१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चाम्लिङसम्बन्धी शब्दकोष तयार

खोटाङ – चाम्लिङ राई भाषाको शब्दकोष तयार भएको छ। भाषा आयोग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र किरात राई चाम्लिङ खाम्बातिम केन्द्रिय समितिको सहकार्यमा पाँच हजार ४० शब्दको चाम्लिङ शब्दकोष तयार पारिएको हो।

चाम्लिङ भाषाको संरक्षण गर्दै सोही भाषामा प्रावि तहसम्मको पठन–पाठनको लक्ष्यका साथ शब्दकोष निर्माण गरिएको चाम्लिङ राई भाषाको शब्दकोष निर्माण समितिका सदस्य तिलक चाम्लिङले बताए। प्राध्यपक डा. तारामणि राई, डा. कैलाश राई, पूर्व–उपसचिव झुमप्रसाद राई र चाम्लिङ सम्मिलित शब्दकोष निर्माण समितिले शब्दकोषको मानक र प्रकृया पु¥याएर शब्दकोष तयार पारेको जनाइएको छ। शब्दकोष निर्माण समितिले खोटाङको हलेसी, दिक्तेल, रतन्छा, उदयपुरको बलम्ता लगायत क्षेत्रका चाम्लिङसँग कुराकानी गरेको आधारमा शब्दकोष तयार गरिएको जानकारी गराइएको छ।

संघीयताको कार्यान्वयनसँगै मातृभाषाबाट पठन–पाठनको बाटो खुलेपछि चाम्लिङ भाषाको शब्दकोषको काम अघि बढाइएको हो। समितिले २०७५ साल असोज १९ सम्झौता गरेर चाम्लिङ राई भाषाको शब्दकोष निर्माणको काम थालेको थियो। यही शव्दकोषको आधारमा १५ हजार शव्दको चाम्लिङ राई बृहत शव्दकोष बनाउनका लागि पुन जयकुमार राई संयोजक, पूर्व–उपसचिव झुमप्रसाद राई र जितकुमार राई सदस्य रहेको समिति बनाइएको छ। डा. तारामणि राई प्रधान सम्पादक, डा. कैलासकुमार राई र तिलक चाम्लिङ सम्पादक रहेको समूहले आगामी पाँच वर्षभित्र बृहत शब्दकोष तयार पार्ने छन्।

प्रकाशित: २६ श्रावण २०७६ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App