१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गृहनगरमा हेमन्तसँगै नाच्यो भैरहवा

गीत मार्फत गृहनगर तताउँदै हेमन्त शर्मा

मोहम्मद हबिब
भैरहवा - हेमन्त शर्मासँग भैरहवावासीले भरपुर मनोरञ्जन लिइएका छन्। गृहनगर भैरहवामा जारी पाचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा प्रस्तुती दिन आएका चर्चित गायक हेमन्त शर्माले दर्शकहरुलाई भरपुररुपमा नचाएका छन्।

साँझ पख बढ्दै गएको चिसोलाई वेवास्ता गर्दै भैरहवावासीले शनिबार हेमन्तलाई स्टेज छोड्न हम्मे हम्मे पारेका थिए।
गायक शर्माले

‘न तेजावी सुन हो माया न हो छापावाल
एकै तोला पाउन पनि कस्तो माया जाल
 माया साह्रै महङ्गो माया साह्रै महङ्गो’
त्यस्तै
 ‘माया त यस्तो होस, माया त यस्तो होस
 नजिक टाढा जहाँ भए नि,
 दुष्मनै सारा संसार भए नि
 कहिले नछुट्ने होस, माया त यस्तो होस’
सहित मुल होउ भने रसाउ देउ, हरि हरि, डम डम बज्यो, नाँच नाँचलगायतको करिव एक दर्जन गीतले हजारौ दर्शक एकै पटक झुमेर मनोरन्जन गरेका थिए। राष्ट्रिय स्तरमै नाम कमाएका स्थानीय गायक पनि रहेका हेमन्त शर्माका आधा दर्जन गीत गाउदा उनले अधिकांश मायाकै गीत गाएका थिए। उनी “होम डेलिभरी गायक” भन्दै दर्शक दिर्घामा पुगेर गाउदै नाचेका थिए। उनलाई हौस्याउदै भैरहवाका दर्शक पनि उनिसंगै नाचेका थिए।

गायक शर्माको संगीत शक्तिले महोत्सव अवलोकनकर्ताहरु नाच्न थालेपछी दर्शकहरु तार जालीलाई वेवास्ता गर्दै अगाडि बढ्न खोजेका थिए। भिडलाई नियन्त्रणमा लिन स्वयमसेवकहरुलाई केही समय हम्मेहम्मे परेको थियो। शर्माले भैरहवामा साझ पख भइरहेको सुरुवाती तराईको चिसोलाई पनि तताउन सफल भए। दर्शकको भिडमा गएर पटक पटक गाएका माया पिरतीका गीतले यूवा देखि बुढा पुस्ता पनि रमेका थिए। भैरहवा वासी भएको नाताले उनले दर्शकका सबै माग पुरा गरेका थिए। तररररर थाली,  वान्स मोरको आवाज र दर्शकहरुले पनि स्वरमा स्वर मिलाएर उनलाई साथ दिइए पछि नकार्न असम्भव थियो उनलाई।

उनले गीत मार्फत बोलाउन थाले पछि युवा युवतिहरु पनि हेमन्त शर्माकहाँ मञ्च मै आईपुगेका थिए, उनलाई कोही ताली बजाएर त कोही नाचेर साथ दिइउका थिए। शनिबार भैरहवाको मेलामा शर्मा संगै राजनराज शिवाकोटी, लोक तथा दोहोरी गायक बसन्त लम्साल, गायिका भूमिका गिरी, ,रुद्रसेन बिस्वाकर्मा, सुशीला गौतम,सीता राना,शित्तल शर्मा  जनगायक जीवन शर्मा लगायत विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए।

शनिबार मात्रै ४० हजार बढिले महोत्सवको अवलोकन गरेको थिए। दर्शकहरुको घुँइचो भए पछि कारोबारमा पनि वृद्धि भएको मेला सचिवालले जानकारी दिएको छ। विषेशतः अटोमोबाइल्स, कपडा, होटल तथा रेष्टुरेण्ट र बाल उद्यान क्षेत्रमा भएका कारोबारका कारण मेलामा कारोबार ह्वाततै बढेको हो।

प्रकाशित: १५ मंसिर २०७६ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App