१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

वार्षिकीमा ‘हीरा–रत्न’ पुस्तक

काठमाडौं – राजधानीको कालोपुलस्थित हीरा–रत्न हलका सञ्चालक रत्नबहादुर तण्डुकारको पाँचौं वार्षिकीमा उनकी श्रीमति हीरादेवी तण्डुकारले ‘हीरा–रत्न’ नामक पुस्तक पाठकमाझ ल्याएकी छन्। राजधानीमा बुधबार एक कार्यक्रमकाबीच लेखिका तण्डुकार, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल र पत्रकार डब्बु क्षेत्रीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

कार्यक्रममा गीतकार कोइरालाले हीरादेवीले केही कुरामा पनि विचलित नभईकन परिवार सम्हालेको बताए। ‘अहिलेको देशको प्रधानमन्त्रीले जस्तै गरी उहाँले पनि विचलित नभईकन परिवार सम्हाल्नुभएको रहेछ’, कोइरालाले भने, ‘उहाँमा सरलता, इमान्दारिताको पराकाष्ठा, निरन्तर साधना र कर्मयोगी व्यवसायीको गुण थियो। उहाँको गुणलाई सबैले अनुसरण गर्नुपर्छ।’

पत्रकार क्षेत्रीले सामान्य जीवन बिताएर पनि संघर्ष गर्न सक्ने एक अब्बल व्यक्ति रत्न भएको बताए। प्रकाश घोस्ट राइटिङका ढकालले हीराको पुस्तकमा हीरा र रत्नको प्रेमसँगै भावनात्मक कथाहरू रहेको बताए। लेखिका तण्डुकारले पुस्तक पाठकका लागि पठनीय हुने बताइन्।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App