८ वैशाख २०८१ शनिबार
कला

साउने व्रतः के भन्छन् सेलिब्रेटी ?

काठमाडौं - हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।

आधुनिकतासँगै साउन महिनाको ट्रेन्डमा परिवर्तन आएपनि हिन्दु संस्कार अनुसार साउनमा व्रत बस्ने परम्परालाई महिला र युवतीहरूले निरन्तरता दिएका छन्। विगतमा नियम पु¥याएर साउनमा व्रत बस्ने अभिनेत्री रेखा थापाले यसपटक भने त्यसलाई निरन्तरता दिइनन्। ‘यस पटक साउनमा विधि पु¥याएर व्रत बसेकी छैन्। कारण, यो पटक शुक्रअष्ट परेको हुँदा व्रत बस्नु शुभ मानिँदैन्, ’ उनले भनिन्,‘हरेक वर्षको साउनमा व्रत बस्दै आएकी थिएँ। यस वर्ष व्रत नबसेपनि नियमित पुजापाठलँई भने निरन्तरता दिएको छु।’

साउनको व्रत नबसेपनि उनी शुद्ध शाकाहारी भएकी छिन्। ‘खानपिनमा विशेष ध्यान दिन्छु। साउनभरी शुद्ध शाकाहारी खानपिनमा जोड दिएकाले सकेसम्म सुटिङ र घरबाहिर हुँदा भेज खान्कीलाई प्राथमिकता दिन्छु,’ उनले भनिन्।

नौ वर्षको उमेरदेखि व्रत बस्न थालेकी पूर्व मिस नेपाल सुगारिका केसीको लागि साउन महिना विशेष हुने गरेको छ। ‘पहिलो पटक रहरैरहरमा व्रत बस्दा नौं वर्षकी थिएँ। विवाहपछि साउनको सोमबारको व्रतलाई निरन्तरता दिएको छु। भगवान्प्रति आस्था भएका कारण शरीरलाई हानी नभएसम्म साउने सोमबारको व्रत बस्ने गरेको छु,’ उनले भनिन्। शुुद्ध शाकाहारी उनी, साउन महिनामा दुधबाट बनेका परिकारहरुलाई विशेष प्राथमिकता दिन्छिन्। त्यसबाहेक च्याउ र सागपात उनलाई मनपर्छ। ‘म शाकाहारी भएकी हुँदा अरुलाई पनि शाकाहारी हुन प्रोत्साहन गर्दछु। माछामासु स्वास्थ्यका लागि राम्रो हुँदैन्,’उनी भन्छिन्।

अभिनेत्री सरिता लामिछाने आफूलाई शिवभक्त भन्ने गर्दछिन्। ‘भगवान्को आरधना गर्न साउन महिना कुनु पर्दैन्। फेरि साउनमा व्रत बसेर पतिको आयु बढ्छ भन्ने मान्यता गलत हो,’उनी भन्छिन्,‘प्राय खानपिनमा विशेष ध्यान दिने गरेको छु।’ साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाउनु पर्ने ट्रेन्ड उनलाई मनपर्दैन्। अभिनेत्री दीपाश्री निरौला हरेक बिहीबारको व्र्रत बस्ने गर्दछिन्। साउन महिनामा भने उनले कहिल्यै व्रत बसेकी छैनन्। ‘बाल्यकालमा मिठो खान पाइने लोभले रहरैरहरमा व्रत बसिन्थ्यो। भगवानप्रति आस्था भएका कारण पुजापाठ गर्दा ध्यानमग्न हुने गरेको छु। तर, साउन महिनामा भने कहिल्यै व्रत बसिएन्,’ उनले भनिन्।

अभिनेत्री सुरक्षा पन्तलाई भने साउन महिनाले खासै आकर्षित गर्न सकेको छैन्। ‘साउन महिना मेरो लागि कहिल्यै विशेष भएन्। प्राय ः काम र पढाईको व्यस्तताले यस महिनामा विशेष रूपमा तयार हुने फुर्सदपनि मिलेन्। अहिले फिल्मको सुटिङ र रिहर्सलका कारण बाहिर खानपिन गर्नुपर्ने अवस्था छ। साउन महिनाको कारण शुद्ध शाकाहारी हुनुपर्ने मान्यता मलाई मनपर्दैन्,’उनले भनिन्।

प्रकाशित: १३ श्रावण २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App