काठमाडाैँ - बलिउडका स्टार अक्षय कुमारद्धार अभिनित नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको रिलीज हुने समय तोकी सार्वजनिक भएको छ। अक्षय कुमारले नै उक्त कुराको जानकारी गराएका हुन्।
रोहित शेट्टीको निर्देशनमा निर्माण भइरहेको उक्त चलचित्र सन् २०२० मा इदको अवसरका रिलीज हुनेछ।स्टार नायक अक्षय कुमारले नै आफ्नो समाजिक संजालमा उक्त चलचित्रको फस्ट लुक शेयर गरेका हुन्। चलचित्रलाई करण जौहरले प्रोड्युस गरिरहेका छन्। चलचित्रको शुटिङ्ग सुरु भइसकेको छ।
प्रकाशित: २१ फाल्गुन २०७५ ०६:२४ मंगलबार