१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पुननिर्मित अनन्तलिंगेश्वर मन्दिरको उद्घाटन

भक्तपुर – भुकम्पबाट ढलेको सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिंगेश्वर मन्दिरको पुननिर्माण पुरा भएको छ। पुनःनिर्मित मन्दिरको सोमबार उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन्।

पुरातत्व विभाग र अन्य दाताको सहयोगमा २ करोड ७ लाख रुपैयाँमा मन्दिर पुननिर्माण गरिएको हो। अनन्तलिंगेश्वर विकास तथा संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा दुई तले प्यागोडा शैलीको मन्दिर उद्घाटन गरिएको हो।

लिच्छविकालमा राजा नरेन्द्रदेवले जिर्णोदार गरेको आधारमा इतिहासविद्ले यो मन्दिर अझै प्राचीन भएको बताएका छन्। अनन्तलिंगेश्वरको दर्शनले मनोकामना पुरा हुने, सुख, शान्ति मिल्ने र सुस्वास्थ्य हुने जनविश्वास छ।

वैशाख १२ को भुकम्प अघि अनन्तलिंगेश्वर मन्दिर शिखर शैलीमा थियो। ‘९० सालको भुकम्प अघि मन्दिर प्यागोडा शैलीमा रहेछ। भुकम्प पछि शिखर शैलीमा बनाइएको रहेछ’, समितिका अध्यक्ष शालिग्राम न्यौपाने भन्छन्, ‘त्यही भएर हामीले पुरानै प्यागोडा शैलीमा मन्दिर पुननिर्माण गरेका हौं।’

मन्दिर उद्घाटन गर्नु अघि प्रमुख अतिथि पोखरेलले अनन्तलिंगेश्वर बेस क्याम्पमा अबस्थित अनन्त झुला र झोलुङे पुल पनि उद्घाटन गरेका थिए। मन्दिर हातामा इन्जिनियर कुमार उप्रेतीले निजि लगानीमा गणेश मन्दिर बनाएका छन्।
उक्त अबसरमा मन्दिर निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो।

प्रकाशित: २४ भाद्र २०७६ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App