१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

माइकल ज्याकसनको रेकर्ड तोडियो

लस – अमेरिकी गायिका टेलर स्विफ्टले पप संगीतका स्टार माइकल ज्याक्सनको रेकर्ड तोड्दै अमेरिकी म्युजिक अवार्डमा दशकको उत्कृष्ट आर्टिस्टलगायत ६ वटा अवार्डबाट सम्मानित भएकी छिन्। पप स्टार ज्याक्सनको २४ वटा विधामा अवार्डलाई बराबरी गरेकी गायिका स्विफ्टले ‘मनपर्ने पप तथा रक एल्बम’ विधा जित्दै समारोहमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। उनले समारोहको सुरुवातदेखि अन्तिमसम्म विभिन्न सांगीतिक प्रस्तुति र दशकको उत्कृष्ट आर्टिस्टलगायत अवार्डमार्फत् सबैलाई आकर्षित गर्न केन्द्रित भएकी थिइन्। उनले अमेरिकी म्युजिक अवार्डमा सर्वाधिक २९ वटा अवार्ड जित्ने रेकर्ड बनाएकी छिन्।

अमेरिकी म्युजिक अवार्डमा यसअघि २३ वटा अवार्ड जितिसकेकी गायिकाले समारोहमा माइकल ज्याक्सनको २४ भन्दा बढी अवार्ड जित्ने रेकर्ड कार्यम गरेकी छन्। दशकको उत्कृष्ट आर्टिस्टको सम्मानपछि उनले आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएकी थिइन्।

‘यस वर्ष मैले राम्रो र जटिल समयको अनुभूति गर्ने अवसर पाएँ। म र मेरो परिवारको तर्फबाट सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनिन्। यसवर्षको अमेरिकी म्युजिक अवार्डमा मनपर्ने पप तथा रक एल्बम विधा उनको ‘लभर’ एल्बमले जितेको थियो। बिग मेसिन लेबल ग्रुप छाडेर युनिभर्सल म्युजिक ग्रुपबाट पहिलो पटक उनको सो एल्बम सार्वजनिक भएको थियो। ‘यो एल्बमले मलाई वास्तवमै नयाँ यात्राको सुरुवात गरेझैं महसुस गराएको छ। मेरा गीत रेकर्ड गर्ने युनिभर्सल र रिपब्लिकप्रति आभारी छु, ’उनले भनिन्, ‘ मजस्तो गीतकारको निम्ति यो रोमाञ्चक कुरा हो कि मैले गरेको दुःख अर्थपूर्ण रहेछ।’

पप स्टार माइकल ज्याक्सनले २४ वटा विधामा अमेरिकी म्युजिक अवार्ड पाएका थिए। गायिका टेलर स्विफ्टले यसअघि २३ वटा अमेरिकी म्युजिक अवार्ड जितिसकेकी थिइन्। यस वर्ष उनले दशकको उत्कृष्ट आर्टिस्टलगायत ६ वटा विधामा अवार्ड जितेपछि सर्वाधिक २९ वटा अमेरिकी म्युजिक अवार्ड जित्ने कलाकारको रेकर्ड कायम गरेकी छन्।

सो समारोहमा उनले पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउन र बिग मेसिन लेबल ग्रुपका प्रतिनिधिलाई सम्बोधन गरिनन्। बरु उनले कलाकारको रूपमा स्वतन्त्रताको पक्षमा अभिव्यक्ति दिने युनिभर्सललाई धन्यवाद दिइन्। समारोहमा उनले महिला पप तथा रक आर्टिस्ट, एडल्ट कन्टेम्प्रोरी आर्टिस्ट र म्युजिक भिडियो ‘यु निड टु काम डाउन’ गीतको लागि जितेकी थिइन्। उनले सांगीतिक करियरमा तुलनात्मक रुपमा सर्वाधिक संगीत अवार्ड जित्ने सूचीमा आफ्नो नाम दर्ता गर्न सफल भएकी थिइन्। उनको सांगीतिक यात्रालाई प्रोत्साहन गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिएको थियो। समारोहको आयोजना डिक क्लार्क प्रोडक्सन्स र एबिसीले संयुक्त रुपमा गरेको थियो।

समारोहमा उनले ‘द म्यान’, ‘लभ संग’, ‘आइ नो यु’ र ‘सेक इट अफ’ गीतहरु प्रस्तुत गरेकी थिइन्। गत हप्ता गायिका स्विफ्टले सार्वजनिक रूपमा संगीत प्रबन्धक ब्राउन र बिग मेसिन लेबल ग्रुपले अमेरिकी म्युजिक अवार्डमा सांगीतिक प्रस्तुतिको क्रममा सन् २००८ को ‘फेयरलेस’ लगायत एल्बमको गीतहरु प्रस्तुत गर्न रोक लगाएको जानकारी गराएपछि उनको फ्यानहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।

यसअघि संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्विफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरिरहेकी थिइन्। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। गायिका स्विफ्टको म्युजिक कपिराईटलाई लिएर उनको पूर्व संगीत प्रबन्धक स्कुटर ब्राउनलाई ज्यान मार्ने धक्की आएको थियो। ज्यान मार्ने धम्की आएपछि संगीत प्रबन्धक स्कुटर ब्राउनले गाियका स्विफ्टसँगको छ महिना लामो विवादको अन्त्य गर्न सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक रुपमा याचना गरेका थिए।

समारोहमा उपस्थित नभएका गायक तथा ¥यापर खालिद र बिटिएसले तीन–तीन वटा अवार्ड जिते। गायिका बिली इलिसले नयाँ र अल्टर्नेटिभ आर्टिस्ट गरी दुई वटा अवार्ड जितेकी थिइन्। गायिका सेलेना गोपेजले समारोहमा ‘लस यु टु लभ’ र ‘लुक एट हर नाउ’ गीतमा सांगीतिक प्रस्तुति दिएकी थिइन्। सन् २०१५ को ‘रिभाइभल’ पछि उनले नयाँ एल्बम सार्वजनिक गरेकी छैनन्। समारोहमा स्यान मेन्ड्स र क्यामिला काबेलोले ‘सेनोरिटा’ को निम्ति वर्षको उत्कृष्ट सहकार्य, ‘विथआउट यु’ को लागि गयिका हल्सेले पप तथा रक गीत, -याप तथा हिप–पप आर्टिस्ट कार्डी बि, -याप तथा हिप–पप गीत ‘ओल्ड टाउन रोड’ र ¥याप तथा हिप–पप एल्बम ‘हलिउड्स ब्लिडिङ’ ले जितेको थियो। त्यस्तै आर एन्ड बि महिला कलाकार बियोन्सी, आर एन्ड बि पुरुष कलाकार ब्रुनो मार्च, आर एन्ड बि गीत ‘टक’ र आर एन्ड बि एल्बम ‘फ्रि स्प्रिड’ले जितेको थियो। कन्ट्री कलाकार (महिला) क्यारी अन्डरउड, कन्ट्री कलाकार (पुरुष) केन ब्राउन, कन्ट्री युगल डेन र श्या र कन्ट्र एल्बम ‘क्राइ प्रिट्री’ ले जित्न सफल भयो।

प्रकाशित: १२ मंसिर २०७६ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App