१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

परिश्रमी नागरिकलाई फूलमाला

प्रधानमन्त्री नागरिकका अभिभावक । अभिभावकले आफ्ना नागरिकलाई सुखी राख्नु पर्छ ।

सनम केसी, कक्षा : १०  
वुढानिलकण्ठ स्कुल, काठमाडौं  

म प्रधानमन्त्री हुने भनेको सपना न हो । म सपनाका कुरा गर्छु । सपना देख्न र देखाउन त पाइन्छ । देश हाम्रो घर । प्रधानमन्त्री नागरिकका अभिभावक । अभिभावकले आफ्ना नागरिकलाई सुखी राख्नु पर्छ ।    

म सानी मान्छे, मलाई त्यस्तै ससाना कामवाट देश विकास गर्न मन छ । गाउँ मेरो विकासको आधार हुने थियो । म गाउँका मान्छे के चाहन्छन् बुझ्ने थिएँ । गाउँका सम्भावनाको खोजी गर्थें । त्यसका लागि कुन र कस्ता औजार चाहिन्छ, व्यवस्था गर्न लगाउँथे । गाउँलेको सिप विकासमा जोड दिन्थें । गाउँका उत्पादन सजिलै बजार पुग्ने वातावरण मिलाउँथें ।    

शहरका मान्छेलाई गाउँका उत्पादन उपयोग गर्न प्रोत्साहित गर्थें । विदेशवाट खाद्यान्न र फलफूल ल्याउन बन्द गरिदिन्थें । लत्ताकपडा पनि नेपालकै लगाउन प्रोत्साहित गर्नेथिएँ । त्यसको सुरुवात आफै गर्थें । गाउँघरमा गइरहन्थें । र त्यहाँ दलित समुदायकोमा बस्थें । छुवाछुत गर्नु हुँदैन भनेर आफैंबाट सिकाउँथें । म गाउँगाउँमा अस्पताल बनाउँथें । अनुभवी र राम्रा डाक्टर गाउँगाउँमा पठाउँथे । उनीहरुले मागे जति तलब दिन्थें ।  

गाउँमा राम्रा विद्यालय खोल्थें । गुणस्तरीय शिक्षामा जोड दिन्थें । डाक्टर र शिक्षकको तलव बराबर वनाउँथें । 

सबै नेतालाई गाउँ गइराख्न प्रोत्साहित गर्थें । गाउँमा घर नहुने वा श्रम गर्न नसक्नेलाई नेता बन्न दुरुत्साहित गर्नेथिएँ । महिनामा पन्ध्र दिन नेताले श्रम गर्नु पर्छ भनेर म अघि सर्थें । गाउँमा वस्ने र गाउँ गैरहने नेतालाई मात्र भोट दिनुहोस् भन्थें । म शहरमा हुने छलफल र तालिम गाउँमा गर्न लगाउँथे । गाउँका मन्दिरमा नियमित पूजाको व्यवस्था मिलाउँथे । हजुरबा र हजुरआमालाई धार्मिक काममा व्यस्त बनाउँथे । गाउँमा राम्रा विद्यालय खोल्थें । गुणस्तरीय शिक्षामा जोड दिन्थें । डाक्टर र शिक्षकको तलव बराबर वनाउँथें ।  

शहरमा बस्ने भन्दा गाउँमा बस्नेहरूलाई बढी सुविधा दिन लगाउँथे । सबै गाउँ जान रहर गरुन् । पानी बढीभन्दा बढी उपयोग गर्ने वातातरण सृजना गर्थे । कसैलाई पनि बिदेश नजाने गरी यहीँ कामको व्यवस्था मिलाउँथें । गाउँमा एकै रंग र एकै डिजाइन भएका घर बनाउन लगाउँथे । टाढाटाढाबाट हेर्दा पनि गाउँमा जाउँजाउँ लाग्ने बनाउँथें । सबै बालबालिका स्कुल पुग्ने वातावरण तयार गर्थें ।  शहरवाट गाउँ जाने सडक राम्रो बनाउँथें । गाउँ र शहर जोड्ने बाटोभरी फूल र रुख रोप्न लगाउँथें ।  

गाउँमा पार्क, खेलमैदान बनाउन लगाउँथे । पर्यटक रमाउन गाउँ जाने पूर्वाधार तयार पार्थें । फरक क्षमता भएकाहरूको सम्वन्धमा केही गर्नुपर्र्दा म झमक कुमारी घिमिरे दिदीसँग सल्लाह लिन्थें । प्रविधिका काम गर्दा महावीर पुनलाई सोध्ने थिएँ । गाउँलेलाई समाज सेवाको पाठ सिकाउन सुन्तली दिदी र धुर्मुस भिनाजुलाई गाउँगाउँमा पठाउँथें । आर्थिक विकास गर्न किसानबाट सल्लाह लिन्थें ।  

नेपालको सीमामा तारबार गर्न सबै नागरिकलाई पाँचपाँच दिन श्रमदान गराउँथें । तर नेतालाई महिना दिन भन्दा बढी समय तारबारका लागि खाडल खन्न लान्थें ।  वुढा नेतालाई अनुभव बाँड्न गाउँ पठाउँथे र समाज सेवाको नेतृत्व दिन्थें । टोलटोलमा प्रहरीलाई पठाउँथे । फोहरवाट मल निकाल्थें ।  

महिलालाई हेप्नेहरूलाई गाउँमा खेत खन्न पठाउँथें । म आफै गाडी चलाउँथे । सामान्य नेपाली लुगा लगाउँथे । सामान्य खाना खान्थें । हामी महिला पनि सबै काम गर्न सक्छौं भनेर देखाउँथें । बेलाबेला गाउँमा गएर गाउँलेसँगै काम गर्थें ।  

कुनै पनि कार्यक्रममा फूलमाला र टीका लगाउने थिइनँ । वास्तवमा नेता भन्दा जनता ठूला हुन् । नेताले जनतालाई ढोग्नु पर्छ । म माला त परिश्रमी नागरिकका शिरमा लगाइदिन्थें ।

प्रकाशित: ३० वैशाख २०७७ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App