१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अनलाईनमा साहित्यकारहरूको जमघट

काठमाडौँ– नेपाल स्रष्टा समाजले एकै दिन दुई चरणमा अनलाइन ‘साहित्य गोष्ठी’ सञ्चालन गरेको छ । समाजले पहिलो चरणमा नेपालभित्रका आफ्ना सदस्यबीच गोष्ठी ग-यो भने दोस्रो चरणमा नेपाल र अमेरिकामा बसोबास गर्ने कविको जमघट गरायो ।    

पहिलो चरणको शुभारम्भ कवि गोकुल अधिकारीका मुक्तकबाट गरिएको थियो । यस चरणमा १८ जना स्रष्टाले कविता, मुक्तक, गजल र लघुकथा सुनाए । समाजकी आजीवन सदस्य रञ्जना निरौलाका अनुसार गोष्ठीमा वाचित रचनामा वर्तमान समयको आवाज पोखिएको थियो । 

त्यसरी रचना वाचन गर्नेहरूमा अधिकारी सहित पुष्पप्रसाद लुइँटेल, नगेन्द्रराज शर्मा, नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, काशीराज आचार्य, रञ्जना निरौला, सुमन थापा संगम, देविका तिमिल्सिना, विजयध्वज थापा, विधान आचार्य, ललिता दोषी, चेतनाथ कणेल, सीता भण्डारी, त्रिभुवनचन्द्र वाग्ले, देवा अधिकारी, शशी थापा पण्डित र सुशीला खडका ‘हसिना’ लगायत छन् ।

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट प्रकट पगेनी ‘शिव’, राजेन्द्र शलभ, पवन आलोक, विधान आचार्य, काशीराज आचार्य, राधिका कल्पित, सुमन थापा, धनराज गिरी, मोमिला, राधा भट्टराई आदिले रचना पाठ गरेका थिए । त्यस्तै अमेरिकाबाट गोपाल रेग्मी, प्रेम संग्रौला, निरा शर्मा, अमृता नेपाल लगायतले कविता सुनाएका थिए ।  

कोरोना संक्रमणका बेला लकडाउनमा बसिरहँदा सृजनात्मक भावना साटासाट गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । आउँदा दिनमा पनि अनलाइन साहित्य गोष्ठीलाई निरन्तरता दिइने समाजले जनाएको छ । 

 

प्रकाशित: २० वैशाख २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App