१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

लकडाउनमा मैले बनाएका चित्रहरू

लकडाउनको सदुपयोग

सौरभ चापागाई

सौरभ चापागाई

कक्षा: ५, युनाइटेड स्कुल, इमाडोल, ललितपुर

साथीहरू हो ! आज संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । यसबाट धेरैको ज्यान गइसक्यो । महामारीबाट नेपाल पनि अछुतो छैन । कोरोना संक्रमणबाट नागरिकलाई बचाउन सरकारले गएको चैत ११ देखि लकडाउन गरेको छ । त्यसैले लामो समयदेखि हामी घरमै बसेका छौं ।  

मलाई चित्रकलामा रुचि छ । कक्षा ३ मा हुँदादेखि चित्र बनाउन थालेको हुँ । लकडाउनमा पनि धेरै किसिमका चित्र बनाएको छु । भबिश्यमा मेकानिकल इन्जिनियर बन्ने चाहना छ । तर, कलाकर्म पनि छोड्दिन किनकी चित्र बनाउँदा आत्मसंतुष्टि मिल्छ ।  

लकडाउनको समयलाई हामीले रचनात्मक काम गरेर उपयोग गर्नुपर्छ । आफुलाई मनपर्ने किताब पढ्ने, कथा, कविता वा निबन्ध लेख्ने गर्नुपर्छ । त्यस्तै राम्राराम्रा चित्र पनि बनाउन सकिन्छ । घरमा गितार, हारमोनियम, पियानो आदि बाजा भएमा बजाउन सिक्नुपर्छ । घरभित्र गर्ने कामको विषयमा अभिभावकसँग सल्लाह लिनुपर्छ ।  

मलाई चित्रकलामा रुचि छ । कक्षा ३ मा पढ्दादेखि चित्र बनाउन थालेको हुँ । लकडाउनमा पनि धेरै खालका चित्र बनाएको छु । म प्रायः दिउँसो चित्र कोर्छु । भबिश्यमा मेकानिकल इन्जिनियर बन्ने चाहना छ । कलाकारितालाई पनि छोड्दिन किनकी चित्र बनाउँदा आत्मसंतुष्टि मिल्छ ।  

लकडाउनमा हामी कहिलेकाहीँ टिभी वा कम्प्युटरमा फिल्म हेर्ने, खेल खेल्ने, अन्ताक्षरी खेल्ने, आपसमा नाटक गर्ने आदि क्रियाकलाप गर्नसक्छौं । जतिबेला पनि मोबाइल वा टिभीमा झुण्डिनु चाहिँ हुँदैन ।  

यस्तो बेलामा आ–आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिन्छ । यसबाट ऊर्जा बढ्छ । नयाँ तर रमाइलो अनुभव हुन्छ । इन्टरनेट भएको ठाउँमा त साथीसँग कहिलेकाही खेल पनि खेल्न सकिन्छ । खेल्न पाएँ भन्दैमा जतिबेला पनि खेल्नु हुँदैन । आफुले नजानेका कुरा गुगलमा खोज्ने बानी बसाल्नुपर्छ । साथै साथीभाइसँग फोन, मेसेन्जर वा भाइबरबाट कुराकानी गर्न सकिन्छ । उनीहरू के गर्दैछन् ? लकडाउनले उनीहरूको टोलमा कस्तो अबस्था आएको छ ? आदि प्रश्नका जवाफ खोज्न सकिन्छ । 

 लकडाउनमा बुबाआमालाई खाना बनाउन सघाउनु र आफ्ना कोठा तथा घरको सरसफाइमा जुट्नु राम्रो हुन्छ । यसो गर्दा सफासुग्घरमा बस्न पाइन्छ भने अभिभावक पनि खुसी बन्छन् । अर्को कुरा, घरमा लुगा सिलाउने मेसिन भए चलाउन सिक्नुपर्छ । त्यस्तै करेसाबारीमा बिभिन्न बिउ छरेर कसरी उम्रन्छ, कसरी बढ््रछ हेर्दा धेरै ज्ञान मिल्छ । गमलामा फूल रोप्नुपर्छ । बोटबिरुवालाई पानी हाल्नुपर्छ । कौसीमा तरकारी पनि फलाउन सकिन्छ । यसबाट ताजा तरकारी खान पाइन्छ । हाम्रो वातावरण पनि राम्रो हुन्छ । 

 यस्तो महामारीका बेलामा हामी आत्तिनु हुँदैन । अभिभावकले भनेको मान्नुपर्छ । उहाँहरूलाई धेरै कुराको जानकारी हुन्छ । रेडियो तथा टिभीमा कोरोनाका समाचार पनि सुन्नुपर्छ । यसबाट बच्ने उपाय बुझेर अरुलाई पनि बुझाउनुपर्छ । त्यसैले आफु पनि बाँचौं । अरुलाई पनि बचाऔं ।  

प्रकाशित: २६ जेष्ठ २०७७ १०:०४ सोमबार

जूनकीरी लकडाउनको प्रभाव चित्रकला प्रतिभा कला