३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

बाटाक्लान थिएटरबाट चोरिएको कलाकृति भेटियो

पेरिसको बाटाक्लान थिएटरबाट चोरी भएको कलाकृति भेटिएको छ । बिहीबार इटालीका प्रहरीले ब्रिटिस कलाकार बैंक्सीको कलाकृति फेला परेको जानकारी गराएका थिए ।  

सो कलाकृति गत वर्ष पेरिसको बाटाक्लान थिएटरबाहिरचोरी भएको थियो । इटालीस्थित अब्र्रुज्जोको काराबिनेरी अर्धसैनिक प्रहरी बलसहित दुई स्रोतले सो कलाकृति तिरामो प्रान्तमा फेला परेको जानकारी गराएका थिए । उनीहरूले अनुसन्धानको विवरण दिन अस्वीकार गरेपनि कलाकृति भेटिएको बताएका थिए । प्रहरी कमान्डर इमानुएल माजोट्टाले सो कलाकृति ग्रामीण इलाकाको एउटा घरमा भेटिएको बताए । ‘एक व्यक्तिले बैंक्सीको कलाकृति घरमा ल्याएर नियन्त्रण मा लिएकाथिए,’ उनले भने, ‘सो घरको ढोकाको माथिल्लो भागमा राखिएको थियो ।’  

सन् २०१५ को नोभेम्बरमा बाटाक्लानमा भएको आतंकवादी हमलापछि श्रद्धाञ्जलि दिन कलाकार बैंक्सीले थिएटरको बाहिरी ढोकामा भित्तामा कलाकृति कोरेका थिए । कन्सर्टको क्रममा भएको बाटाक्लानहमलाफ्रान्सेली राजधानीमा गरिएको आक्रमणको समन्वयित श्रृंखलाको एक हिस्सा थियो । जुन हमलामा रेस्टुरेन्ट, क्याफे, बार रस्टेडियमलगायत लक्षित थियो । सो हमलामा एक सय ३० जना सर्वसाधारण मारिए भने पाँच सय घाइते भएका थिए । आईएसआईएसले आक्रमणको जिम्मेवार दावी गरेको थियो ।  

सन् २०१८ को जुनमा पेरिसको भित्ताहरूको श्रृंखलामध्येको एक सो कलाकृतिमा कलाकार बैंक्सीले एकशोक मनाइरहेकी महिलाले तल हेरिरहेकी कला तयार गरेका थिए । आफ्नो पहिचान गोप्य राख्ने बैंक्सीले आधुनिक कलाअन्तर्गत  

विचित्र कलाकृतिहरूको सिरिजका कारण चर्चित छन् । उनलेस्ट्रिट आर्टको प्रविधिलाई शक्तिशाली राजनीतिक बिन्दुहरूसँग तुलना गरेर प्रस्तुत गर्दछन् ।  

प्रहरी नियन्त्रणमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोयडको हत्या भएपछि उनले प्रतिक्रिया दिएका थिए । जर्ज फ्लोयडको हत्यापछि अमेरिकासहित विभिन्न देशहरुमा जारी ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको लागि सेलिब्रेटीहरूले समर्थनसँगै आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App