२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रियाशासँग पल, बले र सुधिरको रोमान्स

कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको बन्दाबन्दीमै पल शाह, सागर लम्साल (बले), रियाशा दाहाल र टिकटकका हिट जोडी सुधिर श्रेष्ठले म्युजिक भिडियो बजारमा ल्याएका छन्।  

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको 'ए है माया'... बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीले एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ। गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन्। विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतिले खिचेका हुन्।  

भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ। भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ।

प्रकाशित: ६ असार २०७७ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App