१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

महोत्सवमा दुर्गेशसँगै झुम्यो मन्थली

रामेछाप- व्यंग्यात्मक गित गाएर चर्चामा रहेका दुर्गेश थापा दोस्रो रामेछाप महोत्सवमा आएर गित गाउदा शनिबार साँझ हजारौ दर्शकहरु थापासँगै उनको गितमा झुमेका थिए। शनिबार दुर्गेश महोत्सवमा आउछन् भनेर महोत्सव पुगेका दर्शकहरु लामो समय दुर्गेशको प्रतिक्षमा बसेका थिए। जब दुर्गेश महोत्सवमा पुगेको जानकारी बाहिरिएपछि महोत्सवस्थलमा मानिसहरुको भिड छिर्न नै नसक्ने गरी बढेको थियो।

गत तिहारमा 'डन आयो डन' बोलको गित गाउदा प्रहरीकोमा पुगेपछि उनी थप चर्चित बनेका थिए। रामेछापमा जारी १० दिने दोस्रो रामेछाप महात्सवमा शनिवार पुगेका थापाले राजनीति र राजनैतिक नेतृत्वलाई प्रहार गर्दै 'जनताको रगत कति चुस्छौ, भोटे कुकुर जस्ते कति भुक्छौ' भन्ने बोल भएको गित सुनाएका थिए। जुन बोलको गित छिट्टै बजारमा आउने तयारीमा रहेको समेत दर्शकहरुलाई जानकारी गराएका थिए। गितमा प्रयोग भएका गालि र व्यंग्यात्मक शब्द प्रयोगसहित उनले गाएका गितमा अधिकांश दर्शकहरु उनीसँग भाका मिलाउदै नाचेका थिए।

पछिल्लो समय उनका गित बुढादेखि साना केटाकेटीलेसमेत मन पराउने गरेका छन्। उनको प्रस्तुति हेर्न मान्छेको बिहानैदेखि निकै भिड लागेको रामेछाप उद्योग वाणिज्य संघका सचिब सुरेश उदाशले जानकारी दिए। भिड अनियन्त्रित बन्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीसमेत तैनाथ गराइएको थियो। दुर्गेश आउने खबर पाएपछि शनिबार मात्र ६ हजार भन्दा बढीको टिकट बिक्री भएको आयोजकले जनाएको छ। महोत्सव फाल्गुण १५ गतेसम्म सञ्चालन हुनेछ।

'कृषि, पर्यटन प्रवद्धन गर्ने हाम्रो सान, कला संस्कृति जगेर्ना रामेछापको पहिचान' भन्ने मुल नाराका साथ सञ्चालन गरिएको दोस्रो रामेछाप कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार महोत्सवमा पर्यटन प्रवद्र्धन, कृषिजन्य उत्पादन, घरेलु उत्पादनको. प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ महोत्सवलाई अघि सारिएको रामेछाप उद्योगा वाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेले जानकारी दिए।

महोत्सवमा कृषिजन्य उपजहरुको बृहत प्रदर्शनी, औद्योगिक प्रदर्शनी, उपभोग्य विविध वस्तुहरुको प्रदर्शनी, दुधजन्य परिकारहरुको प्रदर्शनी, कलाकाहरुको सांगितिक कार्यक्रम प्रस्तुति लगायत विविध मनोरन्जनात्मक कार्यक्रमहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ। स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न स्थानीय स्तरका जातिय झाकी र कलाहरुको प्रदर्शनीसमेत गरिने भएको छ। महोत्सवमा जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बृत्तचित्र लगायतका सामग्रीहरुसमेत प्रस्तुति गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

आयोजकले आकर्षणको रुपमा मन्थलीबाट हेलिकप्टर मार्फत जिल्लाको शैलुङ क्षेत्र लगायतका मुख्य पर्यटकीय स्थलहरुमासमेत हेलिकप्टरबाट सवार गर्न सकिने प्रबन्ध मिलाइएकोे जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App