२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुशान्तको ‘दिल बेचारा’ हटस्टारमा

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ । सोमबार निर्देशक मुकेश छाब्राले ‘दिल बेचारा’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्म हटस्टारमार्फत रिलिज हुने जानकारी गराएका थिए ।  

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै फिल्म हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ फिल्म रिलिज हुन पाएको थिएन । त्यसअघि गत वर्षको नोभेम्बरमा ‘दि बेचारा’ फिल्मको रिलिज मिति तोकिएको थियो । अभिनेता राजपुत र सञ्जना सांघी अभिनित ‘दि बेचारा’ फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ बलिउड रिमेक हो ।  

सन् २००८ मा बालाजी टेलिफिल्म्सको ‘किस देश में है मेरा दिल’ सिरियलबाट टेलिभिजन अभिनयको सुरुआत अभिनेता राजपुत चर्चित टेलिश्रृंखला ‘पवित्र रिस्ता’ मा देखिएका थिए । सन् २०१३ मा ‘काई पो चे!’ फिल्मबाट फिल्मी करिअरको सुरुआत गरेका उनी अभिनित सन् २०१६ को भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको ‘एम.एस धोनीः अनटोल्ड स्टोरी’ सफल फिल्मको सूचीमा पर्दछ । त्यसबाहेक सन् २०१८ को ‘केदारनाथ’ र सन् २०१९ को ‘छिछोरे’ फिल्म हिट मानिन्छ । उनले ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्ममा अभिनय गरेका थिए । गत वर्षको ‘ड्राइभ’ मार्फत उनले नेटफ्लिक्समा समेत डेब्यु गरेका थिए । कोरोना भाइरस महामारीबाट बलिउडलाई उकास्न अनलाइन स्ट्रिमिङ प्लेटफर्म फिल्महरू रिलिज हुने क्रम जारी छ । शुक्रबारदेखि सुजित सरकार निर्देशित बलिउड फिल्म ‘गुलाबो सिताबो’ अनलाइन स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडियोमार्फत संसारभर रिलिज भएको थियो । यसअघि ‘गुलाबो सिताबो’ र अभिनेत्री विद्या वालन अभिनित बायोपिक ‘शकुन्तला देवी’ सहित सात फिल्मका निर्माताहरूले अमेजनसँग सम्झौताका थिए । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै भारतको अनुमानित ९५ सय फिल्म हल विगत दुई महिनादेखि बन्द गरिएका छन् । भारतको बढ्दो अनलाइन दर्शकहरूको लागि बलिउड ठूलो आकर्षण मानिन्छ ।

प्रकाशित: २ असार २०७७ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App