२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

सोलो ‘दाल भात तरकारी’

काठमाडौं – पछिल्लो पटक फिल्म ‘शत्रु गते’ दर्शकमाझ ल्याएका व्यानर मह सञ्चारले आज शुक्रबारबाट दर्शकका लागि फिल्म ‘दाल भात तरकारी’ ल्याउँदैछ। किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा सुदन केसीले ‘डेब्यू’ निर्देशन गरेका छन्।
नेपाली जनताले दैनिक जीवनयापनमा खानका लागि प्रयोग गरिरहेको दाल भात तरकारीकै लागि विदेश जानु नपर्ने सन्देश

दिने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा नरेन्द्र कंसाकर, शिवहरि पौडेल, यमन श्रेष्ठ र रमिला आचार्य निर्माता छन् भने कथा, पटकथा र संवाद हरिवंश आचार्यको छ।

प्रकाशित: २० वैशाख २०७६ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App