१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

र्‍यापर भिटेन पक्राउ

काठमाडौं- र्‍यापर भिटेन पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। उनको बास्तविक नाम समिर घिसिङ हो।

'हामी यस्तै त हो नि ब्रो' गीतमा भएका शब्दको विषयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। महाशाखाका एसपी केदार ढकालका अनुसार समाज र संस्कृतिलाई असर पर्ने शब्द गीतमा प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो।

पछिल्लो समय चर्चित बनेको उक्त गीतमा गाँजा सल्लकाउनेदेखि प्रहरी चौकीमा दारु खाँदै मस्ती गर्छु भन्नेसम्मका शब्द गीतमा प्रयोग गरिएको छ।

यस अघि गायक दुर्गेस थापालाई पनि गीतमा प्रयोग भएका शब्दका कारण पक्राउ गरिएको थियो। आपत्तिजनक शब्द हटाउने सर्तमा उनी रिहा भएका थिए।

 

प्रकाशित: ७ कार्तिक २०७६ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App