८ वैशाख २०८१ शनिबार
कला

सिक्वेलमा भिन्नताका कारण ‘हेराफेरी ३’ रोकियो

बलिउड अभिनेता सुनिल सेट्टीले ‘हेराफेरी’ फिल्मको टिम दर्शकहरूको चासोलाई लिएर सचेत रहेर स्क्रिप्टमा मेहेनत गरिरहेको बताएका छन् । भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उनले ‘हेराफेरी’ फिल्मका सिक्वेलमा रहेका भिन्नताहरूलाई सर्वप्रथम फ्याँक्नु आवश्यक रहेको छ ।  

‘हेराफेरी’ सिक्वेललाई लिएर केही वर्षदेखि गृहकार्य भइरहेको थियो । ‘अहिले सबै कुरा रोकिएको छ । फिल्मको टिम हेराफेरी निर्माण गर्न चाहन्छ,’ उनले भने, ‘तर यसको सिक्वेलमा रहेका केही भिन्नताहरू निकाल्नु आवश्यक छ । यो फिल्म टेलिभिजन र सामाजिक सञ्जालका व्यंग्यात्मक मिमेमा हिट छ । हामी यस फिल्मलाई लिएर दर्शकहरू आशावादी रहेको बारेमा सचेत छौं ।’

सन् २००० को ‘हेराफेरी’ फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए । यसमा अभिनेता सेट्टीसहित अक्षय कुमार, तब्बु र परेश रावलले अभिनय गरेका थिए । यसको सिक्वेल ‘फिर हेराफेरी’ फिल्म सन् २००६ मा रिलिज भएको थियो । निरज भोराले निर्देशन गरेको ‘फिर हेराफेरी’ मा अभिनेता सेट्टीसहित अक्षय कुमार र परेश रावल देखिएका थिए ।  

‘हेराफेरी’ फिल्मको २० औं वार्षिकोत्सवमा उनले यसको सिक्वेल यादगार नरहेको बताएका थिए । ‘फिल्म कसरी बनाइयो भनेर मलाई थाहै भएन् । कारण यो यत्तिकै भएको थियो जस्तो लाग्छ,’ उनले भने, ‘हामी हरेक दिन सुटिङको सेटमा पुग्थ्यौ र इस्त्री नगरिएका लुगा लगाएर तयार हुन्थ्यौं । थकित भएर निर्देशकले दिएको पत्रिकामा सुत्थ्यौं । बिना मेकअप सेटमा रिहसर्स गरिरहँदा निर्देशकले कट भनेर आवाज दिन्थे ।’

‘हेराफेरी’ का निर्देशक प्रियदर्शनले ‘हेराफेरी ३’ फिल्म निर्देशन गर्ने बताइएपनि ‘टोटल धमाल’ फिल्मको काम सिध्याएलगत्तै निर्देशक इन्द्र कुमारले ‘हेराफेरी ३’ फिल्मलाई निर्देशन गर्ने घोषणा गरिएको थियो । उनले ‘हेराफेरी ३’ फिल्ममा भिएफएक्स समावेश हुने बताएका थिए ।  

‘बलिउडको एक हिट फिल्मको सिक्वेल फेरि आउने कुराले म खुसी छु,’ निर्देशक इन्द्र कुमारले भने, ‘यस वर्षको अन्त्यतिर फिल्मको सुटिङ हुनेछ । हाल फिल्मको स्क्रिप्ट तयार हुँदैछ । म टोटल धमालमा व्यस्त भएकाले तीन महिना हेराफेरी ३ को काम रोकिएको थियो । यस फिल्ममा ठूला र राम्रा भिएफएक्स प्रयोग हुनेछन् ।’

‘हेराफेरी’ फिल्मले बक्सअफिसमा गतिलो सुरूवात लिन नसकेपनि विस्तारै दर्शक जम्मा गरेर हिट भएको थियो भने ‘फिर हेराफेरी’ फिल्मले पहिलो फिल्म जत्तिको सफलतालाई पछ्याउन सकेको थिएन् । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App