४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

तारागाउँमा मणिको फोटो प्रदर्शनी

काठमाडौं - प्राय चहलपहल रहने बौद्ध स्तुपामा फोटोग्राफर मणि लामा फोटो खिचिरहेका थिए। विभिन्न एंगलबाट फोटो खिचिरहेका उनी भन्दै थिए,‘मैले खिचेका फोटोहरूमा सुन्दर नेपाललाई प्राथमिकता दिने गरेको छु।’ गत शनिबारदेखि उनले नेपालको विभिन्न क्षेत्रमा पुगेर खिचेको सुन्दर फोटोहरूको प्रदर्शनी सुरू भएको छ। राजधानीको तारागाउँ म्युजियम आयोजना भइरहको उनको एकल चित्रकला प्रदर्शनीमा सुन्दर नेपालको बयान गरिएको छ।

नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई प्राथमिकता दिएर उनले खिचेका विभिन्न फोटोहरू प्रदर्शनीमा समावेश गरिएका छन्। उनले जातीय पहिरन, नेपाली समाजको रहनसहन र परम्पराहरूको फोटोहरू प्रदर्शनीमा हेर्न सकिन्छ। विसं २०३१ सालदेखि उनले खिचेका सुन्दर नेपालका फोटोहरू पोस्टकार्डमार्फत संसारभर पुगिरहेका छन्।

‘पोस्टकार्डमार्फत नेपाललाई संसारभर परिचित गराउन विभिन्न प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको फोटो खिच्न नेपालका विभिन्न क्षेत्र पुग्दा भेटिएका फोटोहरू प्रदर्शनी राखेको छु। मैले खिचेका फोटोहरूमा बौद्ध स्तुपा महŒवपूर्ण छ। कारण यो मेरो जीवनसँग जोडिएको छ,’उनले भने। सन् २००९ देखि डिजिटल क्यामेराको विकास भएसँगै उनको फोटोग्राफी पेशा धरापमा परेको थियो। ‘डिजिटल क्यामेरासँग फोटोग्राफीमा विभिन्न प्रविधिको विकास भएपछि पोस्टकार्डको संस्कृति बिस्थापित हुँदै गएपछि मेरो पेशा धरापमा परेको महसुस भएको थियो,’ उनले भने। विसं. २०७२ सालको महाभूकम्पपछि क्षति पुगेको बौद्ध स्तुपाको हालसम्मको अवस्था समावेश गरेर उनले बजारमा ल्याएको ‘बौद्ध ः रिस्टोरीङ द ग्रेट स्तुपा’ नामक पुस्तक केही दिनअघि सार्वजनिक भएको थियो।

नेपालका प्राकृतिक, धार्मिक, भौतिक, सांस्कृतिक सम्पदाहरूको फोटो खिच्नेक्रममा उनी नेपालको ७४ वटा जिल्ला पुगिसकेका छन्। प्रदर्शनीमा समावेश गरिएको फोटोहरूमा नेपालको विभिन्न हिमाल, मठ–मन्दिर, पहाड र खोलाहरू हेर्न सकिन्छ। सुरूआती दिनमा उनले पोस्टकार्ड तयार गरेर नेपाल भ्रमण गर्न आएका पर्यटकहरूलाई बिक्री गर्थे।

तारागाँउ म्युजियमका निर्देशक रोशन मिश्रका अनुसार प्रदर्शनीमा नेपाली समाजको परम्परालाई महŒव दिइएको छ। ‘नेपालको प्राकृतिक सुन्दरताको वर्णन गर्दै मानिसहरूको विभिन्न भावहरू प्रदर्शनीमा समावेश भएका फोटोहरूमा हेर्न सकिन्छ,’ उनले भने। प्रदर्शनी आगामी माघ ११ सम्म चल्नेछ।

प्रकाशित: १० माघ २०७६ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App