१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हङकङमा ‘पुरानो बुलेट’ च्यारिटी

काठमाडौं – नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीको अनस्क्रिन रोमान्स रहेको फिल्म ‘पुरानो बुलेट’को हङकङमा च्यारिटी शो हुने भएको छ। नेपालमा चैत १ गते प्रदर्शन हुने फिल्मको यतिबेला धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

सञ्चारकर्मी भीषण राईको ‘डेब्यु’ निर्देशन रहेको फिल्मको फेब्रुअरी २३ मा हङकङको याउमातेइस्थित कम्युनिटी हलमा पहिलो च्यारिटी शो गरिनेछ। ‘हेल्प फर ह्युमनिटी(न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो शोमा सहयोग गर्न चाहनेहरूबाट संकलित रकम अभियानमा उपलब्ध गराइनेछ’, निर्देशक राईले भने, ‘फिल्मको पहिलो शो नै च्यारिटीका रूपमा गर्न पाउँदा खुशी लागेको छ।’

हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा सक्रिय अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले फिल्म प्रिमियरको जिम्मा लिएका छन्। पूर्वेली मौलिक कथा तथा लोकेसनमा छायांकन गरिएको फिल्ममा अनुप र वर्षासँगै माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, र युडी गुप्तालगायतका कलाकारहरूको पनि अभिनय छ।

सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार राई, वीरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बु निर्माता छन्। फिल्मा हरि घले लामाको छायांकन छ।

प्रकाशित: २६ पुस २०७५ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App