कैलाली – तिहारमा खेलिने दलो गीत फेरिदैं गएको छ। साहित्यकार डा. बद्री शर्मा बिनाडीलाई अहिलेका देउसी भैलोे मनपर्दैन्। भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा -याप गीत लगाएर नाच्ने संस्कृति विस्तार हुँदै जाँदा देउसी भैलोको रौनकतामा परिवर्तन आएको छ। ‘परम्परागत देउसी भैलोमा भट्याउने व्यक्तिले घरबेटीलाई आशिष दिने गर्थे। अहिलेका भैलेहरु डिजे गीत बजाएर नाच्न मनपराउँछन्,’ उनी भन्छन्।
भैलो संस्कृतिमा तोकेर पैसा माग्ने, मदिरा सेवन गरेर अश्लील गीतमा नाच्नेजस्ता विकृति फैलिएको भन्दै उनले गुनासो गरे। ‘देउसी भैलोेमा आशिष दिएर दिएको दान लिनुको साटो अहिलेका युवायुवती तोकेरै पैसा मागेर दुःख दिन्छन्,’उनले भने।
ज्येष्ठ नागरिक गणेशबहाद मगरलाई अहिलेका भैलोे खल्लो लाग्छ। उनी तिहारमा मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली सम्झन्छन्। ‘उहिलेका भैलो रमाइला हुन्थे। तर, अहिले डिजे, साउन्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैं बजाएर नाचेको पटक्कै मन पर्दैन’, उनले भने। उनी भैलोजस्तै मगर समुदायको मारुनी, सोरठी, पैसेरी, टप्पा नृत्य लोप भएकोमा चिन्तित छन्। ‘द्वन्द्वकाल अघि गाउँमा मारुनी नृत्यको आकर्षण थियो,’ उनले भने, ‘त्यसपछि भने परम्परागत संस्कृति लोप हुँदै गयो। कात्तिके दान दिनु र लिनु अवसर भएको बताउँदै उनले भने, ‘कात्तिके दानका रूपमा रहेको भैलेरुलाई दिइने दान पुण्य पनि हो। तर, यसलाई कमाऊ धन्दा बनेकोमा पुरानो पुस्ता चिन्तित छ।’
मारुनी नृत्य लक्ष्मीपूजादेखि भाइटीकासम्म लगातार मगर समुदायको गाउँमा नाचिन्छ। यसका अलावा विवाह, जन्मोत्सव, छैटीलगायतको हर्ष तथा शुभकार्यमा पनि मारुनी नृत्य लगाइने गरिएको गरिन्छ। भैलोेमा पुराना कुराभन्दा आधुनिक विकृति विसंगतिलाई बढी प्राथमिकता दिएको बताउँदै संस्कृतिविद् डा. टीएन जोशी भन्छन्, ‘त्यतिबेलाको देउसी–भैलोे शालिन, सभ्य र संस्कृतिका लागि खेलिन्थ्यो भने आधुनिक भैलोे समूह बनाएर पैसा कमाउने माध्यमका रूपमा खेलिन थालिएको छ।’ उनले भैलोको मौलिकता बचाउन भन्दा पनि विकृति भिœयाउन थालेको भन्दै युवापुस्ता प्रति चिन्ता व्यक्त गरे। ‘युवाहरुले संस्कृति बचाउने नाममा विकृति भिœयाइरहेका छन्,’ उनले भने,‘परम्परागत भैलो संस्कृति बचाउन सबैले जाग्नुपर्छ।’
ज्योतिषी खेम मिश्र देउसी–भैलोेलाई अँध्यारोलाई उज्यालो पार्ने पर्वका रूपमा अथ्याउँछन्। सांसारिक अँध्यारो मात्रै नभई पवित्र भावनाले आफूभित्र भएको कुरीति, कुसंस्कारको अँध्यारो हटाउँदै एकअर्काबीच सहयोग गर्ने भावना ल्याई मन उजिल्याउने र सामाजिक सद्भावको पर्वका रूपमा भैलोेलाई लिइएको उनले बताए। ‘छरछिमेकबीच वर्षभर भएका झैंझगडा, वैमनस्यता, मनमुटाव बिर्सेर सबैको घरमा गई आशिष दिँदै दान थाप्नु नै सामाजिक सद्भाव हो,’उनले भने। भैलोको नाममा विकृति भित्र्याउनु र परम्परागत भैलो गीत बिर्सदै डिजेमा नाच्नु भैलोको मौलिकता नभएको उनको भनाइ छ।
प्रकाशित: १० कार्तिक २०७६ ०२:१९ आइतबार