेर विशाल भयो। परिवारको आकारलाई सम्पन्नतासँग जोडेर विश्लेषण गर्ने सुकुमाया र उनको जीवनसाथीको परिवार निकै सम्पन्न भएको महसुस गर्न थालेका थिए।
छोराहरूले आफ्नो चाहनाअनुरूप नयाँ घर थपे तर सुकुमाया कुनै पनि घरमा अटाइनन्, पुरानो एउटा गोठमा बाहेक। सरकारले दिने एकल महिला भत्ताबाहेक उनको कुनै सम्पत्ति छैन।
समयको गतिसँगै सुकुमायाको उमेर ढल्कन थाल्यो। जीवनसाथीलाई पनि कालले आफूभन्दा अघि लग्यो। छोराहरू मिलेर सबै जग्गा भागबन्डा गरे। सबैको भागमा घर जमिन प¥यो। तर सुकुमाया कसैको भागबन्डामा नपर्नुको कारण थियो उनको बुढयौली अशक्तपन।
छोराहरूले आफ्नो चाहनाअनुरूप नयाँ घर थपे तर सुकुमाया कुनै पनि घरमा अटाइनन्, पुरानो एउटा गोठमा बाहेक। सरकारले दिने सामाजिक सुरक्षाभत्ता अन्तर्गतको एकल महिला भत्ताबाहेक सुकुमायाको कुनै सम्पत्ति छैन। तैपनि सुकुमायाले भत्ता थापेका दिन सय रुपैयाँ, पचास रुपैयाँ गर्दे छोराबुहारी र नातिनातिनाको भागबन्डा गर्न बिर्सिनन्।
उनको भत्ता सबै सन्तानको भागबन्डामा परे पनि विडम्बना! सन्तानको भान्छाको परिकार सुकुमायाको भागबन्डामा कहिल्यै परेन।
बाकस
जीवनमा अन्त्येष्टि पलहरू नियाल्दै एकपल्ट म पशुपति आर्यघाटतिर टहल्दै थिएँ। अनायास मेरा नयन खोला किनारामा अलपत्र परेको बाकसलाई देखेर टक्क रोकिए। नाम उकेश, उमेर २१ वर्ष, घर झापा, काम गरेको देश कतारको कुनै एउटा कम्पनीको नाउँ मृत्युको कारण दुर्घटना बाकसको बाहिरपट्टि नै यो विवरण प्रष्टसँग लेखिएको थियो।
बाकसलाई अलपत्र छाडेर आफन्तहरू बाकसभित्रको शव विद्युतीय शवदाहतिर लैजादै थिए। म पनि ती आफन्तसँग हूलमा मिसिएर विद्युतीय शवदाहतिर पसे। त्यो शोकको घडीमा शरीर समाल्ने तागत सबैको नष्ट भएझै देखिन्थ्यो। सबैको आँखा अविरल बग्दै थिए। त्यो हृदयविदारक दृश्यले मेरा आँखा पनि पत्तो नपाई बग्न थालिसकेछ।
मेरो मनले भन्यो–त्यो बाकसप्रतिको घृणित नजर वास्तवमै बाकसप्रति नभई युवा बेचेर रेमिटयान्सले मदिरामा लठिने ठुलाबडाप्रतिको घृणा थियो।
एकक्षणमा नै विद्युतीय शवदाहभित्र त्यो युवक धुँवा बनेर वायुमण्डलमा मिसिन थाल्यो। देशले एक जोशिलो युवा गुमायो। परिवारले छोरा, दाजु वा भाइ गुमायो। त्यो युवकको विहे भएको भए एक युवतीले आफ्नो लोग्ने गुमाइन्। युवकको भौतिक शरीरले यो संसारबाट बिदा लियो। वर्षातमा उर्लिएको खहरे खोला जस्ता आँखा बोकेका आफन्तहरू युवकका अस्तु लिएर बाहिरिए।
मानिसका मलमूत्र मिसिएर कीरा परेका बाग्मतीको जलमा आँखाको नुनिलो पानी मिसाउँदै बगाइदिए युवाका अस्तु पनि। आफन्त गुमाएर रित्तो हात फर्कनु पर्दाको पीडाले नै होला अवश्य पनि युवकको मलामी बनेका आफन्तहरूले यति घृणित नजरले त्यो बाकसलाई हेर्न थाले। तर, बाकस त मानव मलमूत्र मिसिएको कुरूप बाग्मतीभन्दा सुन्दर थियो।
मेरो मनले भन्यो–त्यो बाकसप्रतिको घृणित नजर वास्तवमै बाकसप्रति नभई युवा बेचेर रेमिटयान्सले मदिरामा लठिने ठुलाबडाप्रतिको घृणा थियो।
प्रकाशित: ६ असार २०७७ ०९:५३ शनिबार