१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कोरोना प्रकोपमा ईश्वरको प्रश्न

रमेश केसी

कोरोना भाइरसको महामारीले अहिले विश्व त्रास र असुरक्षामा छ । करिब ६ अर्बभन्दा बढी जनसंख्या भएको यो धर्तीमा एउटा भाइरसले मानव अस्तित्वमै खतरा ल्याएको छ । के हो यो खतरा ? लाखौँ वर्षदेखि जैविक विकास क्रममा मानवले सभ्यता, धार्मिक, सांस्कृतिक र आधुनिक कालखण्डमा व्यापक रूपले विकास ग¥यो । के यो उपलब्धि केही होइन ? एउटा भाइरसले किन मानव सर्वनाशको खतरा ल्याएको छ । तर यतिवेला दार्शनिक रुपमा सोच्ने हो भने मानिस मनोवैज्ञानिक रुपमा ईश्वरलाई सम्झन पुगेको छ । के ईश्वरले यो समस्याबाट मुक्त गर्न सक्छ ? भाइरस जैविक हो, यो अध्यात्म भावनाको सत्ताभन्दा पर छ । अहिले संसार एउटा सभ्यताबाट अर्को सभ्यतामा संक्रमणकालमा छ । यही बेला विगत युगमा मानिसले सिर्जना गरेका धेरै सामाजिक, आर्थिक, राजनीतिक र भावनात्मक ईश्वरहरूको मृत्यु भइरहेछ । 

यहीबेला कोरोना प्रकोपले त्यही सर्वशक्तिमान, संरक्षक र सर्वव्यापी ईश्वरमाथि पनि प्रश्न उभ्याएको छ । किनकि यस भाइरसले पोपलाई पनि समाप्त पार्न सक्छ, राउटेलाई पनि समाप्त पार्न सक्छ । जैविक रूपमा डोनाल्ड ट्रम्पदेखि कुनै पनि होमोसेपियन्स एउटै हो । शरीरको संरचना र कारणहरू एउटै हुन् । यसर्थ यस प्रकारका महामारीले बेलाबेला ईश्वरको मृत्युको सम्झना दिलाउन पनि खोज्छ । हिरोसिमा र नागासाकीमा अमेरिकाले अणुबम विस्फोट गराउँदा दोस्रो विश्वयुद्धताका संसारलाई ईश्वरको मृत्यु भएको आभास मिलेको थियो । सन् ९० को दशकमा रुवान्डामा हुटु र टुटसीबीच जातीय नरसंहार हुँदा पनि ईश्वरको मृत्युको आभास भएको थियो, लाखौँ ज्यान गएको यी दुई नरसंहारहरू घटेका बेला मानव नियन्त्रण बाहिर थियो । ईश्वरको मृत्युको अवधारणा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले लोकप्रिय गराएका हुन् । उनको ‘दस स्पोक जराथु्रस्थ’ पुस्तकमा यो वाणीको लेखन गरिएको छ । उनले ईसाइ र यहुदी ईश्वरको मृत्युको कुरा गरेका थिए । पश्चिमको सभ्यताको पतनशीलतामाथि उनको प्रहार हो । हामीले नै ईश्वरको हत्या गरेको दाबी उनले गरेका थिए । त्यसपछि ईश्वरको मृत्यु बारम्बार दर्शनको विमर्शमा उल्लेख गरिने एक प्रचलित उदाहरण बनेको थियो । अहिले कोरोना भाइरसले इसाई यहुदी, इस्लाम, हिन्दू कन्फुसियाली, बौद्ध र अफ्रिकी सबै धर्म र विश्वासका मानिसलाई सताएको छ । यहीबेला मानिसहरू आफूले सिर्जना गरेको परमसत्ताको नाम पुकार्नु र सम्झनु सामान्य कुरा हो । हुन त १८औँ, १९औँ शताब्दीहरूमा प्लेग र अन्य महामारीबाट मान्छे खतरामुक्त थिएन । आधुनिक काललाई लिने हो भने मानव अस्तित्वको संकटका खतराहरू बारम्बार आएका छन् । पहिलो, दोस्रो विश्व युद्धपछि जनसंख्या विस्फोटको खतरा आयो, विज्ञहरूले भने यो संकटले मानिसलाई भोकमरमिा धकेल्ने छ । साधनस्रोतहरू सकिनेछ । जनसंख्या अनियन्त्रित भएर शान्ति सुरक्षामा खलल पुग्नेछ । 

 

ईश्वरको मृत्युको अवधारणा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले लोकप्रिय गराएका हुन् । उनको ‘दस स्पोक जराथु्रस्थ’ पुस्तकमा यो वाणीको लेखन गरिएको छ । पश्चिमको सभ्यताको पतनशीलतामाथि उनको प्रहार हो । त्यसपछि ईश्वरको मृत्यु बारम्बार दर्शनको विमर्शमा उल्लेख गरिने एक प्रचलित उदाहरण बनेको थियो । अहिले कोरोना भाइरसले इसाई यहुदी, इस्लाम, हिन्दू कन्फुसियाली, बौद्ध र अफ्रिकी सबै धर्म र विश्वासका मानिसलाई सताएको छ ।

तर यो विस्फोटलाई असमान वितरणका बाबजुद विश्वले व्यवस्थापन गर्दै आएको छ । त्यसपछि ९० को दशकमा एड्स रोग आयो । यौन रोग भएकाले यसले पनि व्यापक संक्रमण र संकट ल्याउने भविष्यवाणी गरिए, त्यसबेला यस रोगको औषधि नै बनेको थिएन । तर, अहिले एड्स रोग नियन्त्रणमा आइसकेको छ । एड्सपछि विश्व मानस पटललाई हल्लाइरहेको संकट हो, वातावरणीय विनाश । मौसम परिवर्तनको समस्याबाट गुज्रिरहेको विश्वलाई यसले मानव जातिको अस्तित्वमै प्रश्न उठाइरहेको विषयको रूपमा लिइएको छ । ग्रिटा थुनबर्ग जस्ता किशोरीहरू अहिले यस संकटसँग जुध्नका लागि तम्तयार छन् । यस संकटको समाधानका लागि विश्वव्यापी रूपमा पहलहरू पनि भइरहेका छन् । ढोकैमा आइपुगेका अर्को संकट हो, कृतिम बुद्धिको । जसको विकासले मेसिनले मानवलाई विस्थापित गरी दिने आकलन गरिएको छ । स्टिफन हकिन्सजस्ता वैज्ञानिकले यसको खतरामाथि चेतावनी दिइसकेका छन् । यस बेला कोरोना भाइरसले मानवको मन हल्लाइरहेका बेला भारतीय दार्शनिक युजी कृष्णमूर्तिको यो भनाइ हामी प्रेमले होइन कि आतंकले गर्दा एक–अर्काका नजिक छौँ भन्ने स्मरण हुन्छ । विश्व मानव समुदायलाई यस्ता संकटले एक हुने मौका दिँदै आएको छ । विश्वास गरौं, आधुनिक औषधि विज्ञानलाई चुनौती दिएको यस भाइरसको निदान पनि खोजिने नै छ । फेरि दार्शनिक नित्सेतर्फ फर्कंदा के ध्यान दिनुपर्छ भन्ने उनले कुनै पनि पाठको निश्चित अर्थ नहुने बताएका थिए । यस कोरोना भाइरस पनि एउटा पाठ हो । जसको अर्थ आ–आफ्नै किसिमले लगाउँदा विभिन्न भ्रम र गलत सूचना प्रचार–प्रसार भएको छ । तथ्यमा आधारित सूचना आजको आवश्यकता हो । सुरुमा पश्चिमी सञ्चारमाध्यमहरूले चीनको नेतृत्व र राज्य व्यवस्थालाई दोष दिए, अहिले अमेरिकातर्फ पनि औँला ठडाइएको छ । 

यो सूचना युद्धले मानव मस्तिष्कका पूर्वाग्रहमुक्त हुन नसकेको भान पर्छ । यस संकटका बारेमा सोच्ने हो भने सामाजिक जीव विज्ञानका पिता तथा हार्वड विश्वविद्यालयका प्राध्यापक एडवर्ड ओ विल्सनको यो भनाइ सामयिक ठहर्छ । उनले भनेका छन्, हामीसँग प्लेयोलिथिक भावना, मध्य युगीन संस्था र ईश्वर जस्तो प्रविधिहरू छन् । यी तीन कुराको मेल र बेमेलबाट वर्तमान समाज गुज्रिरहेको छ । कोरोना भाइरसको उत्पत्तिको विवादमा यो प्लेयोलिथिक भावनाले काम ग¥यो भने मध्ययुगीन संस्थाहरूबाट पनि यस संकटको समाधान हँुदैन । ईश्वरजस्तो विज्ञान प्रविधिबाट मात्र यसको समाधान छ । केही वर्षअघि न्युजविक पत्रिकामा नित्से विशेषज्ञले भनेका थिए कि आधुनिक समयमा विज्ञान प्रविधिले ईश्वरलाई विस्थापित गरिदिएको छ । आज ईश्वरको ठाउँ लिएको विज्ञान प्रविधिले कोरोना भाइरसको समस्या समाधान गर्न सक्नेछ । आशा गरौं, पुराना विश्वास र ईश्वरहरूलाई होइन कि नयाँ ईश्वरले नै मानव अस्तित्वको रक्षा गर्नेछ । प्राचीनकालमा आविष्कार गरिएका ईश्वरहरू दिक र कालभन्दा पर छन् । यसको महŒव आफ्नै ठाउँमा छ । यस्तो संकटका बेला मानिसले आफ्नो आस्थाको ईश्वरलाई सम्झनु स्वाभाविकै हो । ईश्वर अझै पनि लामो समयसम्म मानव समाजमा रहिरहनेछ । तर, मानव जीवनको उतार–चढाव र विज्ञान प्रविधिको आविष्कारले ईश्वरको परिभाषा बदल्नेछ । यही क्रममा कोरोना भाइरसको प्रकोपमा हामीलाई परम्परागत ईश्वरको नजिक पु¥याएको छ भने नयाँ ईश्वरको खोजीतर्फ संकेत पनि गरेको छ । त्यो ईश्वर यही मानव समाजबाट उत्पन्न हुनेछ ।  

प्रकाशित: २४ जेष्ठ २०७७ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App