१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘समकालिन पुस्तालाई लभ स्टेसन’

काठमाडौं - आगामी चैत २२ गतेबाट रिलिज हुने फिल्म ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक भएको छ । उज्ज्वल घिमिरे निर्देशित फिल्मको ट्रेलरले प्रेम, रोमान्स, कमेडी र द्वन्द्वलगायतका विषयलाई समेटेको छ । निर्देशक घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर फिल्म बनाएको बताए । ‘हामीले समकालिन पुस्ताका लागि यो फिल्म बनाएका हौं । फिल्मका प्रमुख दुई कलाकार प्रदीप खड्का र जसिता गुरुङसँग काम गर्दा यी दुई कलाकारले मलाई पूर्ण साथ दिए’, निर्देशक घिमिरेले भने ।

नायक प्रदीप खड्काले अग्रज निर्देशक घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएकोे बताए । नायिका जसिताले अघिल्लो फिल्म ‘लिली बिली’ पछि ‘लभ स्टेसन’सम्म आइपुग्दा आफ्नो काम अझ परिपक्क भएको दाबी गरिन् ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेको फिल्ममा गोविन्द शाही प्रस्तुतकर्ता छन् । फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, शिशिर खातीको नृत्य, कुमार महर्जनको द्वन्द्व र निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातको लेखन छ ।

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App